आईसीसीले नेपाललाई अर्काे जिम्वेवारी दिने सम्भावना

काठमाडौं।

आईसीसीले सन् २०२४ मा हुने आईसीसी यू-१९ क्रिकेट विश्वकपका लागि एसिया महादेशमा दुई चरणको छनोट प्रतियोगिता हुने भएको छ । आईसीसीले जनाए अनुसार पहिलो चरण भनेको एसिया डिभिजन-२ क्वालिफायर तथा दोस्रो चरण भनेको एसिया क्वालिफायर हो ।

पहिलो चरणको छनोट यसै वर्षको सेप्टेम्बर २९ देखि अक्टोबर ७ सम्म ओमानमा आयोजना हुनेछ ।ओमानमा हुने छनोटमा आयोजक ओमानसँगै बहराईन, भुटान, हङकङ, कतार, साउदी अरेबिया, सिंगापुर तथा थाइल्यान्डको सहभागिता रहनेछ ।

ओमानमा हुने प्रतियोगिताको फाइनलमा स्थान बनाउने दुई टिम एसिया क्वालिफायरमा स्थान बनाउनेछन् । एसिया क्वालिफायरमा भने सात पटक विश्वकप खेलिसकेको नेपालसँगै कुवेत, मलेसिया र युएईले स्थान सुरक्षित गरिसकेका छन् । यू-१९ विश्वकपमा एसिया क्वालिफायरमा नेपालमा हुने सम्भावना रहेको छ।

सन् २०२४ मा हुने यू-१९ विश्वकपमा १६ टिमको सहभागिता रहनेछ । आईसीसीका अनुसार आईसीसीका ११ ‘फुल मेम्बर’ राष्ट्रहरु अफगानिस्तान, अष्ट्रेलिया, बंगलादेश, इंग्ल्यान्ड, भारत, पाकिस्तान, दक्षिण अफ्रिकाले विश्वकपमा स्थान सुरक्षित गरिसकेका छन् ।

भने श्रीलंका, आयरल्यान्ड,वेस्ट इन्डिज र जिम्बाब्वेले पनि विश्वकपमा स्थान सुरक्षित गरिसकेका छन् ।बाँकी ५ स्थानका लागि छनोट प्रतियोगिताहरु हुनेछन्।

जसमा युरोप, एसिया, अफ्रिका, अमेरिका र इस्ट एसिया प्यासिफिकमा छनोट प्रतियोगिताहरु हुनेछन् र त्यहाँबाट ५ टिमले विश्वकपमा स्थान सुरक्षित गर्नेछन् ।यसको अर्थ भनेको युरोप, एसिया, अफ्रिका, अमेरिका र इस्ट एसिया प्यासिफिकबाट केवल एक-एक टिममात्र विश्वकपमा स्थान बनाउनेछन् ।

एसिया क्वालिफायरबाट पनि एक टिमले मात्र स्थान बनाउने हुँदा नेपालका लागि भने पक्कै पनि सहज हुने छैन ।किनभने विश्वकपमा स्थान बनाउन नेपालले सन् २०२३ मा हुने एसिया क्वालिफायरमा कुवेत, मलेसिया र युएईसँगै एसिया डिभिजन-२ क्वालिफायरबाट आउने दुई टिमलाई पछि पार्दै शीर्ष स्थानमा उभिनुपर्ने हुन्छ । नेपाल पछिल्ला तीन संस्करणको विश्वकपमा छनोट हुन सकेको छैन ।

सम्बाददाता

Leave a Reply

Next Post

नेपालले यू-१९ विश्वकप छनौटमा बलियो टोली यूएईसहित ६ टीमसँग खेल्ने

Fri Aug 19 , 2022
काठमाडौं। अन्तराष्ट्रिय क्रिकेट परिषद्(आईसीसी)ले २०२४ को आईसीसी यू-१९ विश्वकप क्रिकेटको रोडम्याप सार्वजनिक गरेको छ ।आयोजनाको स्थल तय नभएको यस विश्वकपमा १६ मुलुकले सहभागीता जनाउने छन् । प्रतियोगितामा सहभागी १६ टिममध्ये ११ टिम छनोट भईसकेका छन्। बाँकी ५ टोली भने छनोटबाट आउने छन् ।यसै वर्ष वेस्ट इन्डिजमा भएको यू-१९ विश्वकपमा शीर्ष […]

You May Like

error: