काठमाडौँ ।
भारतीय टोलीले वेस्ट इन्डिजलाई पाँचौं तथा अन्तिम टी-२० खेलमा ८८ रनको ठूलो अन्तरले पराजित गर्दै शृंखला ४–१ ले जितेको छ । पहिले ब्याटिङ गरेको भारतीय टोलीले ७ विकेट गुमाएर १८८ रन बनाएको थियो ।
जवाफमा खेल्दै वेष्ट इन्डिजको टोली १६ औं ओभरमा सय रन बनाएर आउट भएको थियो । टस जितेर पहिले ब्याटिङ गरेको भारतीय टोलीको सुरुवात खराब रह्यो । इशान किशन मात्र ११ रन बनाएर आउट भए ।
उनीपछि दोस्रो ओपनर श्रेयस अय्यरले तीव्र ब्याटिङ गरे । दीपक हुड्डाले साथ दिए । दुवैले एक सयभन्दा माथि अंक लिएका थिए । हुड्डाले २५ बलमा ३८ रन बनाए । उनी बाहेक अय्यरले ४० बलमा ६४ रन बनाए ।
सञ्जु सैमसन र कार्तिक फ्लप रहे । दुबैले क्रमशः १५ र १२ रन बनाए । कप्तान हार्दिक पाण्ड्याले अन्तिममा केही आकर्षक शट खेले र १६ बलमा २८ रन बनाएर आउट भए ।
यसरी टिम इन्डियाले ७ विकेटमा १८८ रन बनाएको थियो । विन्डिजका लागि ओडियन स्मिथले ३ विकेट लिए । वेस्ट इन्डिजका लागि जेसन होल्डर ओपनिङ गर्न आए तर उनलाई अक्षर पटेलले खाता खोल्न नदिई आउट गरेका थिए ।
यसपछि वेस्ट इन्डिजको एकपछि अर्को विकेट झर्न थाल्यो । अक्षर पटेल, रवि बिश्नोई र कुलदीप यादवले वेस्ट इन्डिजका ब्याट्सम्यानलाई बच्ने मौका दिएनन् । शिमरोन हेटमायर त्यस्ता ब्याट्सम्यान थिए जसको ब्याटबाट ५६ रन आयो ।
टोली १६ औं ओभरमा सय रनमा सिमित भयो । यससँगै टीम इन्डियाले सिरिज ४–१ ले जितेको छ । रवि बिश्नोईले ४ विकेट लिए । अक्षर पटेल र कुलदीप यादवले ३–३ विकेट लिए ।
यो पनि पढ्नुहोस :चोटका कारण मात्र ५ बल खेलेका रोहितले तोडे कोहलीको सानदार किर्तिमान
वेस्ट इन्डिज बिरुद्द तेस्रो खेलमा भारतीय टोली ७ विकेटले विजयी भएको थियो। यो खेलबाट रोहित शर्माका फ्यानका लागि एउटा नराम्रो र एउटा राम्रो खबर आएको छ ।
नराम्रो खबर यो थियो कि ओपनर रोहित ५ बलमा ११ रन बनाएर खेलिरहेका थिए, तब उनको ढाडको चोटका कारण खेलबाट बाहिरीनु परेको थियो । यो चोट कति गम्भीर हुन सक्छ भन्ने बारे कुनै अपडेट छैन।
तर एउटा राम्रो कुरा के छ भने चोट लाग्नुअघिनै रोहितले आफ्नो नाममा ठूलो कीर्तिमान बनाएका छन् । रोहितले ५ बलको इनिङ्समा एक छक्का र एक चौका प्रहार गरेका थिए ।
योसँगै उनी टी–२० अन्तर्राष्ट्रिय फर्म्याटमा ६० छक्का प्रहार गर्ने भारतीय कप्तान पनि बनेका छन् । यस मामिलामा उनले पूर्व कप्तान विराट कोहलीको कीर्तिमान तोडेका छन् । कोहलीले आफ्नो कप्तानीमा टी–२० अन्तर्राष्ट्रियमा ५९ छक्का प्रहार गरेका थिए ।
कोहलीपछि तेस्रो नम्बरमा पूर्व कप्तान महेन्द्र सिंह धोनी छन्, जसले कप्तानको करियरमा ३४ छक्का प्रहार गरेका छन् । यसपछि अहिलेसम्म कुनै पनि भारतीय कप्तानले टी–२० अन्तर्राष्ट्रियमा १० वा सोभन्दा बढी छक्का प्रहार गर्न सकेको छैन ।
टि-२०अन्तर्राष्ट्रियमा सबैभन्दा बढी छक्का प्रहार गर्ने भारतीय कप्तान: रोहित शर्मा – ६० छक्का,विराट कोहली – ५९ छक्का,महेन्द्र सिंह धोनी – ३४ छक्का । खेलमा टस हारेर पहिले ब्याटिङ गर्दै वेस्ट इन्डिजले १६४ रन बनाएको थियो ।
काइल मेयर्सले ७३ रन बनाए । जवाफमा टिम इन्डियाले १९ ओभरमा तीन विकेट गुमाएर १६५ रन बनाएर खेल ७ विकेटले जितेको हो । ओपनिङमा सूर्यकुमार यादवले ४४ बलमा ७६ रनको इनिङ खेले । यसका लागि उनी खेलको प्लेयर अफ द म्याच चुनिए ।