काठमाडौँ ।
एसिया कप २०२२ अगस्ट २७ बाट युएईको भूमिमा सुरु हुँदैछ । अगस्ट २८ मा भारतले आफ्नो पहिलो खेल सबैभन्दा ठूलो प्रतिद्वन्द्वी पाकिस्तानसँग खेल्नेछ। भारतलाई एसिया कप जित्ने प्रबल दावेदारका रुपमा हेरिएको छ ।
एकजना खेलाडी छन् जसले एक्लैको दममा टीम इन्डियालाई एसिया कप ट्रफी जिताउन सक्छन्। यी खेलाडी ‘म्यान अफ द टुर्नामेन्ट’ बन्ने प्रबल दावेदार पनि हुन् ।
हार्दिक पाण्ड्या एसिया कपमा भारतको सबैभन्दा ठूलो म्याच विनर साबित हुन सक्छन् । एसिया कपमा हार्दिक पाण्ड्याले ठूलो भूमिका खेल्न सक्छन् । जब कुनै टिम कुनै ठूलो प्रतियोगिता जित्न चाहन्छ, उसलाई सधैं खेलाडी चाहिन्छ जो अन्तिमसम्म टोलीसँग अडिग रहन्छन् र त्यो हो हार्दिक पाण्ड्या।
बलिङ र ब्याटिङ दुवैमा हार्दिक पाण्ड्या उत्कृष्ट छन् । हार्दिकले आफ्नो ब्याटले बढी भूमिका खेल्छन, किनकि जब भारतलाई छिटो रन चाहिन्छ, तब हार्दिकको आबस्यकता हुन्छ। उनीसँग मैदानको हरेक कुनामा बलरहरू विरुद्ध रन बनाउने क्षमता छ।
यस प्रतियोगितामा कुल ६ टोलीको सहभागिता रहनेछ । भारत र पाकिस्तान बाहेक बंगलादेश, श्रीलंका र अफगानिस्तानले भाग लिने छन् भने एक टोलीले एसिया कप २०२२ छनोटबाट खेल्नेछन्।
यस प्रतियोगिताका खेलहरू श्रीलंका क्रिकेट बोर्डको आयोजनामा दुबई र शारजाहमा हुनेछन् । यी ६ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । ‘ए’ समूहमा भारत, पाकिस्तान र क्वालिफायर टोली छन् ।
यस्तै समूह बी मा श्रीलंका, अफगानिस्तान र बंगलादेशका टोली छन् । भारतले आफ्नो पहिलो खेल अगस्ट २८ मा पाकिस्तानसँग खेल्नेछ भने दोस्रो खेल क्वालिफायर टोलीसँग ३१ अगस्टमा खेल्नेछ, त्यसपछि सुपर ४ खेल हुनेछ। १६ दिनमा फाइनल सहित कुल १३ खेल खेलिने छन् ।
एशिया कप २०२२ को पूर्ण तालिका
पहिलो खेल २७ अगस्ट श्रीलंका विरुद्ध अफगानिस्तान, दोस्रो खेल २८ अगस्ट भारत विरुद्ध पाकिस्तान, तेस्रो खेल अगस्ट ३० मा बंगलादेश विरुद्ध अफगानिस्तान, चौथो खेल अगस्ट ३१ विरुद्ध भारत क्वालिफायर
पाँचौं खेल १ सेप्टेम्बरमा श्रीलंका र बंगलादेशबीच हुनेछ, छैटौं खेल २ सेप्टेम्बर विरुद्ध पाकिस्तान क्वालिफायर, ७ औं खेल सेप्टेम्बर 3 बी-१ विरुद्ध -२, आठौं खेल ४ सेप्टेम्बर ए-१ विरुद्ध ए-२ ,नवौं खेल ६ सेप्टेम्बर ए-१ विरुद्ध बी-१
१० औं खेल सेप्टेम्बर ७ ए-२ विरुद्ध बी-२, ११ औं खेल ८ सेप्टेम्बर ए-१ विरुद्ध बी-२, १२औँ खेल ९ सेप्टेम्बर बी-१ विरुद्ध ए-२, फाइनल खेल ११ सेप्टेम्बर