डेब्यु खेलमा नै दिपा न्यौपानेले गरिन् उत्कृष्ट दुई गोल,टिमको विशाल जित

काठमाडौं।

नेपाली राष्ट्रिय महिला फुटबल टिमकी मिडफिल्डर दिपा न्यौपाने आबद्द डन बस्को एफएले केरेला महिला लिगमा जित निकालेको छ ।शनिबार भएको खेलमा डन बस्कोले एमिरेट्स एफसीलाई ५-२ गोल अन्तरले हराएको हो ।

डन बस्कोको जितमा दिपाले दुई गोल गरिन् । दिपाको यो डेब्यु खेल हो ।बिहीबार भएको पहिलो खेलमा डन बस्कोलाई लर्ड्स एफएले १२-२ गोल अन्तरले हराएको थियो ।दिपाले पहिलो खेल खेलेकी थिइन् । दिपालाई केरेला लिगका लागि अनुबन्ध गरेको हो ।

यो पनि पढ्नुहोस्;रोहितको उत्कृष्ट प्रदर्शनका बाबजुद टिमको अर्को हार

नेपाली पुरुष राष्ट्रिय टोलीका डिफेन्सिभ मिडफिल्डर रोहित चन्द सम्मिलित पेर्सिक केडेरी एफसीले इन्डोनेसियाको लिग वानमा खराव प्रदर्शनलाई निरन्तरता दिएको छ।हिजो भएको खेलमा पेर्सिकले बोर्नियो समरिन्डासँग हारको सामना गरेको थियो।

हिजो भएको खेलमा पेर्सिकले घरेलु मैदानमा सुरुवाती अग्रता लिनका बावजुत बोर्नियो समरिन्डासँग २–१ को हार बेहोरेको हो ।शुक्रबार भएको प्रतिस्पर्धात्मक खेलको ६४औं मिनेटमा युसुफ मेलानाको गोलबाट पेर्सिकले सुरुवाती अग्रता लिएको थियो ।

तर, पेर्सिकको त्यो अग्रता दुई मिनेट पनि टिकेन ।६६औं मिनेटमा म्याथिअस पाटोले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । त्यसपछि म्याथिअस पाटोले ७७औं मिनेटमा व्यक्तिगत र टोलीका लागि दोस्रो गाल गर्दै घरेलु टोली पेर्सिकविरुद्ध २–१ को पूनरागमन जित हासिल गरेको थियो।

पेर्सिकको चौथो खेलमा यो तेस्रो हार हो । जितविहीन रहेको पेर्सिकले एक खेल बराबरी खेलेको छ ।यस खेलमा रोहितले पुरा समय खेलेका थिए ।यो नतिजापछि बोर्नियो समरिन्डाले चार खेलबाट ९ अंक जोड्दै दोस्रो स्थानमा उक्लिएको छ ।

समान ९ अंक रहेपनि बोर्नियो एक खेल कम खेलेको मधुरा युनाइटेडसँग गोल अन्तरमा पछि छ।  पेर्सिक चार खेलबाट १ अंक जोडेर १६औं स्थानमा रहेको छ । पेर्सिकले पर्सिता र मुधरासँग हार बेहोर्दा भयानकारा एफसीसँग बराबरी १–१ गोलको बराबरी खेलेको थियो ।

सम्बाददाता

Leave a Reply

Next Post

मनिष डाँगी बहराइनको क्लबमा अनुबन्धित

Sat Aug 13 , 2022
काठमाडौं। नेपाली राष्ट्रिय फुटबल टिमका मिडफिल्डर मनिष डाँगी बहराइनको क्लब इतिहाद अल रेफ क्लबमा अनुबन्धित भएका छन् ।बहराइनको दोस्रो डिभिजन क्लबले मनिषलाई २०२२-२३ को सिजनका लागि अनुबन्ध गरेको हो । इतिहादले सामाजिक संजाल इन्स्टाग्रामबाट उनलाई अनुबन्ध गरिएको जनाएको छ ।मनिषले पछिल्लो ‘ए’ डिभिजन क्लब मछिन्द्र फुटबल क्लबबाट खेलेका थिए । […]

You May Like

error: