राशिद खानको तुफानी बलिङ्ग र ब्याटिंगमा अफगानिस्तानको सानदार जित

काठमाडौँ ।

वर्षाले प्रभावित चौथो टी–२० खेलमा अफगानिस्तानले आयरल्याण्डलाई २७ रनले पराजित गरेको छ । वर्षाका कारण खेल ११–११ ओभरमा घटाइएको थियो । यसपछि अफगानिस्तानले पहिले ब्याटिङ गर्दै ६ विकेटमा १३२ रन बनाएको थियो ।

जवाफमा आयरल्यान्डको टोली पूरा ११ ओभर खेलेर १०५ रन बनाएर आउट भएको थियो ।अफगानिस्तान र आयरल्याण्ड बिचको सिरिज अहिले २–२ को बराबरीमा छ । अब हुने फाइनल खेल निर्णायक हुनेछ।

आयरल्याण्डले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो । अफगानिस्तानका ब्याट्सम्यान गुरबाज २४ र हजरतुल्लाह जाजाई ६ रन बनाएर आउट भए । त्यसपछि इब्राहिम जाद्रान पनि १ रन बनाएर आउट भए ।

यहाँबाट थप केही विकेट खसे तर नजिबुल्लाहले छोटो ओभरलाई ध्यानमा राख्दै तीव्र ब्याटिङ गर्दै २४ बलमा ५० रनको इनिङ खेले। अन्तिम केही बलमा राशिद खानले आफ्नो ब्याटिङबाट उत्कृष्ट ब्याटिङ प्रदर्शन गरेका थिए ।

उनले १० बलमा ३१ रन बनाएर अविजित रहे । यसरी अफगानिस्तानको टोलीले ६ विकेट गुमाएर १३२ रनको ठूलो स्कोर बनाउन सफल भयो । आयरल्याण्डका लागि डेलानीले ३ विकेट लिएका थिए ।

जवाफमा खेल्दै गरेको आयरल्याण्डको सुरुवात खराब रह्यो । एन्ड्रयु बालबर्नी १७ र लोर्कन टकरले ४ रन बनाएर आउट भए ।त्यसपछी पल स्टर्लिङले २० रन बनाए ।

यहाँबाट खेलाडीहरू एकपछि अर्को गर्दै आउट हुँदै जाँदा आयरल्याण्डको लक्ष्य टाढिदै गयो । जर्ज डकरेलले २४ बलमा अविजित ४१ रनको प्रयास गरे पनि अन्य ब्याट्सम्यान असफल रहँदा आयरिश टोली १०५ रनमा अलआउट भयो। अफगानिस्तानका लागि अहमद मलिकले ३ र राशिद खानले २ विकेट लिए ।

यो पनि : ज्ञानेन्द्र मल्लको टोलीमा पुनरागमन बारे यस्तो भन्छन उपकप्तान रोहित
नेपालले केन्यासँग खेल्ने टी–२० तथा एकदिवशीयका लागि नेपालले १६ सदस्यीय टोलीको घोषणा गरेको थियो । जसमा पूर्वकप्तान ज्ञानेन्द्र मल्लले पुनरागमन गरेका थिए। यूएई सिरिज पछि नेपालको कुनै पनि प्रतियोगितामा नदेखिएका ज्ञानेन्द्रले नयाँ प्रशिक्षक आएसँगै टोलीमा पुनरागमन गरेका हुन्।

पूर्वकप्तान ज्ञानेन्द्र मल्लको टोलीमा आगमन बारे उपकप्तान रोहित भन्छन “स्कटल्याण्ड भ्रमणमा अनुभबी खेलाडी नहुनाले हाम्रो ब्याटिंग अर्डर खस्किएको थियो। अहिले ज्ञानेन्द्र दाई टिममा हुदा ब्याटिंग अर्डरमा सन्तुलन हुने देखिएको छ भने युवा टोलीमा आत्मबिस्वास पनि देखिएको छ । “

नेपाल र केन्याबीचको पहिलो टी-ट्वान्टी भदौ ९ गते बिहान ११:४५ बजे सुरु हुनेछ ।दोस्रो टी-ट्वान्टी भदौ १० गते बिहान ११:४५ बजे सुरु हुनेछ । तेस्रो टी-ट्वान्टी भदौ १२ गते बिहान ११:४५ बजे सुरु हुनेछ ।

सम्बाददाता

Leave a Reply

Next Post

भारतीय फुटबल टिमलाई ठूलो झड्का , अब खेल्न पाउने छैन यी ठूला प्रतियोगिता

Tue Aug 16 , 2022
काठमाडौं। विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अल इन्डिया फुटबल फेडेरेसन (एआईएफएफ)लाई प्रतिबन्द लगाएको छ ।फिफाले मंगलबार भारतको फुटबल संघलाई अनिश्चितकालका लागि प्रतिबन्ध लगाएको हो । फिफाले एआईएफएफमा बाहिरी शक्ति हाबी भएको भन्दै प्रतिबन्ध गरिएको जनाएको छ ।फिफाको प्रतिबन्धसँगै भारतले अब अन्तर्राष्ट्रिय प्रतियोगिता फुटबल र क्लब प्रतियोगितामा सहभागिता जनाउन पाउने छैन।यस्तै […]

You May Like

error: