काठमाडौं।
नेपाली राष्ट्रिय क्रिकेट टोलीले केन्यासँग ५ खेलको टी-ट्वान्टी अन्तराष्ट्रिय र ३ खेलको एकदिवसीय सिरिज खेल्दै छ । केन्यासँगको सिरिजका लागि भदौ ७ मा नेपाली टोली केन्या पुग्ने तालिका रहेको छ ।राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक मनोज प्रभाकरले नेपाली टोलीको कमजोर पक्ष आफूले पत्ता लगाइसकेको बताएका छन् ।
उनले आफूले उक्त कमजोरीलाई सुधार गर्ने पहिलो प्राथमिकतामा राखेको बताए ।प्रभाकर भर्खरै मात्र राष्ट्रिय टोलीको मुख्य प्रशिक्षक नियुक्त भएका हुन् । क्यानले उनीसँग एक वर्षको सम्झौता गरेको छ ।
प्रभाकरले सोमबारदेखि टिममा प्रशिक्षण दिइरहेका छन् ।उक्त प्रशिक्षणको क्रममा टिमको कमजोरीको विषयमा आफूले भिडियोमार्फत पहिले नै थाहा पाएको र अहिले त्यसको सुधारका लागि लागिरहेको बताए ।
‘टिमको कमजोरीको विषयमा पहिले नै थाहा पाएको थिए । अहिले त्यसको सुधारको विषय खोजिरहेको छु । सानो कमजोरी छन् त्यसलाई सुधार गर्न धेरै समय लाग्दैन,’ प्रभाकरले अभ्यासका क्रममा पत्रकारसँग कुरा गर्दै भने ।
प्रभाकरले आफूले टिमको ब्याटिङको विषयमा पहिले समाधानको उपाय निकालिरहेको बताए । नेपालको टिममा अहिलेको मुख्य समस्या नै ब्याटिङ भएकाले त्यसलाई सुधारका लागि आफूले काम गरिरहेको र त्यो चाडै सुधार हुने बताए । ‘टिममा अहिले ब्याटिङको समस्या छ । अहिले त्यसैमा फोकस गरिरहेका छौं,’ प्रभाकरले भने ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीले केन्यासँग ५ खेलको टी-ट्वान्टी अन्तराष्ट्रिय र ३ खेलको एकदिवसीय सिरिज खेल्दै छ ।केन्यासँगको सिरिजका लागि भदौ ७ मा नेपाली टोली केन्या पुग्ने तालिका रहेको छ ।
केन्यासँगको सिरिजका लागि भदौ ७ मा नेपाली टोली केन्या पुग्ने तालिका रहेको छ ।५ खेलको टी-ट्वान्टी सिरिज भदौ ९ बाट १४ गते सम्म हुनेछ ।३ खेलको एकदिवसीय सिरिज भने भदौ १७ बाट २० सम्म चल्नेछ ।दुबै सिरिज नैरोवीस्थित जीमखाना मैदानमा हुनेछ ।
नेपाल र केन्याबीच सुरुआतमा ५ खेलको टी-ट्वान्टी सिरिज हुनेछ । त्यसपछि एकदिवसीय सिरिज हुनेछ ।नेपाल र केन्याबीचको पहिलो टी-ट्वान्टी भदौ ९ गते बिहान ११:४५ बजे सुरु हुनेछ ।
दोस्रो टी-ट्वान्टी भदौ १० गते बिहान ११:४५ बजे सुरु हुनेछ । तेस्रो टी-ट्वान्टी भदौ १२ गते बिहान ११:४५ बजे सुरु हुनेछ ।चौथो टी-ट्वान्टी भदौ १३ गते बिहान ११:४५ बजे सुरु हुनेछ ।
पाँचौ तथा अन्तिम टी-ट्वान्टी भदौ १४ गते बिहान ११:४५ बजे सुरु हुनेछ । पहिलो खेल भदौ १७ गते बिहान ११:४५ सुरु हुनेछ ।दोस्रो खेल भदौ १८ गते बिहान ११:४५ सुरु हुनेछ ।तेस्रो खेल भदौ २० गते बिहान ११:४५ सुरु हुनेछ ।