युएईमाथि अमेरिकाको रोमाञ्चक जित,नेपाललाई भने ठूलो घाटा

काठमाडौं।

विश्वकप लिग २ अन्तर्गत स्कटल्याण्डमा भइरहेको सिरिजमा अमेरिकाले विजयी सुरूआत गरेको छ।स्कटल्याण्ड, युएई र अमेरिकाबीच भइरहेको सिरिजको दोस्रो खेलमा अमेरिकाले युएईमाथि १ विकेटको रोमाञ्चक जित निकाल्दै सिरिजमा विजयी सुरूआत गरेको हो।

युएईले दिएको २५४ रनको लक्ष्य अमेरिकाले ५ बल बाँकी छँदै ९ विकेट गुमाएर पुरा गर्‍यो। अमेरिकालाई जिताउन कप्तान मोनाक पटेलले सर्वाधिक ८५ रनको योगदान दिए। यस्तै आरोन जोन्सले ५१ रन बनाउँदा होलान्डले ३०, स्टेभेन टेलरले २९ तथा गजान्द सिंहले २६ रन जोडे।

युएईका जुनाद सिद्धिकी र रोहन मुस्ताफाले समान २-२ विकेट लिए। जाहुर खान, अहमद राजा र बसिर अहमदले १-१ विकेट हात पारे पनि टोलीलाई जिताउन सकेनन्।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २५३ रन बनायो। उसका लागि डेब्यू खेलाडी आर्यन लाक्राले सर्वाधिक ८४ रन बनाए। यस्तै भ्रित्या अर्बिन्दले ५३ रन बनाउँदा चुन्दन गापोयील रिजवानले ३९ रन बनाए।

अमेरिकाका सौरभ नेत्रावलकरले सर्वाधिक ३ विकेट लिए।योसँगै अमेरिकाले जारी लिगमा १२ औं जित निकालेको छ। २५ खेल खेलेको अमेरिकाले २५ अंक जोड्दै चौथो स्थानमा कायमै छ।यस जितले नेपाललाई झन् कठिन बनाएको छ।अब नेपालले बाँकी खेलमा जीत हासिल गर्नु पर्ने दबाब दिएको छ।

एक खेल कम खेलेको युएई २६ अंकसहित तेस्रो स्थानमा छ। २५ खेलमा १७ जित निकालेको स्कटल्याण्ड तालिकाको दोस्रो स्थानमा रहँदा आफ्ना सबै खेल सकाएको ओमान ४४ अंकसहित शीर्ष स्थानमा छ।

लिग अन्तर्गत नेपालले २० खेल खेल्दा ८ जितसहित १७ अंक जोडेर छैठौं स्थानमा छ।अब नेपालले १६ म्याच खेल्न बाँकी रहेको छ।

विश्वकप छनोट हुन् बाँकी रहेका म्याचमा नेपालले राम्रो प्रदर्शन गर्नुपर्ने देखिन्छ। यदि लिग–२ को शीर्ष ३ भित्र पर्न सके नेपालले वानडे विश्वकप छनोट खेल्न पाउनेछ। शीर्ष तीनमा पर्न नसके नेपालले प्लेअफ खेल्नुपर्ने हुन्छ।

यो पनि पढ्नुहोस्; जिम्बाब्वे भ्रमणका लागि भारतीय टोलीमा पुन: कप्तान परिवर्तन
जिम्बाब्वे भ्रमण अघि भारतीय टोलीका लागि खुसीको खबर आएको छ । केएल राहुललाई मेडिकल टिमले फिट घोषित गरेको छ । अब उनी टोलीको कप्तानि गर्ने भएका छन । बीसीसीआईले यसबारे जानकारी दिएको छ ।

भारतीय टोलीले जिम्बाब्वे भ्रमणमा एकदिवसीय सिरिज खेल्नुपर्नेछ । यसअघि केएल राहुल फिट नभएका कारण टिममा परेका थिएनन् । बीसीसीआईको वेबसाइटमा रिपोर्ट गरिएको छ कि मेडिकल टोलीले केएल राहुलको मूल्याङ्कन गरेको छ र जिम्बाब्वेमा आगामी तीन खेलको एकदिवसीय शृंखला खेल्न अनुमोदन गरेको छ।

अखिल भारतीय वरिष्ठ चयन समितिले उनलाई टोलीको कप्तानमा नियुक्त गरेको छ भने शिखर धवनलाई उपकप्तान बनाएको छ।

टिम: केएल राहुल (कप्तान), शिखर धवन (उपकप्तान), रुतुराज गायकवाड, शुभमन गिल, दीपक हुडा, राहुल त्रिपाठी, इशान किशन (विकेट), सञ्जु सैमसन (विकेट), वाशिंगटन सुन्दर, शार्दुल ठाकुर, कुलदीप यादव, अक्षर पटेल, अवेश। खान, प्रसिद्ध कृष्ण, मोहम्मद सिराज, दीपक चाहर।

यसअघि केएल राहुललाई टीम इन्डियामा राखिएको थिएन र शिखर धवनलाई कप्तान बनाइएको थियो। अहिले उनी पूर्ण रूपमा फिट भइसकेका छन् र फर्कन तयार छन् । लामो समय आउट भएपछि राहुल टिममा फर्किएका छन् ।

जिम्बाब्वे भ्रमणमा उनको नेतृत्व कस्तो हुन्छ त्यो भने हेर्न बाँकी छ । जिम्बावे र भारतबीचको तीन खेलको एकदिवसीय सिरिजको पहिलो खेल १८ अगस्टमा हुनेछ । यसपछि दोस्रो खेल २० अगस्टमा हुनेछ । तेस्रो तथा अन्तिम खेल २२ अगस्टमा हुनेछ । तीनवटै खेल हरारे स्पोर्ट्स क्लबमा हुनेछ ।

सम्बाददाता

Leave a Reply

Next Post

अफगानिस्तानविरुद्ध आयरल्याण्डको फराकिलो जित

Fri Aug 12 , 2022
काठमाडौं। घरेलु टोली आयरल्याण्डले अफगानस्तानलाई दोस्रो टी-ट्वान्टीमा पराजित गरेको छ ।बेलफास्टमा बिहीबार राति भएको खेलमा पाहुना टोली ५ विकेटले पराजित भएको हो । जितसँगै ५ खेलको टी-ट्वान्टी सिरिजमा घरेलु टोलीले २-० को अग्रता बनाएको छ ।अफगानिस्तानले दिएको १ सय २३ रनको लक्ष्य घरेलु टोलीले ६ बल बाँकी रहँदा ५ विकेट […]

You May Like

error: