न्यूजिल्याण्डसँगको सिरिजको लागि भारतको टिम घोषणा, यी खेलाडीले पाए कप्तानको जिम्मेवारी

काठमाडौं ।

भारतीय क्रिकेट टोलीका युवा ब्याट्सम्यान शुभमन गिल न्यूजिल्याण्ड ए विरुद्धको सिरिजको लागि भारत ‘ए’ टोलीको कप्तानमा नियुक्त भएका छन् । न्यूजिल्याण्ड ए विरुद्धको चारदिवसीय खेलका लागि भारतीय टोलीको कप्तानी शुभमन गिललाई दिइएको छ ।

बीसीसीआईले १६ सदस्यीय टोली घोषणा गरेको छ जसमा यशस्वी जैस्वाललगायत धेरै चर्चित खेलाडीहरू छन्।बायाँ हाते स्पिन अलराउन्डर शम्स मुलानीले पनि भारत ए टोलीमा मौका पाएका छन्।

शम्स मुलानीले घरेलु क्रिकेटमा मुम्बईका लागि उत्कृष्ट प्रदर्शन गरे र उनले पुरस्कार पाएका छन्। योसँगै शार्दुल ठाकुर, जलज सक्सेना र शाहबाद अहमद जस्ता खेलाडी पनि यो टोलीमा छन् ।

भारतले बैंगलोरमा न्यूजिल्याण्ड ए विरुद्ध ३ चारदिवसीय खेल खेल्नुपर्नेछ । पहिलो खेल सेप्टेम्बर १–४, दोस्रो खेल ८–११ सेप्टेम्बर र तेस्रो खेल १५–१८ सेप्टेम्बरसम्म हुनेछ । यसपछि एकदिवसीय सिरिज पनि हुनेछ, तर त्यसका लागि टिम छनोट भएको छैन ।

यदि शुभमन गिलको कुरा गर्ने हो भने उनी अहिले जिम्बाब्वे भ्रमणमा छन् । उनले पहिलो एकदिवसीयमा उत्कृष्ट प्रदर्शन गरेका थिए । यससँगै उनी वेस्ट इन्डिज भ्रमणमा पनि गए, जहाँ उनी प्लेयर अफ द सिरिज घोषित भए।

शम्स मुलानीको कुरा गर्दा उनले मुम्बईबाट रणजी ट्रफी खेल्दा ६ खेलमा ४५ विकेट लिएका थिए । यसबाहेक उनले अन्डर-२५ सीके नायडू ट्रफीमा पनि २९ विकेट लिएका थिए।चारदिने खेलका लागि भारत ए को पूरा टोली यस प्रकार छ।

भारतको टिम

शुभमन गिल (कप्तान), यश दुबे, हनुमा विहारी, रजत पाटीदार, सरफराज खान, वाशिंगटन सुन्दर, केएस भरत (विकेटकीपर), शम्स मुलानी, जलज सक्सेना, शार्दुल ठाकुर, मोहम्मद सिराज, यशस्वी जैसवाल, शुभम शर्मा, अक्षय वाडकर, शाहबाज अहमद र मणिशङ्कर मूरा सिंह।

सम्बाददाता

Leave a Reply

Next Post

नेपाली टिमको केन्या जाने मिति परिवर्तन,कहिले जान्छ त नेपाल केन्या?

Sun Aug 21 , 2022
काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोली भोलि सोमबार केन्या भ्रमणमा निस्कने भएको छ ।नेपाल क्रिकेट संघ (क्यान) का महाप्रबन्धक वृतान्त खनालले नेपाली टोली सोमबार केन्या जाने जानकारी दिए।यस अघि केन्यासँगको सिरिजका लागि भदौ ७ मा नेपाली टोली केन्या पुग्ने तालिका रहेको थियो। ‘५ खेलको टी-ट्वान्टी अन्तराष्ट्रिय सिरिज तथा तीन खेलको एकदिवसीय […]

You May Like

error: