नेपाली टिमका कप्तान सन्दीपलाई ठूलो सफलता, भए नयाँ टिममा अनुबन्धित

काठमाडौं।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान तथा युवा लेग स्पिनर सन्दीप लामिछानेले डेजर्ट भाइपर्सबाट युएईको फ्रेन्चाईज क्रिकेट यूएई इन्टरनेसनल टी-ट्वान्टी लिग खेल्ने भएका छन् ।भाइपर्सले शुक्रबार सन्दीपलाई प्रतियोगिताका लागि अनुबन्ध गरिएको जनाएको छ ।

उनी लिगको मार्की खेलाडीको रुपमा रहेका थिए ।ईमिरेट्स क्रिकेट बोर्डले आयोजना गर्ने प्रतियोगिता आगामी जनवरी ६ देखि फेब्रुवरी १२ सम्म आयोजना हुनेछ ।

प्रतियोगितामा ६ टोलीले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा कुल ३४ खेल हुनेछ ।प्रतियोगितामा सहभागी टोलीले १८ खेलाडी टिममा राख्न पाउने छन् । जसमा १२ विदेशी खेलाडी राख्न पाईनेछ ।

यस्तै हरेक टोलीले तीन जना यूएईका खेलाडी, दुई एसोसिएट राष्ट्रका र एक यूएई यू-२३ टिमका खेलाडी अनिवार्य गरिएको छ ।प्लेईङ-११ मा भने कम्तिमा एक जना युएई र एसोसियट राष्ट्रका खेलाडी हुनु पर्नेछ ।

यो पनि पढ्नुहोस्;कप्तान सन्दीप लामिछानेलाई ठूलो घाटा,गुमाउने भए यति ठूलो लिग
नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले ‘द सिक्स्टी’ क्रिकेट प्रतियोगिताको पहिलो संस्करण गुमाउने भएका छन् ।वेस्ट इन्डिज क्रिकेटको आयोजनामा हुन लागेको द सिक्स्टीका लागि सन्दीप जमैका तालाबाजमा आबद्ध रहेका थिए ।

द सिक्स्टी क्रिकेट २५ अगस्टबाट सुरु हुदैछ । यसै समयमा नेपालले केन्याविरुद्ध सिरिज खेल्नेछ ।नेपालले ५ खेलको टी-ट्वान्टी तथा ३ खेलको एकदिवसीय सिरिजका लागि केन्या भ्रमण गर्दैछ ।सन्दीप ५ टी-ट्वान्टी सिरिज सकेर मात्र वेस्ट इन्डिज जाने छन् ।

१० औं संस्करणको क्यारेबियन क्रिकेट लिग (सीपीएल) मा सहभागी हुन सन्दीप त्यसतर्फ जाने छन् ।द सिक्स्टीमा सीपीएलका ६ टोलीकै सहभागीता रहने छ ।सन्दीपको अनुपस्थितिमा उपकप्तान रोहित पौडेलले एकदिवसीयमा टिमको कप्तानी गर्ने छन् ।

नेपालले घरेलु टोलीसँग सुरुआतमा टी–ट्वान्टी सिरिज खेल्नेछ ।राष्ट्रिय क्रिकेट टोलीका नवनियुक्त मुख्य प्रशिक्षक मनोज प्रभाकरले केन्या भ्रमणबाट औपचारिक रुपमा नेपाली टिम सम्हाल्नेछन् ।

केन्यासँगको सिरिजका लागि भदौ ७ मा नेपाली टोली केन्या पुग्ने तालिका रहेको छ ।५ खेलको टी-ट्वान्टी सिरिज भदौ ९ बाट १४ गते सम्म हुनेछ ।३ खेलको एकदिवसीय सिरिज भने भदौ १७ बाट २० सम्म चल्नेछ ।दुबै सिरिज नैरोवीस्थित जीमखाना मैदानमा हुनेछ ।

नेपाल र केन्याबीच सुरुआतमा ५ खेलको टी-ट्वान्टी सिरिज हुनेछ । त्यसपछि एकदिवसीय सिरिज हुनेछ ।नेपाल र केन्याबीचको पहिलो टी-ट्वान्टी भदौ ९ गते बिहान ११:४५ बजे सुरु हुनेछ ।

दोस्रो टी-ट्वान्टी भदौ १० गते बिहान ११:४५ बजे सुरु हुनेछ । तेस्रो टी-ट्वान्टी भदौ १२ गते बिहान ११:४५ बजे सुरु हुनेछ ।चौथो टी-ट्वान्टी भदौ १३ गते बिहान ११:४५ बजे सुरु हुनेछ ।

पाँचौ तथा अन्तिम टी-ट्वान्टी भदौ १४ गते बिहान ११:४५ बजे सुरु हुनेछ । पहिलो खेल भदौ १७ गते बिहान ११:४५ सुरु हुनेछ ।दोस्रो खेल भदौ १८ गते बिहान ११:४५ सुरु हुनेछ ।तेस्रो खेल भदौ २० गते बिहान ११:४५ सुरु  हुनेछ ।

सम्बाददाता

Leave a Reply

Next Post

यी हुन् नेपालका सबैभन्दा मूल्यवान फुटबल खेलाडीहरू

Sat Aug 20 , 2022
काठमाडौं। नेपाली फुटबल टिमका खेलाडीहरुले आर्थिक समस्या झेलिरहेका छन्।नेपाली राष्ट्रिय फुटबल टोलीका केही खेलाडीहरु आर्थिक समस्याको करण विदेशिए भने बााकी भारतका सिक्मि, दार्जिलिङ, आसाम, लगायतका शहरमा स्थानीय प्रतियोगिता खेलिरहेका छन् । गुणस्तरहीन मैदान र कमजोर ब्यस्थापनमा संचालन भइरहेका प्रतियोगिताले खेलाडी चोटग्रस्त हुने संभावना उच्च छ । खेलाडीको रहर होइन भारतका […]

You May Like

error: