काठमाडौँ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली फुटबलकै पहिलो फ्रेन्चाइज नेपाल सुपर लिग (एनएसएल) दशैं लगत्तै आयोजना गर्न दिने निर्णय गरेको छ।
एन्फाको बिहीबार जारी कार्यसमितिको दोस्रो बैठकले एनएसएसको दोस्रो संस्करण सञ्चालनका लागि असोज २३ देखि मंसिर २ गते सम्मको मिति तोकेको हो।
गत वर्ष पहिलोपटक आयोजना भएको एनएसएलमा ७ टोलीको सहभागिता रहेको थियो। आयोजक नेपाल स्पोर्टस् एन्ड इभेन्ट मेनेजमेन्टले दोस्रो संस्करणका नयाँ ३ गरी १० टोलीको नाम यसअघि नै सार्वजनिक गरिएको छ।
यो पनि पढ्नुहोस : एन्फालाई प्रशिक्षक अलमुताइरीको धम्कीपूर्ण विज्ञप्ति
नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले अखिल नेपाल फुटबल संघ एन्फाको कुनै पत्र नपाएको बताएका छन् ।
खेलाडीसँगको विवादबारे छानबिन गर्न गठित समितिको प्रतिवेदनबारे महासचिव किरण राईले अलमुताइरीको धारणा माग्दै पत्र पठाएको तर त्यसको जवाफ नपाएको एन्फा श्रोतले बताएको थियो ।
एन्फाको पहिलो कार्यसमिति बैठकले महासचिव किरण राईलाई प्रशिक्षकको विषयमा छानबिन समितिको प्रतिवेदन अनुसार प्रक्रिया अघि बढाउन जिम्मा दिइएको थियो । जस अनुसार महासचिव राईले प्रतिवेदनको विषयमा जानकारी गराएर त्यसप्रति धारणा माग गर्दै अल्मुताइरीलाई पत्र पठाएका थिए ।
अलमुताइरीले त्यसको जवाफ नदिएको भन्दै अनलाइखबरसहितका सञ्चार माध्यममा समाचार प्रकाशित भएको थियो । त्यो समाचार सार्वजनिक भए लगत्तै आफूले एन्फाको इमेल पाएके पनि उनले बताएका छन् ।
अहिले पाएको कहिलेसम्म जवाफ दिनु पर्ने हो त्यो नलेखिएको भन्दै उनले आफ्ना कानुन व्यवसायीसँग छलफल गरेर मात्र जवाफ दिने बताएका छन् । एन्फाको पत्रको जवाफ नदिए पनि उनले सेप्टेम्बरको फिफा डेमा खेलिने मैत्रीपूर्ण खेलका लागि २६ खेलाडीको प्रारम्भिक सूची अखिल नेपाल फुटबल संघ एन्फामा पठाएका छन् ।
अल्मुताईरि लेख्छन ” विभिन्न नेपाली सञ्चारमाध्यमले मेरो बारेमा गलत सूचना प्रवाह गरिरहेकोमा मेरो ध्यानाकर्षण भएको छ । आज साँझसम्म मलाई एन्फाबाट कुनै पत्र प्राप्त नभएको स्पष्ट पार्न चाहन्छु। त्यसैले मलाई एन्फाबाट कुनै पनि प्रश्नको जवाफ दिन असम्भव थियो।
तर, नेपालले बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्ने जानकारी दिएको थियो । त्यसकारण, मैले त्यस्ता मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेलहरूका लागि GS (८अगस्त २०२२) लाई पत्र लेखें।
धेरै न्यूज पोर्टलमा विचलित पार्ने समाचारहरू देखेपछि, मैले नेपाली समय अनुसार साँझ ५:३० बजे एन्फाका जीएसलाई त्यस्तो कुनै पनि इमेल नपाएकोमा इमेल लेखें र माफी मागेँ।
त्यसको केही मिनेट पछि मैले एन्फाको अन्तर्राष्ट्रिय सम्बन्ध प्रमुखबाट प्रश्नहरू सहितको पत्र सहित माफी माग्दै इमेल प्राप्त गरें। मैले एक घण्टा अघि मात्र पत्र प्राप्त गरें।
पत्रकारले एन्फाको स्रोतलाई उद्धृत गर्दै जीएसले पठाएको प्रश्नको जवाफ नदिएर आफूले चाहेको कुरा पठाएको समाचार पढेको छु ।
म यस्तो निराधार रिपोर्टिङको घोर आपत्ति गर्दछु। नेपालको बलियो राष्ट्रिय टोली निर्माणमा मैले सधैँ आफ्नो पूरा प्रयास गरेको छु र गर्ने छु । मेरो सम्झौताको म्याद समाप्त नभएसम्म जारी राख्ने दृढ इच्छा छ।
जे होस्, एन्फाका केही स्रोतहरूले जानाजानीमा मेरो छवि धमिलो पार्न झुटो समाचार फैलाएको जस्तो देखिन्छ। म यस्तो धम्की सहने छैन र आवश्यक परेमा म FIFA वा AFC मा कुनै पनि उच्च अधिकारीमा जान तयार छु।
म सबैलाई यो पनि जानकारी गराउन चाहन्छु कि आज मलाई एन्फाबाट स्पष्टीकरण माग गर्दै आएको पत्रमा जवाफ दिनको लागि कुनै समयसीमा तोकिएको छैन। मैले तुरुन्तै जेनेभामा मेरो वकिलसँग सल्लाह गरेको छु जसले मलाई यस मुद्दामा सल्लाह दिनेछन्।
यसबाहेक, खेलाडीको स्थिति र स्थानान्तरण २०२२ मा FIFA नियमहरूले प्रशिक्षकहरूको रोजगारीका नियमहरूसँग सम्बन्धित मामिलाहरूमा पनि नियन्त्रण गर्दछ जुन ANFA ले पनि पालना गर्नुपर्छ।
मैले सुरुदेखि नै ‘टास्क फोर्स’ गठनको वैधानिकतामाथि प्रश्न उठाएको छु। यद्यपि म राम्रो विश्वासमा मौन रहे। म सबैलाई जानकारी गराउन चाहन्छु कि म मेरो वकिलको उचित सल्लाह पछि मात्र पत्र र त्यसमा प्रश्नहरूको जवाफ दिनेछु।
धन्यवाद”