केन्यासँग सिरिज खेल्नु अघि नेपाललाई ठूलो झड्का

काठमाडौं।

नेपाली राष्ट्रिय क्रिकेट टोलीले केन्यासँग ५ खेलको टी-ट्वान्टी अन्तराष्ट्रिय र ३ खेलको एकदिवसीय सिरिज खेल्दै छ ।केन्यासँगको सिरिजका लागि भदौ ७ मा नेपाली टोली केन्या पुग्ने तालिका रहेको छ ।

तर केन्यासँग सिरिज खेल्नु अघि नेपाललाई ठूलो झड्का लागेको छ।अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसिसी) ले अपडेट गरेको नयाँ टी-ट्वान्टी वरीयतामा नेपाल एक स्थान तल झरेको छ।

नयाँ टी-ट्वान्टी वरीयतामा नेपाल एक स्थान तल झरेको नेपाल हाल १४ औं स्थानमा रहेको छ।यस अघि नेपाल १३ औं स्थानमा रहेको थियो ।यस अघि नेपाल भन्दा पछि रहेको आयरल्याण्डले एक स्थान सुधार गरेर नेपाललाई पछि परेको छ।

केन्यासँगको सिरिजका लागि भदौ ७ मा नेपाली टोली केन्या पुग्ने तालिका रहेको छ ।५ खेलको टी-ट्वान्टी सिरिज भदौ ९ बाट १४ गते सम्म हुनेछ । ३ खेलको एकदिवसीय सिरिज भने भदौ १७ बाट २० सम्म चल्नेछ ।दुबै सिरिज नैरोवीस्थित जीमखाना मैदानमा हुनेछ ।नेपाल र केन्याबीच सुरुआतमा ५ खेलको टी-ट्वान्टी सिरिज हुनेछ । त्यसपछि एकदिवसीय सिरिज हुनेछ ।

नेपाल र केन्याबीचको पहिलो टी-ट्वान्टी भदौ ९ गते बिहान ११:४५ बजे सुरु हुनेछ ।दोस्रो टी-ट्वान्टी भदौ १० गते बिहान ११:४५ बजे सुरु हुनेछ । तेस्रो टी-ट्वान्टी भदौ १२ गते बिहान ११:४५ बजे सुरु हुनेछ ।

चौथो टी-ट्वान्टी भदौ १३ गते बिहान ११:४५ बजे सुरु हुनेछ । पाँचौ तथा अन्तिम टी-ट्वान्टी भदौ १४ गते बिहान ११:४५ बजे सुरु हुनेछ । पहिलो खेल भदौ १७ गते बिहान ११:४५ सुरु हुनेछ ।दोस्रो खेल भदौ १८ गते बिहान ११:४५ सुरु हुनेछ ।तेस्रो खेल भदौ २० गते बिहान ११:४५ सुरु हुनेछ ।

यो पनि पढ्नुहोस्;विश्वकप लिगमा स्कटल्याण्ड बिरुद्द अमेरिका पराजित,नेपाललाई ठूलो फाइदा

आईसीसी विश्वकप लिग २ को तेस्रो खेलमा स्कटल्याण्डले अमेरिकालाई ५ विकेटले पराजित गरेको छ । पहिले खेलेको अमेरिकाले ८ विकेट गुमाएर २९५ रन बनाएको थियो ।  जवाफमा स्कटल्याण्डले ५ विकेट गुमाएर ३ सय १ रन बनाएर खेलमा जीत हासिल गरेको छ ।

स्कटल्याण्डले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेपनि अमेरिकी ओपनरहरुले बलियो ब्याटिङ गरे । स्टिभन टेलर र सुशान्त मोदानीले पहिलो विकेटका लागि ८० रन जोडे। यसैबीच टेलर ३७ रनमा आउट भएपनि सुशान्तले ७१ बलमा ७ चौका प्रहार गर्दै ५२ रन बनाए ।

कप्तान मोनक पटेल फ्लप रहे र व्यक्तिगत १९ रनमा आउट भए ।  यस क्रममा आरोन जोन्सले टोलीको जिम्मा लिएका थिए । उनले एक छेउमा उभिएर ब्याटिङ गर्दै शतक बनाए । उनले ८७ बलमा १२३ रन बनाएर अविजित रहे ।

यसरी अमेरिकाले ८ विकेट गुमाएर २९५ रन बनायो । स्कटल्याण्डका ग्याभिन र मार्क वाटले २/२ विकेट लिए । जवाफमा स्कटल्याण्डले पनि राम्रो ब्याटिङ गरेको थियो । काइल कोएट्जर र क्रेग वालेसले पहिलो विकेटका लागि ७२ रन जोडे। यसैबीच वालेसले ५४बलमा ५ चौका र एक छक्का सहित ४५ रन बनाएर आउट भए ।

उनीपछि कोएट्जर पनि २८ रनको व्यक्तिगत स्कोरमा आउट भए । यद्यपि, यस स्थितिबाट टोलीलाई क्यालम म्याक्लियोडले सम्हालेका थिए। उनले काथु क्रससँग ९६ रनको साझेदारी गरे ।

क्रसले ५६ बलमा २ चौका सहित ४० रन बनाएर आउट भए तर म्याक्लियोडले शतक बनाए । उनले ९१ बलमा ११७ रनको व्यक्तिगत स्कोरलाई निरन्तरता दिँदै टोलीलाई जितको दौडमा पुर्याए ।उनले यस क्रममा ९ चौका र ५ छक्का प्रहार गरेका थिए।

अन्त्यमा ग्रीभ्स र लिस्कले १९–१९ रन बनाएर टोलीलाई १४ बल बाँकी रहँदै ५ विकेटले जित दिलाए ।अमेरिकाका लागि नोटिस किन्एङ्जीले २ तथा शौरभ नेत्रभाल्कर,नर्सिङ पटेल तथा स्टेभन टेलरले समान १/१ विकेट लिए ।

अमेरिका पराजित हुँदा नेपाललाई फाइदा भएको छ।किन भने नेपाल विश्व कपमा ग्लोबल छनोट हुने हो भने बाँकी रहेका खेलमा नेपाल विजयी हुनु पर्ने छ र नेपाल भन्दा अघि रहेका देश अमेरिका र युएई ले बाँकी खेलमा हारको सामना गर्नु पर्ने हुन्छ।

२६ खेल खेलेको अमेरिकाले २५ अंक जोड्दै चौथो स्थानमा कायमै छ।एक खेल कम खेलेको युएई २६ अंकसहित तेस्रो स्थानमा छ।

२६ खेलमा १८ जित निकालेको स्कटल्याण्ड तालिकाको दोस्रो स्थानमा रहँदा आफ्ना सबै खेल सकाएको ओमान ४४ अंकसहित शीर्ष स्थानमा छ।

लिग अन्तर्गत नेपालले २० खेल खेल्दा ८ जितसहित १७ अंक जोडेर छैठौं स्थानमा छ।अब नेपालले १६ म्याच खेल्न बाँकी रहेको छ।

सम्बाददाता

Leave a Reply

Next Post

रोहितका कारण बच्यो यी खेलाडीको करियर, विराटको कप्तानीमा पाएका थिएनन मौका !

Sun Aug 14 , 2022
काठमाडौँ । टीम इन्डियाले एसिया कप २०२२ अगस्ट २८ बाट आफ्नो अभियान सुरु गर्नेछ। यो ठुलो टूर्नामेन्टका लागि टिम इन्डियाको टोलि पनि घोषणा गरिएको छ । टोलीको कमाण्ड रोहित शर्माको हातमा हुनेछ, जबकि धेरै युवा खेलाडी र सिनियर खेलाडी रोहितको कप्तानीमा खेलिरहेको देखिनेछन । यसपटक पहिलो पटक एसिया कप खेल्ने […]

You May Like

error: