केन्यासँग सिरिज खेल्ने अघि कप्तान सन्दीपलाई अर्को सफलता

काठमाडौं।

नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेको टी-ट्वान्टीको बलिङ वरीयतामा सुधार भएको छ ।अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसिसी) ले अपडेट गरेको नयाँ वरीयतामा सन्दीप दुई स्थान सुधार हुँदै ४० औं स्थानमा उक्लिएका छन् ।

बलिङतर्फ नै अविनाश बोहरा एक स्थान सुधार गर्दै ९४ औं स्थानमा उक्लिएका छन् ।ब्याटिङतर्फ आसिफ शेख एक स्थान सुधार गर्दै ९७ औं स्थानमा उक्लिएका छन् ।कुशल भुर्तेल ३९ औं र दीपेन्द्र सिंह ऐरी ४२ औं स्थानमा यथावत रहेका छन् ।

अलराउण्डरतर्फ पनि दीपेन्द्र ८ औं स्थानमा यथावत रहेका छन् ।एकदिवसीयतर्फ सन्दीप ३४ औं स्थानमा यथावत रहेका छन् ।सोमपाल कामी ९४ र करण केसी ९५ औं स्थानमा झरेका छन् ।

एकदिवसीय ब्याटिङतर्फ रोहित पौडेल ८१ औं र आसिफ शेख १०० औं स्थानमा यथावत रहेका छन् ।नेपालको एकदिवसीय वरीयता १९ औं स्थानमा रहदा टी-ट्वान्टीतर्फ १४ औं स्थान रहेको छ ।

यो पनि पढ्नुहोस्;एकै खेलमा बन्यो १ शतक र ४ अर्धसतक, खेलाडिले गरे चौका चौकाको वर्षा
घरेलु टोली नेदरल्याण्ड्सविरुद्धको पहिलो एकदिवसीयमा पाहुना टोली पाकिस्तान विजयी भएको छ ।नेदरल्याण्डको रोटरड्याममा मंगलबार भएको खेलमा पाहुना टोली १६ रनले विजयी भएको हो ।

यस जितसँगै पाहुना टोलीले तीन खेलको एकदिवसीय अन्तराष्ट्रिय सिरिजमा १-० को अग्रता बनाएको छ ।पाहुना टोलीले दिएको ३ सय १५ रनको लक्ष्य पछ्याएको घरेलु टोली ५० ओभरमा ८ विकेट गुमाएर २ सय ९८ रन मात्र बनाउन सक्यो।

३ सय १५ रनको लक्ष्य पछ्याएको घरेलु टोली नेदरल्याण्ड्सका लागि बिक्रमजित सिंह,स्कट एडवार्ड र टम कुपरले अर्धशतकीय ईनिङ खेले । कप्तान स्कट एडवार्डले ६० बलमा अविजित ७१ रन बनाए ।

यस क्रममा उनले ६ चौका र एक छक्का प्रहार गरेका थिए।बिक्रमजितले ९८ बलमा ६५ रनको योगदान दिएका थिए।यस क्रममा उनले ५ चौका प्रहार गरेका थिए। कुपरले ५४ बलमा ६५ रनको योगदान दिएका थिए।

यस क्रममा उनले ६ चौका र २ छक्का प्रहार गरेका थिए।लोगन भान बिकले २४ बलमा ३ चौका सहित २८ रन बनाए। बास डि लिडीले १६ तथा टिजा मानुरुले १५ रन बनाए ।

पाहुना टोलीका हरिस रउफ तथा नसिम शाहले समान ३/३ र मोहम्मद नवाज तथा मोहम्मद वासिमले समान १/१ विकेट लिए ।त्यसअघि पहिले ब्याटिङ गरेको पाकिस्तानले ५० ओभरमा ६ विकेट गुमाएर ३ सय १४ रन बनाएको थियो ।

सम्बाददाता

Leave a Reply

Next Post

नेपाली स्टार अन्जन विष्ट र बिमल मगरको टिमले भारतमा जित्यो उपाधि

Wed Aug 17 , 2022
काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टिमका स्टार खेलाडी अन्जन विष्ट र बिमल घर्ती मगरको टिम टेंगा युनाइटेड फुटबल क्लबले रुपा टाउन फुटबल प्रतियोगिता २०२२को उपाधि जितेको छ।भारतको ७६ औं स्वतन्त्रता दिवस रुपा टाउन कप २०२२ को च्याम्पियन बनेको छ। टेंगा युनाइटेड फुटबल क्लबको कप्तान नेपाली स्टार अमिर श्रेष्ठलेले गरेको थियो।भारतको […]

You May Like

error: