भारतको प्रतिबन्ध फुकुवा बारे बाहिरियो यस्तो खबर

काठमाडौं।

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अल इन्डिया फुटबल फेडेरेसन (एआईएफएफ)लाई प्रतिबन्द लगाएको छ ।फिफाले मंगलबार भारतको फुटबल संघलाई अनिश्चितकालका लागि प्रतिबन्ध लगाएको हो ।

फिफाले एआईएफएफमा बाहिरी शक्ति हाबी भएको भन्दै प्रतिबन्ध गरिएको जनाएको छ ।फिफाको प्रतिबन्धसँगै भारतले अब अन्तर्राष्ट्रिय प्रतियोगिता फुटबल र क्लब प्रतियोगितामा सहभागिता जनाउन पाउने छैन।यस्तै भारतमा आगामी अक्टोबरमा तय भएको यू-१७ महिला विश्वकप पनि सर्ने भएको छ ‌‌।

फिफाका अनुसार अब एआइएफएफमा आफ्नै कमिटीले कार्यसम्पादन सुरु गरेपछि मात्र फुकुवाको ढोका खुल्नेछ । सर्वोच्च अदालतले राखेको कमिटीले हस्तक्षेप गरेपछि मुद्दा परेकोमा फिफाले चेतावनी दिएपनि स्थानीय स्टेट संघहरु चुनावी प्रक्रिया अघि बढाउन असमर्थ रहेका थिए ।

एक भारतीय मिडियाले फिफाले अल इन्डिया फुटबल फेडेरेसन (एआईएफएफ)लाई चाँडै नै प्रतिबन्द  फुकुवा हुने सम्भावना रहेको बताएको छ। एआईएफएफ चाँडै नै यो निलम्बनबाट मुक्त हुन सक्छ।

किनभने यस महिनाको सुरुमा भारतीय अदालतले तुरुन्त निर्वाचन गराउन आदेश दिँदै निर्वाचित समिति तीन महिनाको अवधिका लागि अन्तरिम निकाय हुने बताएको थियो।

यो पनि पढ्नुहोस्;भारतलाई फिफाको प्रतिबन्ध पछि नेपाललाई ठूलो फाइदा, नेपाललाई ठूलो इतिहास रच्ने मौका

साविक विजेता भारतले नेपालमा आयोजना हुने महिला साफ च्याम्पियनसिप फुटबलमा सहभागिता जनाउन नपाउने भएको छ ।विश्व फुटबलको सर्वोच्च फिफाले अल इन्डिया फुटबल फेडेरेसन (एआईएफएफ) लाई प्रतिबन्ध लगाएसँगै भारतको महिला फुटबल टोलीले महिला साफ खेल्न नपाउने भएको हो ।

नेपालको विराटनगरमा भएको अघिल्लो महिला साफको फाइनलमा नेपाललाई ३-१ ले हराएर भारतले उपाधि जितेको थियो ।अब महिला साफमा ६ टोलीले प्रतिस्पर्धा गर्ने छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुने महिला साफ च्याम्पियनसिप भदौ २१ देखि असोज ३ गतेसम्म हुनेछ।साफले यस अघि सार्वजनिक गरेको खेल समूह विभाजन अनुसार समूह ‘ए’ मा साविक विजेता भारत, माल्दिभ्स, बंगलादेश र पाकिस्तान रहेको थियो ।यस्तै समूह ‘बी’ मा नेपाल, श्रीलंका र भुटान रहेको थियो ।

सम्बाददाता

Leave a Reply

Next Post

एएफसी एसियन कपमा अब भारतको स्थानमा यो टिमले मौका पाउने

Tue Aug 16 , 2022
काठमाडौं। विश्व फुटबलको सर्वोच्च निकाय फिफाले तेस्रो पक्षको हस्तक्षेप भएको जनाउँदै अल इण्डिया फुटबल फेडरेशन (एआइएफएफ) लाई कुनै पनि फुटबल गतिविधि गर्न नपाउने गरि अनिश्चितकालका लागि प्रतिवन्ध लगाएको छ । यो प्रतिवन्धले भारतीय फुटबललाई भने ठूलो झट्का लागेको छ । भारतमाथि लागेको यो प्रतिवन्धसँगै उसले यसै वर्ष आयोजना गर्ने जिम्मा […]

You May Like

error: