काठमाडौं।
मुम्बईमा जन्मेर उतैबाट क्रिकेट सिकेका १९ वर्षीय अर्जुन सिनियर टोलीबाट पहिलो खेल खेल्ने लक्ष्यसहित केन्या जाँदैछन् । भदौ १९ देखि २० गतेसम्म नेपालले केन्यासाग पाँच टी २० आई र तीन एकदिवसीय खेल खेल्नेछ ।
नेपालले पछिल्ला अन्तर्राष्ट्रिय शृंखला खेल्दा नयाँ नयाँ खेलाडीले डेब्युको अवसर पाइरहेका छन् ।केन्या भ्रमणका लागि पनि अर्जुनको रुपमा नयाँ अनुहार राष्ट्रिय टिममा छन् ।सन् २००३ मा भारतको मुम्बइमा जन्मिएका अर्जुनले १० वर्षको उमेरबाट क्रिकेट खेल्न थालेका थिए ।
उनको परिवार भारतमै छन् । उनले मुम्बईबाट नै क्रिकेट सुरु गरे । जहाँ नाम चलेका विश्वाका खेलाडीहरुले खेल्छन् । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले युवा खेलाडी अर्जुन साउद राम्रो प्रदर्शन गरेर नै टोलीमा परेको बताएका छन् ।
कप्तान सन्दीपले साउदले उमेर समूहको क्रिकेटबाट नै आफुलाई प्रमाणित गरि राष्ट्रिय टिमसम्म आएकाले उनको प्रदर्शनबाट टिमले अपेक्षा गरेको बताए ।’उनले राम्रो स्तरको क्रिकेट खेलेर यहाँसम्म आईपुगेका हुन् उनको सोहि क्षमताको राष्ट्रिय टोलीले समेत अपेक्षा गरेको छ,’ सन्दीपले भने, ‘उनले आफुलाई प्रमाणित गरेर नै राष्ट्रिय टिमसम्म आईपुगेका हुन् ।’
सन्दीपले केन्याको कन्डिसन तथा त्यहाँको पिचको अवस्था हेरर नै कुन कुन खेलाडीले मौका पाउने थाहा हुने बताए।’युवा खेलाडीलाई यस्ता सिरिजमा मौका दिन हामी तयार रहेका छौँ,’ उनले थपे ।विवेक यादव निरन्तर रुपमा टिममा रहे पनि उनले यथेस्ट मौका पाउन सकेका छैनन् । यस्ता प्रतिभाहरुलाई धेरै भन्दा धेरै मौका चाहिने उनले बताए ।
यस सिरिजका लागि नेपाली भदौ ७ गते केन्या पुग्ने तालिका छ । नेपालले भदौ ९ देखि २० सम्म केन्यासँग सिरिज खेल्दैछ ।नेपालले घरेलु टोलीसँग सुरुआतमा ५ खेलको टी–ट्वान्टी सिरिज खेल्नेछ ।
त्यस लगत्तै ३ खेलको एकदिवसीय अभ्यास सिरिज हुनेछ ।राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक मनोज प्रभाकरले केन्या भ्रमणबाट आफ्नो औपचारिक जिम्मेवारी नेपाली टिम सम्हाल्नेछन् ।
अर्जुनको घरेलु प्रतियोगिताबाट राष्ट्रिय टोलीसम्मको यात्रा
भारतबाट धनगढी प्रिमियर लिग खेल्न तीन वर्ष लनेपाल आएका अर्जुनले लगातार राम्रो गर्दै गए । डीपीएल बयोजक सुबास शाहीले उनलाई नेपाल बोलाएका थिए । राम्रो प्रदर्शन पश्चात उनको नेपालमा क्रिकेट करिअर अगाडी बढ्यो । तीन वर्ष अगाडी कसैले नचिन्ने अर्जुनले विस्तारै क्रिकेटमा आफ्नो पहचिान बनाउँदै गए ।
घरेलु प्रतियोगितामा अर्जुन विष्फोटक ब्याटिङ र राम्रो विकेटकिपरको रुपमा चिनिन्छन् । सुदूरपश्चिमका अर्जुन साउदले गत डिसेम्बरमा नेपालको यू–१९ टोलीबाट एसिया कपमा शारजाहमा श्रीलंका यू–१९ विरुद्ध ८० बलमा ३ चौका र २ छक्कासहित ६४ रन बनाएका थिए ।
त्यसअघि, काठमाडौंमा भएको यू–१९ राष्ट्रिय प्रतियोगिताको ७ खेलमा १ शतक र १ अर्धशतकसहित २ सय ४१ रनका साथ सर्वाधिक रन बनाउने खेलाडीको सूचिमा उनी दोस्रो स्थानमा थिए । उनले सुदूरपश्चिमबाट मधेश प्रदेशविरुद्ध ८५ बलमा १४ चौका र ५ छक्कासहित १ सय १६ रनको उत्कृष्ट शतकीय इनिङ्स खेले । प्रदर्शनमात्र होईन उनको विकेटकिपर शैली पनि त्यति नै राम्रो छ ।
अझ भन्दा उनी अलराउण्डर पनि हुन् । उनी ब्याटिङ र विकेट किपिङसँगै अफस्पिन बलिङ पनि गर्छन् । पार्टपाइम बलर उनी बेला मौकामा आइपरे बलिङ पनि गर्ने गर्छन् ।