काठमाडौं ।
पूर्व भारतीय स्टार अलराउन्डर तथा रणजी ट्रफी विजेता नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा भारतका मनोज प्रभाकर नियुक्त भएका छन् ।
प्रभाकरले भारतका लागि ३९ टेस्ट र १३० एकदिवसीय खेल खेलेका छन्। प्रशिक्षकको हैसियतमा, उनीसँग दिल्ली, राजस्थान र यूपी क्रिकेट संघको रणजी ट्रफी टोलीसँग अफगानिस्तान क्रिकेट टोलीको प्रशिक्षकको रूपमा काम गर्ने अनुभव छ।
मनोज प्रभाकरले भने, ‘नेपालमा क्रिकेटप्रतिको चासो, उनीहरूको प्रतिभा र सीपको स्तरलाई हेरेर, म नेपाली क्रिकेट टोलीलाई क्रिकेटको बलियो बनाउनका लागि काम गर्न चाहन्छु।’
यो पनि पढ्नुहोस्: कमजोर ब्याटिङले नेपाली क्रिकेटको स्तर खस्किँदो
क्रिकेटमा ब्याटिङ र बलिङ दुवै पक्ष राम्रो भए मात्र जित सहज हुन्छ । तर, नेपाली क्रिकेटमा ‘अस्थिर ब्याटिङ’ सबैभन्दा ठूलो समस्याका रुपमा देखिएको छ । डिभिजन फाइभदेखि एकदिवसीय अन्तर्राष्ट्रिय खेल्दासम्म पनि नेपाली टिम ब्याटिङमा निर्भर हुन सकेको छैन ।
लामो फरम्याटको घरेलु प्रतियोगिता र ब्याटिङ प्रशिक्षकको अभावसँगै सीमित अन्तर्राष्ट्रिय एक्सपोजरलगायतका कारण खेलाडी लामो पारी खेल्नसमेत नसक्दा क्यानले कुनै ठोस योजना बनाउन सकेको छैन ।
नेपालले सन् २०१८ मा नेदरल्यान्डस्विरुद्ध एकदिवसीयमा डेब्यु गरेको हो । त्यसयता नेपालले ३० वटा खेल खेलेको छ । त्यसमा २० खेल त विश्व क्रिकेट लिग टु का हुन् । एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको चार वर्ष हुँदा पनि नेपालको ब्याटिङ समस्या जस्ताको तस्तै छ ।
लिग टु का पछिल्ला दुई सिरिजमा त ब्याटरको प्रदर्शन निराशाजनक नै रहृयो । पुरै ५० ओभर खेल्न नसक्नु र दुई सय माथिको लक्ष्य पूरा गर्न पनि नसक्नुले नेपालको ब्याटिङ कति फितलो छ भन्ने देखाउँछ ।
एकदिवसीयमा नेपालका तीन खेलाडीले मात्रै शतक बनाएका छन् । तीन मध्ये पूर्व कप्तान पारस खड्काले संन्यास लिइसकेका छन् । दिपेन्द्रसिंह ऐरी र रोहित पौडेल अहिले टिमका भए पनि उनीहरुको खराब फर्मले टिमलाई चिन्तित बनाएको छ ।
टिममा रहेका युवा खेलाडीलाई लयमा आउन अझै केही समय लाग्ने छ । नेपालमा ५० ओभरका प्रधानमन्त्री कप र मेयर्स कप गरी मात्र दुई प्रतियोगिता छन् । खेलाडीले आइसीसी र एसीसीका प्रतियोगिताबाहेक स्वदेशमै र विदेशमा गएर खेल्ने मौका एकदमै कम पाउछन् ।
क्यानले पनि अहिलेसम्म ब्याटिङलाई केन्द्रित गरेर ठोस योजना बनाएको छैन । एकदिवसीयमा मात्र होइन, टि-ट्वेन्टीमा पनि नेपालको ब्याटिङ भरपर्दो छैन । युएईविरुद्ध सेमिफाइनलमा १ सय ७५ रनको लक्ष्य पुरा गर्न नसक्दा नेपाल विश्वकप छनोट हुनबाट चुकेको थियो । अब पनि क्यानले नसोच्ने हो भने फेरि शून्यबाट सुरु गर्नु नपर्ला भन्न सकिँदैन ।