नेपाल टी-२० लिग बारे बाहिरियो ठूलो खुसीको खबर

काठमाडौं।

नेपाल टी-ट्वान्टी लिगको खेलाडी ड्राफ्ट, लिगमा सहभागी रहने बाँकी दुई टोलीको घोषणा र लिगको लोगो सार्वजनिक भदौको दोस्रो साता गरिने भएको छ ।नेपाल क्रिकेट संघ (क्यान) ले खेलाडीको ड्राफ्टसहित बाँकी टिम घोषणा गर्ने भएको छ।

टिम घोषणा र लिगको आधिकारिक लोगो एकै पटक भदौ दोस्रो साता सार्वजनिक गर्ने तयारी गरेको हो । क्यानले लिगको मिति असोज ८ देखि कात्तिक ५ सम्म हुने घोषणा गरिसकेको छ । यस्तै लिगमा सहभागी हुने ६ टोलीमध्ये ४ टिम घोषणा भईसकेको छ ।

तर, प्रतियोगिता नजिकिदै गर्दा क्यानले बाँकी दुई टोली, खेलाडी ड्राफ्ट र अधिकारी लोगो सावर्जनिक गर्न सकेको छैन ।क्यानका केन्द्रीय सदस्य दुर्गाराज पाठकले लिगको तयारीका कारण ढिला हुन गएको बताए ।

‘नेपाली क्रिकेटलाई नयाँ लेभलमा पुर्याउने नेपाल टी-ट्वान्टी लिगका ६ टोली नै हामीसँग सुरुआतका दिन नै तयार थिए । ६ वटै टोलीलाई एकै दिन सार्वजनिक गर्ने हाम्रो तयारी रहे पनि सम्बन्धित टोलीका मालिकहरुले हाम्रो उपस्थितिमा मात्र गर्न अनुरोधमा पछि सारेका थियौ ।’

‘अब खेलाडी ड्राफ्ट र टिम सार्वजनिक कार्यक्रम एकै पटक आयोजना हुनेछ,’ पाठकले भने, ‘लिगको लागि मैदान तयारको लगायतका कामहरु पनि तिव्र रुपले अघि बढि रहेको छ ।’

नेपाल टी-ट्वान्टी लिगको पहिलो संस्करणमा कान्तिपुर क्यापिटल, लुम्बिनी अल स्टार्स, विराटनगर सुपर किङ्स र जनकपुर रोयल्सले प्रतिस्पर्धा गर्ने छन् । जसमा विराटनगर र जनकपुरको स्वामित्व भारतीय कम्पनीको रहेको छ ।

ड्राफ्टका लागि खेलाडी वर्गिकरणको काम समेत अन्तिम चरणमा पुगेको नेपाल टी-ट्वान्टी लिग गर्भनिङ काउन्सिलका सदस्य समेत रहेका पाठकले बताए ।

क्यानले आयोजना गर्न लागेको पहिलो फ्रेन्चाइज क्रिकेट प्रतियोगितालाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले मान्यता दिईसकको छ ।यस्तै प्रतियोगितालाई नेपाली खेलकुदको सर्वोच्च निकाय राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले यस अघि नै मान्यता दिईसकेको छ।

सम्बाददाता

Leave a Reply

Next Post

आईसीसीले नेपाललाई अर्काे जिम्वेवारी दिने सम्भावना

Fri Aug 19 , 2022
काठमाडौं। आईसीसीले सन् २०२४ मा हुने आईसीसी यू-१९ क्रिकेट विश्वकपका लागि एसिया महादेशमा दुई चरणको छनोट प्रतियोगिता हुने भएको छ । आईसीसीले जनाए अनुसार पहिलो चरण भनेको एसिया डिभिजन-२ क्वालिफायर तथा दोस्रो चरण भनेको एसिया क्वालिफायर हो । पहिलो चरणको छनोट यसै वर्षको सेप्टेम्बर २९ देखि अक्टोबर ७ सम्म ओमानमा […]

You May Like

error: