नेपाली टिमलाई अन्तर्राष्ट्रिय स्तरमा अब्बल बनाउने बारे यस्तो छ मनोज प्रभाकरको रणनिती

काठमाडौं।

नेपाली राष्ट्रिय क्रिकेट टिमका नवनियुक्त मुख्य प्रशिक्षक मनोज प्रभाकर नेपाल आईपुगेका छन् ।मुख्य प्रशिक्षक प्रभाकर शनिबार साँझ नेपाल आईपुगेका हुन् । उनलाई क्यानका पदाधिकारीले त्रिभुवन विमानस्थलमा स्वागत गरे ।

नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक मनोज प्रभाकरले टिममा धेरै चुनौती भएको तर, आफूले यसलाई सहजै स्वीकार गरेको बताएका छन् । नवनियुक्त प्रशिक्षक प्रभाकर आज नेपाल आएका हुन् ।

नेपाल आउने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उनले नेपालमा उत्कृष्ट खेलाडी भएको र त्यसलाई आफूले सकरात्मक रुपमा लिएको बताए ।

नेपाली टोलीको प्रशिक्षकको रुपमा मलाई धेरै चुनौती छ । तर, त्यसलाई मैले स्वीकार गर्छु । टिममा उत्कृष्ट खेलाडी छन्,’ प्रभाकरले भने । प्रभाकरले आफूलाई हिमालको ठाउँ मन पर्ने भएकाले नेपालको प्रशिक्षकको रुपमा आउन रुची देखाएको बताए । साथै उनले अब टिमलाई अन्तर्राष्ट्रिय स्तरमा अब्बल बनाउन आफ्नो अनुभव लगाउन बताए ।

‘म हिमालमा बस्छु । त्यसैले मैले यो ठाउँ रोजेको हुँ । म यहाँ राम्रो रिजल्ट ल्याउन चाहन्छु । नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा राम्रो बनाउन चाहन्छु । मसँग धेरै अनुभव छ । म कसरी युवा टोलीलाई अगाडी बढाउनुपर्छ भन्ने जानेको छु,’ प्रभाकरले भने ।

मुख्य प्रशिक्षक पुबुदु दासानायकेले केहि साता अघि राजीनामा दिएपछि क्यानले प्रभाकरलाई नियुक्त गरेको हो । क्यानले प्रभाकरसँग एक वर्षको सम्झौता गरिएको जनाएको छ ।

नेपालको मुख्य प्रशिक्षकका रुपमा प्रभाकरको पहिलो प्रतियोगिता केन्याविरुद्धको रहने छ ।नेपाली टोली भदौ पहिलो साता केन्या भ्रमणमा निस्कने छ ।

केन्यामा रहँदा नेपालले ५ खेलको टी-ट्वान्टी सिरिज खेल्नेछ । नेपालको ३ खेलको ५० ओभरको सिरिज पनि रहेको छ ।

भारतका पूर्व अलराउण्डर प्रभाकर रणजी ट्रफी विजेता प्रशिक्षक हुन् । प्रभाकरले भारतका लागि ३९ टेस्ट र १ सय ३० एकदिवसीय अन्तर्राष्ट्रिय खेलेका थिए । उनले अफगानिस्तानको बलिङ प्रशिक्षक रहेर काम गरिसकेका छन् ।उनले रणजी ट्रफी टिम दिल्लीसँगै राजस्थान र युपी क्रिकेट एसोसियनको प्रशिक्षक भएर काम गरिसकेका छन्।

सम्बाददाता

Leave a Reply

Next Post

विश्वकप लिगमा स्कटल्याण्ड बिरुद्द अमेरिका पराजित,नेपाललाई ठूलो फाइदा

Sun Aug 14 , 2022
काठमाडौँ । आईसीसी विश्वकप लिग २ को तेस्रो खेलमा स्कटल्याण्डले अमेरिकालाई ५ विकेटले पराजित गरेको छ । पहिले खेलेको अमेरिकाले ८ विकेट गुमाएर २९५ रन बनाएको थियो ।  जवाफमा स्कटल्याण्डले ५ विकेट गुमाएर ३ सय १ रन बनाएर खेलमा जीत हासिल गरेको छ । स्कटल्याण्डले टस जितेर पहिले बलिङ गर्ने […]

You May Like

error: