यी दुई ठूला लिग एकै समयमा, कुन लिग खेल्छन होला ठूला खेलाडीहरु?

काठमाडौं ।

आगामी सन् २०२५ को ईण्डियन प्रिमियर लिग (आईपीएल) र पाकिस्तान सुपर लिग (पीएसएल) एकै समयमा पर्ने भएको छ।पीएसएल नियमित रूपमा फेब्रुअरीमा आयोजना हुँदै आएको थियो।

तर, २०२५ को फेब्रुअरीमा पाकिस्तानले आईसीसी च्याम्पियन ट्रफी आयोजना गर्ने भएकाले पिएसएल पछि सरेर आइपिएलसँग जुँध्ने भएको हो।आईसीसीले जारी गरेको २०२३ देखि २०२७ सम्मको अन्तर्राष्ट्रिय खेल तालिकामा फेब्रुअरीमा पाकिस्तानमा च्याम्पियन ट्रफी आयोजना हुने तालिका छ।

च्याम्पियन ट्रफी लगत्तै आईपीएललाई लामो समय रहेको र आईपीएलपछि अन्तर्राष्ट्रिय क्रिकेटको समय सुरू हुने हुँदा पीएसएल र आईपीएल एकै समयमा आयोजना हुने भएको हो।

यो सँगै पाकिस्तान क्रिकेट बोर्डले मार्च र मे बीचमा पीएसएलको १० औं संस्करण आयोजना गर्दा भारतमा मार्चको पहिलो साताबाट जुनसम्म आइपिएल चल्नेछ।

सन् २०२५ को पिएसएल आइपिएलसँग जुँधे पनि २०२६ मा सात महिनाभन्दा कम समयमै प्रतियोगिता आयोजना हुनेछ। यस्तै २०२७ मा हुने १२ औं संस्करण जनवरी-फेब्रुअरीको पुरानै समयमा हुनेछ।

‘हामीसँग २०२३ देखि २०२७ सम्मको समय तालिका व्यस्त छ र हामीले खेलाडीको कामको बोझलाई पनि ख्याल गर्नुपर्छ, पाकिस्तान क्रिकेट बोर्डका सिइओ फैजल हसनैनले भने, ‘हामीले तीन वटै ढाँचामा उपयुक्त सन्तुलन खोज्ने प्रयास गरेका छौं ताकि यी तीनै महत्वपूर्ण रहोस्।’

सन् २००९ मा श्रीलंकाली टोलीमाथि आतंकवादी हमला भएसँगै पाकिस्तानमा लामो समयसम्म कुनै पनि अन्तर्राष्ट्रिय खेलाडी र टोली गएनन्। पाकिस्तानले सन् २०१६ सम्म घरेलु सिरिजसमेत आयोजना गर्न सकेन।

सन् २०१७ बाट पाकिस्तान सरकारले क्रिकेट खेलाडी र टोलीको सुरक्षाको जिम्मा लिएसँगै पछिल्लो तीन वर्ष पाकिस्तानले घरेलु मैदानमा अधिकांश देशसँग प्रतिस्पर्धा गर्‍यो। राजनीतिक मतभेदका कारण भारतले भने पाकिस्तान भ्रमण गरेन।

आइसिसीको क्यालेन्डर अनुसार आगामी सन् २०२३ देखि २०२७ सम्म प्रायः सबै प्रमुख देशले पाकिस्तान भ्रमण गर्नेछन्। घरेलु मैदानमा २७ टेस्टमध्ये १३, ४७ एकदिवसीयमध्ये २६ र ५६ टी-२० मध्ये २७ खेल खेल्नेछ।

सम्बाददाता

Leave a Reply

Next Post

भारतको प्रतिबन्ध फुकुवा बारे बाहिरियो ठूलो खुसीको खबर

Thu Aug 18 , 2022
काठमाडौं। विश्व फुटबलको सर्वोच्च निकाय फिफाले भारतीय फुटबल महासंघ (एआइएफएफ) लाई तत्काल प्रभावकारी रुपमा निलम्बन गरेपछि केन्द्र सरकार सक्रिय भएको छ । यस विषयमा बुधबार सर्वोच्च अदालतमा सुनुवाइ भएको थियो ।केन्द्र सरकारले सर्वोच्च अदालतमा फिफा अधिकारीहरूसँग वार्ता भइरहेको बताएको छ। यू–१७ विश्वकप आयोजना र भारतीय फुटबल महासंघको निलम्बनबारे छलफल भइरहेको […]

You May Like

error: