काठमाडौं ।
नेपाली फुटबलरहरु आजभोलि मैदानमा होइन, त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा भेटिन्छन् । राष्ट्रिय टिम र ए डिभिजन लिगका ती खेलाडी कुनै अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न गएका होइनन् ।
नेपाली फुटबलमा आफ्नो भविष्य सुरक्षित नदेखेपछि विदेशिएका हुन् । फुटबल छोडेर विदेशीने खेलाडीको संख्या दिनदिनै बढ्दा पनि अखिल नेपाल फुटबल संघ एन्फाले चासो दिएको देखिन्न । नत राष्ट्रिय खेलकुद परिषदले नै अविभावकको भूमिका खेल्न सकेको छ ।
ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा अभ्यासरत यी खेलाडी अन्डर टवान्टी एशिया कप छनोटको तयारी छन् । प्रशिक्षक मेघराज केसीलाई भने छनोटभन्दा बढी चिन्ता भर्खरै भारतमा सम्पन्न साफ च्याम्पियनसिप खेलेर फर्किएको टिमका खेलाडीलाइ कसरी जोगाउने भन्नेमा छ ।
किनभने घरेलु फुटबलका खेल नहुादा राष्ट्रिय स्टार खेलाडीहरु धमाधम विदेश जाादैछन् । सिनियरलाइ हेर्दै फुटबल खेल्न सुरु गरेका युवा खेलाडीले पनि आफ्नो भविष्यबारे प्रश्न सोध्न थालिसके ।
राष्ट्रिय टिम र शीर्ष डिभिजन लिग खेल्ने एक दर्जनभन्दा बढी खेलाडी अस्ट्रेलिया पुगिसके । अहिले हातमा भिसा लिएर बसेकाहरु पनि धेरै नै छन् । एन्फाले भने यो क्षतिको आंकलन नै गर्न सकेको छैन् ।
फुटबल गतिविधि ठप्प हुादा प्रशिक्षक, रेफ्री, फिजियो लगायत अन्य प्राविधिक व्यक्तिहरु पनि पलायन भैरहेका छन् । तर एन्फाको मौनताप्रति सरकारले पनि निगरानी गरेको छैन ।
नेपाली राष्ट्रिय यु–२० फुटबल टिमका मुख्य प्रशिक्षक मेघराज केसीले खेलाडी पलायनबारे फुटबलको जिम्मा लिनेहरु गम्भीर हुनुपर्ने बताएका छन् ।
‘खेलाडी विदेश पलायन हुनु फुटबल प्रेमीहरुलाई त यतिको दुःखद बनेको छ भने हामी यसैमा काम गरिरहेको खेलाडी उत्पादनमा लागेको मान्छेलाई दुःख लाग्नु स्वभाविक हो । तर, फुुटबलको जिम्मा लिनुभएका व्यक्तिहरुले यसबारे गम्भीर भएर सोचे पक्कै समाधान निस्किएला’, उनले नेपाल प्रेससँगको कुराकानीमा भने ।
फुटबल विकासमा लागेका व्यक्तिहरुले फुटबलको वार्षिक क्यालेन्डर निकालेर खेलाडहिरुलाई वर्षभरी खेलिरहने र आयआर्जन गर्नसक्ने वातावारण सृजना गरिदन सके खेलाडी पलायन रोकिने उनको बुझाइ छ ।
‘हाम्रो तर्फबाट राम्रो प्रशिक्षण दिने खेलाडीलाई मोटिभेसन दिन काम गरिरहेका छौं । मुख्य कुरा जिम्मेवार व्यक्तिहरुले फुटबलको वार्षिक कार्य योजना दिन सक्यो र खेलाडीहरुले नेपालमै रहेर खेलिरहन पाउने र खेलेर केही आय आर्जन गर्नसक्ने अवस्था भयो भने खेलाडी पलायन रोकिएला’, उनले थपे ।