मुख्य प्रशिक्षक प्रभाकरको नियुक्ति र उनको विगत बारे यस्तो भन्छन सन्दिप लामिछाने

काठमाडौं ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीको प्रमुख प्रशिक्षकमा पूर्व भारतीय अलराउन्डर मनोज प्रभाकर नियुक्त भएका छन् । पुबुदु दासानायकेले सम्झौताको बीचमै छाडेर गएपछि रिक्त पदमा नेपाल क्रिकेट संघले प्रभाकरलाई प्रमुख प्रशिक्षक नियुक्त गरेको हो ।

प्रमुख प्रशिक्षकको नियुक्ति बारे राष्ट्रीय क्रिकेट टिमका कप्तान सन्दिप लामिछाने भन्छन ‘अनुभवी प्रशिक्षक पाएको र उनीसंग काम गर्न पाउँदा खेलाडी उत्साहित छौं । उहाँसंग धेरै ज्ञान छ ।

रन्जी लगायत अन्य राम्रा टिमको प्रशिक्षण गरेको अनुभवलाइ हामीले कसरी सदुपयोग गर्न सक्छौ भन्ने कुरा महत्वपुर्ण रहन्छ । केन्या भ्रमण पछि प्रशिक्षकका बारे धेरै कुरा भन्न सकिन्छ ।

नयाँ प्रशिक्षक बाट नेपाली क्रिकेट यो भन्दा माथिल्लो स्तरमा पुग्ने अपेक्षा छ । ब्याटिङ मात्र होइन बलिङ र फिल्डिङमा पनि सुधार आवश्यक छ । उहाले कसरी सवै खेलाडीलाई उनीहरुको भुमिका अनुसार काम दिनु हुन्छ त्यहि अनुसार अगाडी बढ्नु पर्छ ।

प्रशिक्षकको पनि आफ्नै अप्रोच हुन्छ । केन्या भ्रमण, त्यसपछि हुने टि ट्वान्टी लिग र लिग २ का खेलहरु छन् । यी प्रतियोगिताहरुले प्रशिक्षकलाइ खेलाडी बारे थाहा पाउन र बुझ्न सजिलो हुनेछ । प्रशिक्षकको विगतलाई लिएर अहिले बहस आवश्यक छैन । यी कुराहरुले टिमलाई कुनै फरक पार्दैन ।”

प्रभाकरले १२ वर्ष भारतीय क्रिकेट टोलीबाट खेलेका थिए । सन् १९८४ बाट १९९६ सम्म उनले भारतको सिनियर राष्ट्रिय टोलीबाट एकदिवशीय र टेस्ट क्रिकेट खेलेका थिए । त्यसबीचमा उनले ३९ टेस्ट खेल्दै एक शतक र ९ अर्धकशतक बनाएका थिए भने ९६ विकेट हात पारेका थिए ।

यस्तै एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटमा एक सय ३० खेल खेल्दै २ शतक र ११ अर्धशतक बनाएका छन् भने एक सय ५७ विकेट हात पारेका छन् । उनी भारतीय टोलीका ओपनिङ बलर र ओपनिङ ब्याट्सम्यान थिए ।

प्रभाकरले दिल्ली क्रिकेट टिमको बलिङ कोच र राजस्थान क्रिकेट टोलीको प्रमुख प्रशिक्षक भएर काम गरेका छन् । सन् २०११ मा व्यवस्थापन र टिमविरुद्ध मिडियामा बोलेको भन्दै दिल्लीले उनलाई बर्खास्त गरेको थियो ।

सन् २०१५ को डिसेम्बरमा उनी अफगानिस्तानको बलिङ कोच नियुक्त भएका थिए। भारतमै आयोजित टी—२० विश्वकपमा उनी अफगानिस्तानको बलिङ कोच रहेका थिए।

सम्बाददाता

Leave a Reply

Next Post

एन्फालाई प्रशिक्षक अलमुताइरीको धम्कीपूर्ण विज्ञप्ति, यस्तो छ पुरा बिज्ञप्ति

Tue Aug 9 , 2022
काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले अखिल नेपाल फुटबल संघ एन्फाको कुनै पत्र नपाएको बताएका छन् । खेलाडीसँगको विवादबारे छानबिन गर्न गठित समितिको प्रतिवेदनबारे महासचिव किरण राईले अलमुताइरीको धारणा माग्दै पत्र पठाएको तर त्यसको जवाफ नपाएको एन्फा श्रोतले बताएको थियो । एन्फाको पहिलो कार्यसमिति बैठकले महासचिव किरण […]

You May Like

error: