एक खेलमा नै मुख्य प्रशिक्षक हुमागाईको लाखौं पारिश्रमिक

काठमाडौं।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले नेपाली राष्ट्रिय फुटबल टोलीका कार्यवहाक मुख्य प्रशिक्षक प्रदिप हुमागाईसँग दुई लाख रुपैयाँको सम्झौता गरेको छ ।

एन्फा स्रोतका अनुसार बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलका लागि टोली प्रशिक्षणको जिम्मेवारी पाएका हुमागाई र एन्फाबीच दुई लाख रुपैयाँको सम्झौता भएको हो ।

साउन २६ मा बसेको कार्यसमिती बैठकले असोज ११ गते त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलका लागि हुमागाईलाई कार्यवहाक प्रशिक्षकमा नियुक्त गरेको थियो ।

मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी बिदामा बसेको भन्दै एन्फाले हुमागाईलाई कार्यवहाक प्रशिक्षकको जिम्मेवारी दिएको थियो ।गैरअवासीय नेपाली हुमागाईले शुक्रबारबाट टोली प्रशिक्षण सुरु गरिसकेका छन् ।

टोली प्रशिक्षणको जिम्मेवारी दिए पनि एन्फासँग सम्झौता नभएका कारण हुमागाईको श्रम स्विकृती आइसकेको छैन । श्रम स्विकृतीका लागि एन्फाले आइतबार हुमागाईसँग सम्झौता गरेको हो ।

‘कार्यवहाक प्रशिक्षक हुमागाईको श्रम स्विकृती आइसकेको छैन;,स्रोतले भन्यो, ’श्रम स्विकृतीका लागि सम्झौता आवश्यक पर्ने भएकाले एन्फाले आइतबार सम्झौता गरेको हो । जसअनुसार उनले दुई लाख रुपैयाँ प्राप्त गर्नेछन् । त्यस्तै अमेरिकाबाट नेपाल आएको र उता फर्कने हवाई टिकटका साथै यहाँको यातायात भत्ता उपलब्ध गराउने सहमती भएको छ । उनका लागि एन्फाले करिब ६ लाख रुपैयाँ खर्चनु पर्ने देखियो । ‘

अल्मुताइरीको अनुपस्थितीमा सहायक प्रशिक्षक किरण श्रेष्ठलाई कार्यवहाक प्रशिक्षकको जिम्मेवारी दिनसक्ने अवस्था भए पनि राजनितिक दबाब र व्यत्तिगत स्वार्थका कारण हुमागाईलाई कार्यवहाक प्रशिक्षकको जिम्मेवारी दिएका कारण एन्फामाथि आर्थिक भार समेत पर्ने देखिएको छ ।

‘एन्फा अहिले आर्थिक संकटबाट चलिरहेको छ’,स्रोत भन्छ, ‘सहायक प्रशिक्षक श्रेष्ठ अथवा नेपालमै रहेका अन्य प्रशिक्षकलाई कार्यवहाक प्रशिक्षकको जिम्मेवारी दिएको भए आर्थिक भार कम हुने थियो । तर चुनाव जिताउन सहयोग गरेको भन्दै राजनितिक शत्तिलाई रिझाउन गरिएको नियुक्तीले एन्फामाथिको आर्थिक भार थप बढ्ने देखिएको छ ।’

सम्बाददाता

Leave a Reply

Next Post

सुबास खकुरेल बिग बास लिगको ड्राफ्टमा देश भने क्यानडा,खास कुरो के हो ?

Mon Aug 22 , 2022
काठमाडौं। अष्ट्रेलियामा हुने फ्रेन्चाइज लिग क्रिकेट बिग बास लिग (बीबीएल) का लागि विदेशी खेलाडीको ड्राफ्टमा नेपाली क्रिकेटर सुबास खकुरेल पनि छन् । तर उनको देश क्यानडा राखिएको छ । खकुरेलसँगै क्यानडाबाट दुई खेलाडीलाई बीबीएल ड्राफ्टमा राखिएको छ ।नेपालको राष्ट्रिय टिमबाट खेल्दै आएका र नेपालमै रहेका सुबास खकुरेल क्यानडेली नागरिक बनेका […]

You May Like

error: