‘टियु मेरो दोस्रो घर हो’ पूर्व कप्तान ज्ञानेन्द्र मल्ल

काठमाडौँ ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीले केन्यासँग ५ खेलको टी-ट्वान्टी अन्तराष्ट्रिय र ३ खेलको एकदिवसीय सिरिज खेल्दै छ । केन्यासँगको सिरिजका लागि भदौ ७ मा नेपाली टोली केन्या पुग्ने तालिका रहेको छ ।

५ खेलको टी-ट्वान्टी सिरिज भदौ ९ बाट १४ गते सम्म हुनेछ । ३ खेलको एकदिवसीय सिरिज भने भदौ १७ बाट २० सम्म चल्नेछ ।दुबै सिरिज नैरोवीस्थित जीमखाना मैदानमा हुनेछ । नेपाल र केन्याबीच सुरुआतमा ५ खेलको टी-ट्वान्टी सिरिज हुनेछ । त्यसपछि एकदिवसीय सिरिज हुनेछ ।

पुर्बकप्तान ज्ञानेन्द्र मल्लले करिब ६ महिना पछी नेपाली राष्ट्रिय क्रिकेट टिममा पुनरागमन गरेका छन । यसअघि आफ्नै कारण केहि टुर गुमाएपनि लामो करियरमा टिमबाटनै ड्रप भएको यो पहिलो पटक थियो ।

नेपाल क्रिकेट संघ क्यान संग खेलाडी बर्गिकरणको बिषयमा मतभिन्नता हुदा उनि कप्तान बाट हटाईएका थिए । टि-२० र एकदिबसिय खेल्न केन्या जानु अघि टिममा पहिलो दिनको अनुभब बारे यस्तो भन्छन ज्ञानेन्द्र मल्ल।

“पहिला आउदा सबै आफुले देख्ने गरेको अनुहार देखिन्थ्ये, अहिले टिमको सबै जना संग पहिला भेटेको थिएन । टिममा आउदा सबै जनाले राम्रो ब्यबहार नै गरे, सिनियर खेलाडी को रुपमा सबैले दाई दाई भनेर नै बोलाउछन् ।

खेलाडीको रुपमा तल माथि भइराख्छ, सधै राम्रो हुन्छ भन्ने हुदैन सधै नराम्रो हुन्छ भन्ने पनि हुदैन । टिमलाई अब मेरो हातबाट चलुन्जेल म खेल्ने हो, मलाई लाग्छ कि मैले टिमलाई केहि दिन सक्छु भन्ने जस्तो लाग्छ भने म खेल्ने हो।

त्यो खेल्नलाई चाही त्यो टिमले,बोर्डले चाही बिश्वास राखेर खेल्न सक्छ टिममा योगदान गर्न सक्छ अझै पनि भनेर बोलाउने हो भने जहिले पनि म तयार छु भनेर मैले भनेकै थिए । अहिले टिममा आफु सबैभन्दा सिनियर भएको हिसाबले आफूमाथि पहिला भन्दा धेरै जिमेबारि भएको महसुस गरेको छु ।

’टिम बाहिर रहदा टिमको अभ्यासका क्रममा त्रिविमा बिताएका समयको याद निरन्तर आईरहन्थ्यो,’ मल्लले भने, ’टियु मैदाननै आफ्ना लागि दोस्रो घर रहेकाले घर बाहिर रहदा कसलाई घरको याद आउन्न होला र ?’

टिमको केन्या भ्रमणबाट हरेक खेलमा जितनै अपेक्षा रहेको उनको भनाई छ । टिम बाहिर रहे पनि नेपाली क्रिकेटको हरेक खेल आफुले नजिकबाट हेरिरहेको उनले बताए ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीले केन्यासँग ५ खेलको टी-ट्वान्टी अन्तराष्ट्रिय र ३ खेलको एकदिवसीय सिरिज खेल्दै छ ।केन्यासँगको सिरिजका लागि भदौ ७ मा नेपाली टोली केन्या पुग्ने तालिका रहेको छ ।

केन्यासँगको सिरिजका लागि भदौ ७ मा नेपाली टोली केन्या पुग्ने तालिका रहेको छ ।५ खेलको टी-ट्वान्टी सिरिज भदौ ९ बाट १४ गते सम्म हुनेछ ।३ खेलको एकदिवसीय सिरिज भने भदौ १७ बाट २० सम्म चल्नेछ ।दुबै सिरिज नैरोवीस्थित जीमखाना मैदानमा हुनेछ ।

नेपाल र केन्याबीच सुरुआतमा ५ खेलको टी-ट्वान्टी सिरिज हुनेछ । त्यसपछि एकदिवसीय सिरिज हुनेछ ।नेपाल र केन्याबीचको पहिलो टी-ट्वान्टी भदौ ९ गते बिहान ११:४५ बजे सुरु हुनेछ ।

दोस्रो टी-ट्वान्टी भदौ १० गते बिहान ११:४५ बजे सुरु हुनेछ । तेस्रो टी-ट्वान्टी भदौ १२ गते बिहान ११:४५ बजे सुरु हुनेछ ।चौथो टी-ट्वान्टी भदौ १३ गते बिहान ११:४५ बजे सुरु हुनेछ ।

पाँचौ तथा अन्तिम टी-ट्वान्टी भदौ १४ गते बिहान ११:४५ बजे सुरु हुनेछ । पहिलो खेल भदौ १७ गते बिहान ११:४५ सुरु हुनेछ ।दोस्रो खेल भदौ १८ गते बिहान ११:४५ सुरु हुनेछ ।तेस्रो खेल भदौ २० गते बिहान ११:४५ सुरु  हुनेछ ।

सम्बाददाता

Leave a Reply

Next Post

आफूलाई भारतको कप्तानबाट हटाए पछि यस्तो भन्छन शिखर धवन

Tue Aug 16 , 2022
काठमाडौं । भारतले आफ्नोभारतीय उपकप्तान शिखर धवनले केएल राहुलको पुनरागमनमा खुशी व्यक्त गर्दै एशिया कप २०२२ अघि जिम्बाब्वे सिरिज मार्फत धेरै फाइदा पाउने बताएका छन्। राहुल लामो समयपछि पुनरागमन गर्दैछन् र उनी यसअघि एसिया कपका लागि छनोट भएका थिए । तर, फिटनेस टेस्ट पास गरेपछि दायाँ हाते ब्याट्सम्यान केएल राहुललाई […]

You May Like

error: