मुख्य प्रशिक्षक अल्मुताइरी माथि रञ्जितको ठुलो आरोप

काठमाडौँ ।

डिफेन्डर रञ्जित धिमालले नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीको कारण खेलाडीहरू विदेश पलायन भएको बताएका छन् ।

पहिले पनि खेलाडीहरू लिग नहुँदा नेपालमा नै रहेको समयलाई इंगित गर्दै धिमालले अल्मुताइरीको कारण खेलाडी मानसिक रूपमा थकित भएको आरोप पनि लगाए ।

धिमालले शनिबार सामाजिक सञ्जाल फेसबुकबाट प्रशिक्षक अलमुताईरीको खेलाडीहरू शारीरिक रूपमा भन्दा पनि मानसिक रूपमा थकित भएको बताए । यसअघि आज नै अल्मुताइरीले नेपाली खेलकुदको भविष्य जोगाउन सरकारलाई आग्रह गर्दै फेसबुकमा स्टाटस लेखेका थिए ।

‘पहिले पनि राम्रो फुटबल गतिविधि भएन तर खेलाडीले यसरी विदेश पलायन रोजेनन् । तर तपाईंको हर्कत पनि खेलाडी विदेशिनुको अर्को प्रमुख कारण हो । यो त हामी पनि चाहन्छौँ कि फुटबल गतिविधि होस् ।

तर अहिले त नयाँ खेलाडी पनि सुरक्षित भविष्यको लागि विदेश रोजिरहेका छन् । यो समयमा खेलाडीहरू शारीरिक रूपमा हैन मानसिक रूपमा थकित छन् । तितो सत्य यही हो,’ उनले लेखेका छन्, ‘तपाई नेपालको फुटबल गतिविधिको कुरा गर्दै हुनुहुन्छ ।

वाह, तपाईंलाई लाज लाग्दैन ? तपाई कति झुट बोल्न चाहनुहुन्छ ? एनएसएल रोक्न खोज्ने तपाई नै होइन ? हामी सबैलाई यो घटना याद छ । जब एन्फाले एनएसएल गर्न चाहन्थ्यो ।

तपाईंलाई २ हप्ताको लागि प्रशिक्षण योजना पछाडि धकेल्न भन्यो । तर तपाईंले सबै खेलाडीहरूलाई कोठामा बोलाएर व्यक्तिगत रूपमा उनीहरूलाई धम्की दिनुभयो,’ उनले त्यसअघि लेखेका छन् ।

अल्मताइरीले गर्दा नै नेपाल सुपर लिग (एनएसएल) हुन नसकेको आरोप लगाएका छन् । उनैको कारण विवाद आउँदा नै एनएसएल नभएको उनले भने ।

अल्मुताइरीले मानसिक रूपमा मात्र नभएर खेलाडीलाई बेला बेला धम्काउने गरेको पनि बताए । ‘तिमीहरू एनएसएल खेल्न चाहन्छौ कि अलमुताईरीको टोलीबाट खेल्न चाहन्छौ ?

सबै खेलाडी चुप लागे र कसैले एनएसएलको लागि आवाज उठाउन सकेनन् । पछि आफैँ तपाईंले पोस्ट लेखेर जनताको ध्यान खिच्ने प्रयास गर्नुभयो । र, एनएसएल हुनुपर्छ भन्ने चाहना भएको जस्तो नाटक गर्नुभयो ।’

सम्बाददाता

Leave a Reply

Next Post

६० भन्दा बढी खेलाडी भारतको स्थानीय प्रतियोगिता खेल्न बाध्य, थप ३० खेलाडी बाहिरिदै

Sun Aug 7 , 2022
काठमाडौँ। अखिल नेपाल फुटवल संघ एन्फा मैदान बाहिरको तालिकामा ब्यस्त छ । पदाधिकारी बीच आफुले चाहेको ब्यक्ति विभिन्न पदमा ल्याउन तीव्र प्रतिस्पर्धा चलिरहेको छ । तर मैदानभित्र भने शुन्य । न ए डिभिजन लिगको टुंगो, न निजी क्षेत्रका प्रतियोगिताको मिति । न त राष्ट्रिय टिमको खेल तालिका नै छ । […]

You May Like

error: