किरणसहित १० खेलाडीलाई टिममा समावेश गर्दै नेपाली टिमको घोषणा

काठमाडौं।

आगामि सेप्टेम्बर २७ मा बंगलादेशविरुद्ध हुने मैत्रीपूर्ण फुबटलका लागि ४० खेलाडी बोलाइएको छ । बंगलादेशसँग असोजमा हुने अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि अखिल नेपाल फुटबल संघले ४० सदस्यीय प्रारम्भिक टोली सार्वजनिक गरेको छ ।

बिहीबार बसेको कार्यकारी समितिको बैठकले मैत्रीपूर्ण खेलका लागि हुमागाईलाई कार्यवाहक मुख्य प्रशिक्षकमा नियुक्त गरेको थियो ।

नेपाल र बंगलादेशबीच असोज ११ गते मैत्रीपूर्ण खेल हुँदैछ । उक्त खेलका लागि एन्फाले कार्यवाहक प्रशिक्षकको भूमिकामा प्रदीप हुमागाईंलाई नियुक्त गरेको छ । हुमागाईंले युवा र अनुभवी खेलाडी समेट्दै ४० सदस्यीय प्रारम्भिक टोली घोषणा गरेका हुन् । टोलीमा अब्दुल्लाह अलमुताइरीले बाहिर राखेका कप्तान किरण चेम्जोङसहितका खेलाडी समेत समावेश रहेका छन् ।

गोलरक्षक : किरण चेम्जोङ, विकेश कुथु, दीप कार्की, विशाल श्रेष्ठ

डिफेन्डर : अनन्त तामाङ, रोहित चन्द, विकास तामाङ, देवेन्द्र तामाङ, दीनेश राजवंशी, विकास खवास, गौतम श्रेष्ठ, छिरिङ गुरुङ, सुमन अर्याल, रञ्‍जित धिमाल, निशान खड्का, अमित तामाङ, राजन गुरुङ

मिडफिल्डर : संजोक राई, पुजन उपरकोटी, तेज तामाङ, एरिक विष्ट, सेसेहाङ आङदेम्बे, सुदीप गुरुङ, विशाल राई, मनिष डाँगी, सुरज ज्यु ठकुरी, सुभाष गुरुङ, आवास लामिछाने, सुनिल बल, आयुष घलान, सुजल श्रेष्ठ, अन्जन विष्ट

फरवार्ड : विमल घर्तिमगर, नवयुग श्रेष्ठ, आशिष चौधरी, ऋतिक खड्का, जर्जप्रिन्स कार्की, आशिष चापागाई, अभिषेक रिजाल, भरत खवास

यो पनि पढ्नुहोस्;यू-१७ को बन्द प्रशिक्षणबाट १५ खेलाडी बाहिरिए

यू-१७ राष्ट्रिय पुरुष फुटबल टिमको बन्द प्रशिक्षणमा रहेका १५ खेलाडी बाहिरिएका छन् ।अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार यू-१७ को बन्द प्रशिक्षणमा रहेका ४५ खेलाडीबाट १५ खेलाडी बाहिरिएको जनाएको छ ।

यू-१७ टोलीको मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले १५ खेलाडी बाहिर राख्दै ३० खेलाडी छनोट गरेको एन्फाले जनाएको छ ।एन्फाले साफ यू-१७ च्याम्पियनसिप र एएफसी यू-१७ एसियन कप छनोटका लागि खेलाडीलाई बन्द प्रशिक्षणमा राखेको छ ।

श्रीलंकामा आयोजना हुने साफ यू-१७ च्याम्पियनसिपमा नेपाल समूह ‘बी’ मा परेको छ ।नेपालको समूहमा भारत र भुटान रहेको छ । यस्तै समूह ‘ए’ मा आयोजक श्रीलंका, माल्दिभ्स र बंगलादेश रहेको छ ।

श्रीलंकामा आयोजना हुने साफ यू-१७ आगामी सेप्टेम्बर ५ बाट हुनेछ ।यस्तै भियतनाममा हुने यू-१७ एसियन कप छनोट अक्टोबर १ देखि ९ सम्म हुनेछ ।

छनोट भएका खेलाडी –

मुकेश घर्ती, रुबिन बोगटी, कृषल मोक्तान, सिमन्त थापा, उनिश मगर, सुवास मगर, उनिश बुढाथोकी, जनप्रकाश बम, निशान तामाङ, सिजल राई, मधु पौडेल, गौरव महर्जन, विक्रम तामाङ, हरीश भट्ट, लचु थापा, प्रशान्त लक्सम, कृष्णबहादुर थापा, प्रशान्त लक्सम

निरोज कार्की, समिर तामाङ, धनसिंह विक, दीपक थापा मगर, मानव पोखरेल, कुशल देउवा, मिरक लिङ्देन, प्रीतम कार्की, विनोद केसी, धिरज विक, सोहन स्याङ्ताङ, निराजन धामी, सरोज दर्लामी, समिर चन्द

सम्बाददाता

Leave a Reply

Next Post

नेपाली खेलाडीलाई राहुल र विराटको ब्याटिङ टेक्निक सिकाउने मुख्य प्रशिक्षक मनोज

Sun Aug 14 , 2022
काठमाडौं। नेपाली क्रिकेट टिमका मुख्यप्रशिक्षक भारतीय नागरिक मनोज प्रभाकरले नेपाली टिम सम्हाल्नुअघि आइतबार आफ्ना योजना सार्वजनिक गरेका छन् । शनिबार नेपाल आइपुगेका उनले आइतबार पत्रकार सम्मेलन गर्दै आफ्नो योजनाबारे बताएका हुन् । नेपाल क्रिकेट संघले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रभाकरले नेपाली ब्याटरमा टेक्निकको कमी रहेको आफूले देखेको बताए । उनले […]

You May Like

error: