भारतले एसिया कपको उपाधि जित्ने सम्भावना उच्च,यस्तो छ उपाधि जित्ने ठूलो आधार

काठमाडौँ ।

अगस्ट २८ मा दुबईमा हुने एसिया कपमा भारतलाई ठूलो राहत मिलेको छ।किन भने पाकिस्तानका तिब्र गतिका बलर शाहिन अफ्रिदी घुँडाको चोटबाट निको हुन नसकेपछि अब हुन् लागेको एसिया कप र इंग्ल्याण्डविरुद्धको घरेलु शृंखलाबाट बाहिरिएका छन् । उनको घुँडाको लिगामेन्टमा समस्या देखिएका कारण यी खेलबाट बाहिरिनु परेको हो ।

जसका कारण उनी यस महत्वपूर्ण प्रतियोगितामा खेल्नबाट वञ्चित भएका छन् । यो पाकिस्तानी टोलीका लागि ठूलो धक्का हो । अफ्रिदीले जुलाईमा श्रीलंकाविरुद्धको पहिलो टेस्टमा फिल्डिङ गर्ने क्रममा दाहिने घुँडाको लिगामेन्टमा चोट पुर्याएका थिए र त्यसयता उनी मैदान बाहिर छन्।

पीसीबीका अनुसार उनी न्यूजिल्याण्डमा हुने टी–२० त्रिकोणात्मक सिरिजमा फर्किने अपेक्षा गरिएको छ जसमा बंगलादेश पनि समावेश छ । यो शृङ्खला टी–२० विश्वकपमा पाकिस्तान र भारतबीचको खेलभन्दा १६ दिन अगाडिको हो ।

पीसीबीका प्रमुख मेडिकल अफिसरले भने कि मैले शाहिनसँग कुरा गरेको छु र उनी यो खबरले गहिरो विचलित भएका छन् तर उनी एक निडर युवा हुन् जसले आफ्नो देश र टोलीको सेवा गर्न दृढतापूर्वक फर्कने वाचा गरेका छन्।

यद्यपि उनले रोटरडममा पुनर्वासको क्रममा प्रगति गरेका छन्। अब यो स्पष्ट छ कि उनलाई थप समय चाहिन्छ र अक्टोबरमा प्रतिस्पर्धी क्रिकेटमा फर्कने सम्भावना छ। उल्लेखनीय कुरा के छ भने एसिया कपमा भारत र पाकिस्तानको टोली महत्वपूर्ण छ । दुई टोलीबीचको खेल अगस्ट २८ मा हुनेछ ।

भारतका लागि सबै धेरै टाउको दुखाई को विषय थिए शाहिन अफ्रिदी।किन भने गत वर्ष टी–२० विश्वकपमा पाकिस्तानी टोलीको भारतविरुद्धको जितमा महत्वपूर्ण भूमिका थियो । सुरुमा शाहिनले रोहित शर्मा र केएल राहुललाई आउट गर्दै भारतीय टोलीलाई दोहोरो झटका दिएका थिए । पछि उनले विराट कोहलीलाई पनि आउट गराए । शाहिन अफ्रिदीको उत्कृष्ट प्रदर्शनका कारण पाकिस्तानले उक्त खेल १० विकेटले जितेको थियो ।

भारतको एसिया कपमा सबै भन्दा दर पाकिस्तानको थयो ।अब यो दर केही हद सम्म कामी भएको छ। यस फाइदामा भारतले पुन एसिया कपको उपाधि जित्न सहज भएको छ।

पाकिस्तान टोली: बाबर आजम, शादाब खान, आसिफ अली, फखर जमान, हैदर अली, हरिस रउफ, इफ्तिखार अहमद, खुशदिल शाह, मोहम्मद नवाज, मोहम्मद रिजवान (विकेटकीपर), मोहम्मद वसीम जूनियर, नसीम शाह, शाहनवाज दहनी र उस्मान कादिर।

सम्बाददाता

Leave a Reply

Next Post

भारत–पाकिस्तान म्याचको यस्तो क्रेज, हजारौ पर्ने टिकट ब्ल्याकमा लाखौमा बिक्दै

Sun Aug 21 , 2022
काठमाडौँ । अगस्ट २८ मा दुबईमा हुने बहुप्रतिक्षित भारत र पाकिस्तानबीचको खेलको टिकट पाउन क्रिकेट फ्यानहरू चरम सीमामा पुगेका छन् । टिकटको पहिलो ब्याच अगस्ट १५ मा तीन घण्टामा सकियो। आईएएनएस ले पहिलो ब्याचमा टिकट किन्न मौका पाएका केही भाग्यशाली व्यक्तिहरूसँग कुरा गर्यो। भारतीय नागरिक र शारजाहका बासिन्दा सादले टिकट […]

You May Like

error: