यू-१७ को बन्द प्रशिक्षणबाट १५ खेलाडी बाहिरिए

काठमाडौं ।

यू-१७ राष्ट्रिय पुरुष फुटबल टिमको बन्द प्रशिक्षणमा रहेका १५ खेलाडी बाहिरिएका छन् ।अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार यू-१७ को बन्द प्रशिक्षणमा रहेका ४५ खेलाडीबाट १५ खेलाडी बाहिरिएको जनाएको छ ।

यू-१७ टोलीको मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले १५ खेलाडी बाहिर राख्दै ३० खेलाडी छनोट गरेको एन्फाले जनाएको छ ।एन्फाले साफ यू-१७ च्याम्पियनसिप र एएफसी यू-१७ एसियन कप छनोटका लागि खेलाडीलाई बन्द प्रशिक्षणमा राखेको छ ।

श्रीलंकामा आयोजना हुने साफ यू-१७ च्याम्पियनसिपमा नेपाल समूह ‘बी’ मा परेको छ ।नेपालको समूहमा भारत र भुटान रहेको छ । यस्तै समूह ‘ए’ मा आयोजक श्रीलंका, माल्दिभ्स र बंगलादेश रहेको छ ।

श्रीलंकामा आयोजना हुने साफ यू-१७ आगामी सेप्टेम्बर ५ बाट हुनेछ ।यस्तै भियतनाममा हुने यू-१७ एसियन कप छनोट अक्टोबर १ देखि ९ सम्म हुनेछ ।

छनोट भएका खेलाडी – 
मुकेश घर्ती, रुबिन बोगटी, कृषल मोक्तान, सिमन्त थापा, उनिश मगर, सुवास मगर, उनिश बुढाथोकी, जनप्रकाश बम, निशान तामाङ, सिजल राई, मधु पौडेल, गौरव महर्जन, विक्रम तामाङ, हरीश भट्ट, लचु थापा, प्रशान्त लक्सम, कृष्णबहादुर थापा, प्रशान्त लक्सम

निरोज कार्की, समिर तामाङ, धनसिंह विक, दीपक थापा मगर, मानव पोखरेल, कुशल देउवा, मिरक लिङ्देन, प्रीतम कार्की, विनोद केसी, धिरज विक, सोहन स्याङ्ताङ, निराजन धामी, सरोज दर्लामी, समिर चन्द

यो पनि पढ्नुहोस्; युवा प्रतिभा विदेश पलायनबारे यस्तो भन्छन प्रशिक्षक केसी
नेपाली फुटबलरहरु आजभोलि मैदानमा होइन, त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा भेटिन्छन् । राष्ट्रिय टिम र ए डिभिजन लिगका ती खेलाडी कुनै अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न गएका होइनन् ।

नेपाली फुटबलमा आफ्नो  भविष्य सुरक्षित नदेखेपछि विदेशिएका हुन् । फुटबल छोडेर विदेशीने खेलाडीको संख्या दिनदिनै बढ्दा पनि अखिल नेपाल फुटबल संघ एन्फाले चासो दिएको देखिन्न । नत राष्ट्रिय खेलकुद परिषदले नै अविभावकको भूमिका खेल्न सकेको छ ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा अभ्यासरत यी खेलाडी अन्डर टवान्टी एशिया कप छनोटको तयारी छन् । प्रशिक्षक मेघराज केसीलाई भने छनोटभन्दा बढी चिन्ता भर्खरै भारतमा सम्पन्न साफ च्याम्पियनसिप खेलेर फर्किएको टिमका खेलाडीलाइ कसरी जोगाउने भन्नेमा छ ।

किनभने घरेलु फुटबलका खेल नहुादा राष्ट्रिय स्टार खेलाडीहरु धमाधम विदेश जाादैछन् । सिनियरलाइ हेर्दै फुटबल खेल्न सुरु गरेका युवा खेलाडीले पनि आफ्नो भविष्यबारे प्रश्न सोध्न थालिसके ।

राष्ट्रिय टिम र शीर्ष डिभिजन लिग खेल्ने एक दर्जनभन्दा बढी खेलाडी अस्ट्रेलिया पुगिसके । अहिले हातमा भिसा लिएर बसेकाहरु पनि धेरै नै छन् । एन्फाले भने यो क्षतिको आंकलन नै गर्न सकेको छैन् ।

फुटबल गतिविधि ठप्प हुादा  प्रशिक्षक, रेफ्री, फिजियो लगायत अन्य प्राविधिक व्यक्तिहरु पनि पलायन भैरहेका छन् । तर एन्फाको मौनताप्रति सरकारले पनि निगरानी गरेको छैन  ।

नेपाली राष्ट्रिय यु–२० फुटबल टिमका मुख्य प्रशिक्षक मेघराज केसीले खेलाडी पलायनबारे फुटबलको जिम्मा लिनेहरु गम्भीर हुनुपर्ने बताएका छन् ।

‘खेलाडी विदेश पलायन हुनु फुटबल प्रेमीहरुलाई त यतिको दुःखद बनेको छ भने हामी यसैमा काम गरिरहेको खेलाडी उत्पादनमा लागेको मान्छेलाई दुःख लाग्नु स्वभाविक हो । तर, फुुटबलको जिम्मा लिनुभएका व्यक्तिहरुले यसबारे गम्भीर भएर सोचे पक्कै समाधान निस्किएला’, उनले नेपाल प्रेससँगको कुराकानीमा भने ।

फुटबल विकासमा लागेका व्यक्तिहरुले फुटबलको वार्षिक क्यालेन्डर निकालेर खेलाडहिरुलाई वर्षभरी खेलिरहने र आयआर्जन गर्नसक्ने वातावारण सृजना गरिदन सके खेलाडी पलायन रोकिने उनको बुझाइ छ ।

‘हाम्रो तर्फबाट राम्रो प्रशिक्षण दिने खेलाडीलाई मोटिभेसन दिन काम गरिरहेका छौं । मुख्य कुरा जिम्मेवार व्यक्तिहरुले फुटबलको वार्षिक कार्य योजना दिन सक्यो र खेलाडीहरुले नेपालमै रहेर खेलिरहन पाउने र खेलेर केही आय आर्जन गर्नसक्ने अवस्था भयो भने खेलाडी पलायन रोकिएला’, उनले थपे ।

सम्बाददाता

Leave a Reply

Next Post

नेपालको केन्या भ्रमण : खेल तालिका (नेपाली समय अनुसार)

Fri Aug 12 , 2022
काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीले केन्यासँग ५ खेलको टी-ट्वान्टी अन्तराष्ट्रिय र ३ खेलको एकदिवसीय सिरिज खेल्दै छ ।केन्यासँगको सिरिजका लागि भदौ ७ मा नेपाली टोली केन्या पुग्ने तालिका रहेको छ । ५ खेलको टी-ट्वान्टी सिरिज भदौ ९ बाट १४ गते सम्म हुनेछ । ३ खेलको एकदिवसीय सिरिज भने भदौ १७ […]

You May Like

error: