काठमाडौं।
पाकिस्तानले तेस्रो एकदिवसीय खेलमा नेदरल्यान्ड्सविरुद्ध संघर्षपूर्ण जित निकालेको छ । जितसँगै पाकिस्तानले तीन खेलको एकदिवसीय सिरिज क्लिनस्विप गरेको छ ।
नेदरल्याण्डको रोटरड्याममा आइतबार भएको तेस्रो तथा अन्तिम खेलमा पाकिस्तान ९ रनले विजयी भएको हो । जितका लागि २ सय ७ रनको मध्यम विजयी लक्ष्य पछ्याएको नेदरल्यान्ड्स ४९.२ ओभरमा १ सय ९७ रनमा अल आउट भयो ।
नेदरल्यान्ड्सका टप कुपरले १ सय ५ बलमा ४ चौकासहित सर्वाधिक ६२ रन बनाए । ओपनर विक्रमजित सिंहले ८५ बलमा ५० रनको योगदान दिए ।यस क्रममा उनले ७ चौका प्रहार गरेका थिए। अन्य ब्याटरले भने राम्रो प्रदर्शन गर्न सकेनन् ।
पाकिस्तानका नसिम शाहले १० ओभरमा ३३ रन खर्चेर ५ विकेट लिए । नसिम शाहले ओडिआई करिअरको पहिलो पटक पाँच विकेट लिएका हुन् । मोहम्मद वासिम जुयिनरले ४ विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको पाकिस्तानले ४९ ओभर ४ बलमा अलआउट भएर २ सय ६ रन बनाएको थियो ।उसका लागि कप्तान बाबर अजामले १२५ बलमा ९१ रनको अर्धशतकीय ईनिङ खेले ।यस क्रममा उनले ७ चौका र दुई छक्का प्रहार गरेका छन्।
मोहम्मद नवाजले ३५ बलमा २७ रनको योगदान दिए।यस क्रममा उनले दुई छक्का र एक चौका प्रहार गरेका थिए। फकर जमानले ४३ बलमा २६ रन बनाए । यस क्रममा उनले ४ चौका प्रहार गरेका छन्।आगा सलमानले ४२ बलमा २४ रन बनाए । मोहम्मद वासिमले ११ रन बनाए ।
नेदरल्याण्डका लागि बास डि लिडीले ९ ओभरमा ५० रन दिएर ३ विकेट लिएका छन्।भिभिएन किंग्माले ५.४ ओभरमा १५ रन दिएर २ विकेट लिए । आर्यान दत्त,शारिज अहमद र लोगान भान विकले समान एक/एक विकेट लिए ।