काठमाडौँ ।
नेपाल क्रिकेट संघ क्यानले भारतीय अब्दुल सतारलाई फिटनेस ट्रेनरको रुपमा नियुक्त गरेको छ । भारतको रंजी टिम दिल्लीमा पछिल्लो समय काम गरिरहेका उनलाई नव नियुक्त प्रसिक्षक मनोज प्रभाकरको सिफारिसमा राष्ट्रिय टिममा ल्याइएको हो ।
नेपाल क्रिकेट संघ क्यान र सतार बीच एक वर्षको सम्झौता भएको छ । दुवै प्रसिक्षक लामो समय काम गरेका र सफल पनि भएकाले क्यानले सतारलाई नेपाली टिममा ल्याएको हो ।
पूर्व रंजी खेलाडी सतारबारे यसअघि पनि सिफारिस आएको थियो , अहिले पनि विकल्प मध्ये उत्कृस्ट उनि नै रहेकाले क्यानले उनलाई बोलाएको हो । ४२ बर्षीय सतारले अस्ट्रेलियाबाट लेभल-२ प्रसिक्षक कोर्स गरेका छन् ।
उनको लामो अनुभबले राष्ट्रिय टिममा परिवर्तन आउने अपेक्ष्या रहेको राष्ट्रिय टिमका कप्तान सन्दिप लामिछानेले बताएका छन्। सतार भने नेपाल आएर आफ्नो कार्यभार सम्हाल्न सुरु गरेका छन् ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक मनोज प्रभाकर आज नेपाल आउँदै छन् । उनी आज साँझ ६ः१० मा काठमाडौँ आउने तालिका छ । नेपाल क्रिकेट संघ (क्यान)ले उनलाई सोमबार प्रशिक्षकमा नियुक्त गरेको थियो । क्यानले उनीसँग एक वर्षको सम्झौता गरेको छ ।
आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत स्कटल्यान्ड भ्रमणपछि पुबु दु दसानायाकेले पदबाट राजीनामा दिएका थिए । भदौ पहिलो साता हुने केन्या भ्रमणसँगै प्रभाकरले नेपाली टोलीको प्रशिक्षण सम्हाल्नेछन् । नेपालले केन्याविरुद्ध पाँच ट्वान्टी २० र तीन एक दिवसीय शृंखला खेल्ने तालिका रहेको छ ।
जसका लागि खेलाडी छनोट समेत भइसकेको छ । पूर्वकप्तान ज्ञानेन्द्र मल्लले कमब्याक गरेका छन् भने कुशल भुर्तेल टिम बाहिर छन् । यस्तै, बिनोद भण्डारीसमेत बाहिर छन् ।
प्रभाकरले भारतीय टिमबाट ३९ टेस्ट र एक ३० एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेलेका छन् । प्रभाकरसँग अफगानिस्तानको राष्ट्रिय क्रिकेट टिम र रणजी ट्रफीका टिमहरु दिल्ली, राजस्थान र यूपी क्रिकेट एसोसियसनको प्रशिक्षण सम्हालेको अनुभव छ ।