नेपालसँग खेल्नु अघि केन्याको लगातार दुई विशाल जित

काठमाडौं।

नेपालसँग सिरिज खेल्ने अघि केन्याले लगातार दोस्रो जित हासिल गरेको छ।आईसिसी विश्वकप च्यालेन्ज लिग ‘बि’ को च्याम्पियनको अन्तिम दुई खेलमा विशाल जित हासिल गरेको छ।

आईसिसी विश्वकप च्यालेन्ज लिग ‘बि’ को च्याम्पियनमा हिजो भएको आफ्नो अन्तिम खेलमा केन्या टिमले जर्सीलाई ४ विकेटले हराएको छ।यस अघिको खेलमा पनि केन्या टिमले विशाल बर्मुडालाई ७ विकेटले हराएको थियो।

जर्सिले दिएर १८३ रनको सामान्य लक्ष्य केन्याले मात्र ६ विकेट गुमाएर भेट्टायो।केन्याका लागि इरफान करिमले सबै भन्दा धेरै रनको योगदान दिए।उनले अर्धसतक प्रहार गरेका छन्।

१२४ बलको सामना गरेका उनले ५६ रन बनाएर आउट भएका थिए।यस क्रममा उनले ६ चौका प्रहार गरे।यस्तै राकेप पटेलले ५१ बलमा ३९ रनको योगदान दिएका छन्।यस क्रममा उनले ६ चौका प्रहार गरेका थिए।

सुखदीप सिंहले ३५ बलमा २९ रनको योगदान दिएका छन्।यस क्रममा उनले ४ चौका प्रहार गरेका थिए।रुषभ पटेलले ८ बलमा १३ रनको योगदान दिएका थिए।यस क्रममा उनले ३ चौका प्रहार गरेका थिए।कोलिन्स ओबुयाले १४ रनको योगदान दिएका थिए।

केन्याले आईसिसी विश्वकप च्यालेन्ज लिग ‘बि’ को च्याम्पियनसीप  पछि नेपालसँग सिरिज खेल्ने छ।केन्याले नेपाली राष्ट्रिय क्रिकेट टोलीसँग ५ खेलको टी-ट्वान्टी अन्तराष्ट्रिय र ३ खेलको एकदिवसीय सिरिज खेल्दै छ ।केन्यासँगको सिरिजका लागि भदौ ७ मा नेपाली टोली केन्या पुग्ने तालिका रहेको छ ।

केन्यासँगको सिरिजका लागि भदौ ७ मा नेपाली टोली केन्या पुग्ने तालिका रहेको छ ।५ खेलको टी-ट्वान्टी सिरिज भदौ ९ बाट १४ गते सम्म हुनेछ ।३ खेलको एकदिवसीय सिरिज भने भदौ १७ बाट २० सम्म चल्नेछ ।दुबै सिरिज नैरोवीस्थित जीमखाना मैदानमा हुनेछ ।

नेपाल र केन्याबीच सुरुआतमा ५ खेलको टी-ट्वान्टी सिरिज हुनेछ । त्यसपछि एकदिवसीय सिरिज हुनेछ ।नेपाल र केन्याबीचको पहिलो टी-ट्वान्टी भदौ ९ गते बिहान ११:४५ बजे सुरु हुनेछ ।

दोस्रो टी-ट्वान्टी भदौ १० गते बिहान ११:४५ बजे सुरु हुनेछ । तेस्रो टी-ट्वान्टी भदौ १२ गते बिहान ११:४५ बजे सुरु हुनेछ ।चौथो टी-ट्वान्टी भदौ १३ गते बिहान ११:४५ बजे सुरु हुनेछ ।

पाँचौ तथा अन्तिम टी-ट्वान्टी भदौ १४ गते बिहान ११:४५ बजे सुरु हुनेछ । पहिलो खेल भदौ १७ गते बिहान ११:४५ सुरु हुनेछ ।दोस्रो खेल भदौ १८ गते बिहान ११:४५ सुरु हुनेछ ।तेस्रो खेल भदौ २० गते बिहान ११:४५ सुरु  हुनेछ ।

सम्बाददाता

Leave a Reply

Next Post

क्रिकेटमा नेपालको पछिपछि आउँदै जर्सी, जर्सीले रच्यो ठूलो इतिहास

Mon Aug 15 , 2022
काठमाडौं। आईसीसी विश्वकप च्यालेन्ज लिग ‘बी’ को च्याम्पियन बनेर जर्सीले आईसीसी विश्वकप छनोट प्लेअफमा प्रवेश गरेको छ ।हिजो भएको अन्तिम खेलमा पराजित भए पनि अंक तालिकाको शीर्ष स्थानमा रहँदै प्लेअफमा प्रवेश गरेको हो। जर्सीले प्लेअफ प्रतियोगितामा आफ्नो क्रिकेट इतिहासमा पहिलो ‘ओडीआई’ खेल खेल्न भएको छ।प्लेअफमा अब जर्सीले लिग २को ‘ए’ […]

You May Like

error: