काठमाडौं।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय टोलीका खेलाडीलाई प्रतियोगिता अगाडी फुटबल बुट र ग्लोभ्स किन्न दिदै आएको नगद रकम बढाएको छ ।सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहीबार बसेको दोस्रो कार्यसमिति बैठकले खेलाडीलाई बुट र ग्लोभ्स किन्न दिदै आएको रकम बढाउने निर्णय गरेको हो ।
खेलाडीलाई बुट किन्न १० हजार र ग्लोभ्स किन्न ६ हजार नगद दिने निर्णय भएको बैठकमा सहभागी एक सदस्यले जानकारी दिए ।यस अघि खेलाडीले बुट किन्न ६ हजार र ग्लोभ्स किन्न ४ हजार पाउदै आएका थिए ।
सिनियर, महिला र जुनियर राष्ट्रिय टोलीका खेलाडीले यस सुविधा पाउने छन् ।एन्फाले बैठकमा खेलाडीलाई बुट र ग्लोभ्सका लागि रकम तोक्ने विषय एजेन्डाकै रुपमा राखेको थियो ।
यो पनि पढ्नुहोस्;किरणसहित १० सिनियर खेलाडीले बंगलादेशसँगको खेल खेल्ने यस्तो छ सम्भावना
नेपाली राष्ट्रिय फुटबल टोलीले आगामी असोज दोस्रो साता बंगलादेशसँग एक मैत्रीपूर्ण खेल खेल्ने भएको छ ।अखिल नेपाल फुटबल संघ (एन्फा) ले असोज ११ गते बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्ने निर्णय गरेको हो ।
एन्फाको आज बसिरहेको दोस्रो कार्यसमिति बैठकले मैत्रीपूर्ण खेल असोज ११ गते दशरथ रंगशालामा गर्ने निर्णय गरेको हो । मैत्रीपूर्ण खेल फिफा विडो अन्तर्गत हुनेछ ।
अलमुताईरीको अनुपस्थितिमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले प्रदिप हुमागाईलाई कार्यवाहक प्रशिक्षक नियुक्त गरेको छ ।एन्फाको आज बसिरहेको दोस्रो कार्यसमिति बैठकले अलमुताईरीको अनुपस्थितिमा प्रदिपलाई कार्यवाह दिने निर्णय गरेको हो ।
अलमुताईरी कतारमा स्वास्थ्यलाभ गर्दै गरेको कारण बैठकले प्रदिपलाई कार्यवहाक दिने निर्णय गरेको एक सदस्यले बताए।अलमुताईरीको अनुपस्थितिमा १० सिनियर खेलाडीले प्रशिक्षणमा आउने सम्भावना उच्च रहेको छ।
अलमुताईरीको अनुपस्थितिमा प्रदिपलाई कार्यवाह दिने निर्णय गरेसँग १० सिनियर खेलाडीले प्रशिक्षणमा आउने सम्भावना रहेको छ।गत बैशाखमा राष्ट्रिय टोलीका १० सिनियर खेलाडीले प्रशिक्षण छाडेपछि उनी विवादमा तानिएका हुन् ।
उक्त विवादबारे छानविन गर्न गठित समितिले तयार पारेको रिपोर्ट अनुसार मुख्य प्रशिक्षक समेत दोषी रहेको देखाएको छ ।यस्तै प्रतिवेदनले एसियन कप छनोटपछि कतार फुटबल संघसँगको सहयोगलाई निरन्तरता र सहमती कायम राख्दै मुख्य प्रशिक्षकको अर्को विकल्प खोज्न सिफारिस गरेको थियो ।