काठमाडौँ ।
नेपाली क्रिकेट टोलीले नयाँ मुख्य प्रशिक्षक पाएको छ । पूर्व भारतीय क्रिकेटर मनोज प्रभाकर नेपालको नयाँ मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् । मनोज प्रभाकरले अन्तर्राष्ट्रिय क्रिकेटमा टीम इन्डियाका लागि धेरै खेलेका छन् र लामो अनुभव छ।
यसैलाई मध्यनजर गर्दै उनलाई प्रशिक्षक बनाइएको हो । प्रभाकर भारतका लागि बलिङ अलराउन्डर थिए र उनले १६९ अन्तर्राष्ट्रिय खेलहरूमा आफ्नो देशको प्रतिनिधित्व गरेका थिए।
उनले तीन रणजी ट्रफी टोलीका लागि मुख्य प्रशिक्षकको रूपमा सेवा गरिसकेका छन् र २०१६ मा अफगानिस्तानका लागि बलिङ प्रशिक्षकको रूपमा सेवा गरेका छन्।
पूर्व भारतीय क्रिकेटर मनोज प्रभाकर नेपालको नयाँ मुख्य प्रशिक्षकमा नियुक्त भएपछी चर्चित भारतीय अनलाईन मिडिया स्पोर्ट्सकिडा लेख्छ “पूर्व भारतीय क्रिकेटर मनोज प्रभाकर नेपालको नयाँ मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् ।
प्रभाकरको नियुक्ति नेपाली क्रिकेटको महत्वपूर्ण समयमा भएको छ । नेपाल लामो समयदेखि अन्तर्राष्ट्रिय क्रिकेटमा संघर्ष गरिरहेको छ । आयरल्याण्ड, युएई र ओमान आइसीसी पुरुष टि-२० विश्वकप छनोट ए प्रतियोगितामा छनोट भएपछी नेपालले २०२२ आइसीसी पुरुष टि-२० विश्वकपको मौका गुमाएको थियो।
उनको नियुक्तिको पुष्टि गर्दै नेपाल क्रिकेट संघको विज्ञप्तिमा लेखिएको छ कि भारतीय पूर्व स्टार अलराउन्डर तथा भारतका रणजी ट्रफी विजेता प्रशिक्षक मनोज प्रभाकरलाई नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा नियुक्त गरिएको छ ।
विज्ञप्तिमा थप भनिएको छ कि श्री प्रभाकरले भारतका लागि ३९ टेस्ट र १३० एकदिवसीय खेल खेलेका छन्। प्रशिक्षकका रूपमा उनीसँग दिल्ली, राजस्थान र यूपी क्रिकेट संघको रणजी ट्रफी टोलीसँग अफगानिस्तान क्रिकेट टोलीको प्रशिक्षकको रूपमा काम गर्ने अनुभव छ।
प्रभाकरले पनि प्रशिक्षक बनेको प्रतिक्रिया दिएका छन् । उनले भने, ‘नेपाल क्रिकेटमा केही प्रतिभा छ जसले मलाई उत्साहित बनाएको छ । उनले नेपालको क्रिकेटप्रतिको चासोलाई ध्यानमा राख्दै नेपाली क्रिकेट टोलीलाई ख्यातिप्राप्त शक्ति बनाउने दिशामा काम गर्न तत्पर रहेको बताए ।”