नेपाली टिमको ब्याटिङमा सुधार भएको दाबी गर्दै मुख्य प्रशिक्षक प्रभाकरले दिए यस्तो जबाफ

काठमाडौं।

नेपाली राष्ट्रिय क्रिकेट टोलीले केन्यासँग ५ खेलको टी-ट्वान्टी अन्तराष्ट्रिय र ३ खेलको एकदिवसीय सिरिज खेल्दै छ । केन्यासँगको सिरिजका लागि भदौ ७ मा नेपाली टोली केन्या पुग्ने तालिका रहेको छ ।राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक मनोज प्रभाकरले नेपाली टोलीको कमजोर पक्ष ब्याटिङमा सुधार आएको बताएका छन्

उनले आफूले ब्याटिङको कमजोरीलाई सुधार गर्ने पहिलो प्राथमिकतामा राखेको बताए ।प्रभाकर भर्खरै मात्र राष्ट्रिय टोलीको मुख्य प्रशिक्षक नियुक्त भएका हुन् । क्यानले उनीसँग एक वर्षको सम्झौता गरेको छ ।

प्रभाकरले सोमबारदेखि टिममा प्रशिक्षण दिइरहेका छन् ।उक्त प्रशिक्षणको क्रममा उनले नेपाली टिमको ब्याटिङमा सुधार आएको बताएका छु।मुख्य प्रशिक्षक मनोज प्रभाकरले एकदिवसिय विश्वकप छनोटलाई मुख्य लक्षित गरे तयारी गरेको पनि बताएका छन्।

‘यो सिजन अधिको महत्वपूर्ण अभ्यास हो र हामीले अभ्यासका क्रममा के कुरामा धेरै मेहेनत गयो।ब्याटिङमा केहि सुधार भएको छ।यसको नतिजाले देखाउँछ । त्यसपछि हामीले कति समयमा सिक्यों अथवा हामीलाई हाम्रो कमजोरी सुधार्न कति समय लाग्छ सिरिजबाट थाहा हुन्छ ।हामी त्यही कुरामा केन्द्रित भएर अभ्यास गरिरहेका छौं।’ मुख्य प्रशिक्षक मनोज प्रभाकरले भने ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीले केन्यासँग ५ खेलको टी-ट्वान्टी अन्तराष्ट्रिय र ३ खेलको एकदिवसीय सिरिज खेल्दै छ ।केन्यासँगको सिरिजका लागि भदौ ७ मा नेपाली टोली केन्या पुग्ने तालिका रहेको छ ।

केन्यासँगको सिरिजका लागि भदौ ७ मा नेपाली टोली केन्या पुग्ने तालिका रहेको छ ।५ खेलको टी-ट्वान्टी सिरिज भदौ ९ बाट १४ गते सम्म हुनेछ ।३ खेलको एकदिवसीय सिरिज भने भदौ १७ बाट २० सम्म चल्नेछ ।दुबै सिरिज नैरोवीस्थित जीमखाना मैदानमा हुनेछ ।

नेपाल र केन्याबीच सुरुआतमा ५ खेलको टी-ट्वान्टी सिरिज हुनेछ । त्यसपछि एकदिवसीय सिरिज हुनेछ ।नेपाल र केन्याबीचको पहिलो टी-ट्वान्टी भदौ ९ गते बिहान ११:४५ बजे सुरु हुनेछ ।

दोस्रो टी-ट्वान्टी भदौ १० गते बिहान ११:४५ बजे सुरु हुनेछ । तेस्रो टी-ट्वान्टी भदौ १२ गते बिहान ११:४५ बजे सुरु हुनेछ ।चौथो टी-ट्वान्टी भदौ १३ गते बिहान ११:४५ बजे सुरु हुनेछ ।

पाँचौ तथा अन्तिम टी-ट्वान्टी भदौ १४ गते बिहान ११:४५ बजे सुरु हुनेछ । पहिलो खेल भदौ १७ गते बिहान ११:४५ सुरु हुनेछ ।दोस्रो खेल भदौ १८ गते बिहान ११:४५ सुरु हुनेछ ।तेस्रो खेल भदौ २० गते बिहान ११:४५ सुरु  हुनेछ ।

सम्बाददाता

Leave a Reply

Next Post

क्रिकेटको लागि खुसीको खबर,क्यानले राखेपलाई गर्यो यस्तो प्रस्ताव

Sun Aug 21 , 2022
काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई नवौं राष्ट्रिय खेलकुदअन्तर्गत पुरुषतर्फको क्रिकेट भदौ २२ देखि गर्ने प्रस्ताव गरेको छ। नवौं राष्ट्रिय खेलकुद हुने समयमा नेपाल टी–२० लिग आयोजना हुने हुँदा क्यानले राखेपलाई भदौ २२ देखि २९ सम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पुरुषतर्फको क्रिकेट गर्ने प्रस्ताव गरेको […]

You May Like

error: