दर्शन गुरुङको ह्याट्रिकमा युनाइटेड एफसीले गर्यो गोलको वर्षा

काठमाडौं।

अस्ट्रेलियामा जारी घरेलु फुटबल प्रतियोगिता एमसीएसए प्रिमियर लिगमा नेपाली फरवार्ड दर्शन गुरुङले ह्याट्रिक पूरा गरेका छन्। युनाइटेड एफसी मेलबर्नबाट लिग खेलिरहेका दर्शन गुरुङको यो पहिलो ह्याट्रिक हो।

दर्शनले टिमको १५ औं खेलमा आइतबार क्लब फुटबलविरूद्ध ह्याट्रिक गरे।दर्शनकै ह्याट्रिकमा मेलबर्नले क्लब फुटबलमाथि ५–२ को विशाल जित निकाल्यो ।जितको लागि दर्शन गुरुङले ३ गोल गरे भने प्रवेश जोशी र तेन्जिङ सांगे भुटियाले एक एक गोल गरे।

दर्शनले टिमको १४ औं खेलमा आइतबार पनि उत्कृष्ट प्रदर्शन गरेका छन् । उनले टोलीका लागि एक गोल गरे । दर्शनकै उत्कृष्ट प्रदर्शनमा मेलबर्नले एति एफसीमाथि ४–३ को रोमाञ्चक जित निकाल्यो ।

यस अघि युनाइटेड एफसी मेलवर्नले गता आइतबार एमसीएसए प्रिमियर लिग २०२२ को आफ्नो १४औं खेल खेल्दा युनाइटेड एफसी मेलवर्नले रोमाञ्चक जित हासिल गरेको थियो।युनाइटेड एफसी मेलवर्नले एति एफसीमाथि ४-३ गोल अन्तरले जित हासिल गरेको हो।युनाइटेड एफसी मेलवर्नको लागि दर्शन गुरुङ,विश्व गुरुङ,सुजन मगर,प्रवन जोशीले समान १/१ गोल गर्न छन्।

नेपालका फरवार्ड दर्शन गुरुङले आफ्नो उत्कृष्ट प्रदर्शन जारी राखेका छन्।दर्शन गुरुङले आफूले खेलेका ४ खेलमा ७ गोल गरेका छन्।पहिलो खेलमा दर्शन गुरुङले २ गोल गरे पनि उनको टिम कूयोङ युनाइटेडविरूद्धको पराजित भएको थियो।उक्त लिगमा डेब्यू गरेका डिफेन्डर नवीन गुरुङले पहिलो खेलमै पहेँलो कार्ड पाएका थिए।

युनाइटेड एफसी मेलवर्नले हाल त्यहाँको स्थानीय एमसीएसए प्रिमियर लिग २०२२ खेलिरहेको छ। एमसीएसए प्रदेशस्तरको तल्लो डिभिजनको प्रतिस्पर्धात्मक एम्याचोर लिग हो। यो लिगलाई प्रदेशस्तर लिगको ढोका समेत मानिन्छ।

लिगमा १० क्लबबीच प्रतिस्पर्धा भइरहेको छ। जहाँ यति एफसी, हिमालयन एफसी, हिमालयन टाइगर लगायतले प्रतिस्पर्धा गरिरहेका छन्। यी टिममा नेपाली मूलका खेलाडीहरू आबद्ध छन्। क्लबले यो लिगबाहेक अन्य स्थानीय फुटबल प्रतियोगिता पनि खेल्ने गर्छ।

अस्ट्रेलिया पुगेका तीनै जना पछिल्लो समय राष्ट्रिय टिममा थिए। जसमा दर्शनले पछिल्लो पटक नेपालका लागि गोल समेत गरेका थिए।दर्शनले गत महिना एएफसी एसियन कप छनोटअन्तर्गत कुवेतविरूद्ध गोल गरेका थिए।दुई वर्षअघि राष्ट्रिय टिममा डेब्यू गरेका इलामका दर्शनले कुवेतविरूद्ध दोस्रो हाफको इन्जुरी टाइममा गोल गर्न सफल भएका थिए।

डिबक्सभित्रबाट उत्कृष्ट गोल गरेसँगै नेपालले कुवेतविरूद्ध ४० वर्षपछि गोल गर्न सफल भएको थियो। अघिल्लो सिजन उनले एनआरटीबाट ए डिभिजन लिग खेलेका थिए।यता डिफेन्डर नवीन गुरुङले गत वर्ष दशरथ रंगशालामा मरिससविरूद्धको खेलमा राष्ट्रिय टिममा डेब्यू गरेका थिए।नवीनले गत सिजन एनआरटीबाट ए डिभिजन लिग खेलेका थिए।

यता चार वर्षअघि राष्ट्रिय टिममा डेब्यू गरेका सन्तोष तामाङ आर्मीका प्रभावशाली मिडफिल्डर हुन्। पछिल्लो समय आर्मीको मुख्य खेलाडी बनेका सन्तोषले राष्ट्रिय टिमबाट १६ खेल खेलिसकेका छन्।

पछिल्लो समय नेपाली फुटबलर भविष्य खोज्दै अस्ट्रेलिया जाने क्रम बढेको छ। यो वर्ष मात्रै राष्ट्रिय टिमका पाँच खेलाडी अस्ट्रेलिया गइसकेका छन्।यसअघि सुमन लामा र आसिष लामा पनि अस्ट्रेलिया पुगेका थिए।

त्यहाँको स्थानीय टिमबाट फुटबल खेलिरहेका सुमन र आसिष अघिल्लो वर्षसम्म राष्ट्रिय टिममा महत्वपूर्ण खेलाडी थिए। तीन वर्षअघि मिडफिल्डर हेमन गुरुङ र गोलकिपर एनल न्यौपाने अस्ट्रेलिया गएका थिए। लगत्तै अर्का खेलाडी बिमल बस्नेत पनि अस्ट्रेलिया पुगेका थिए।

सम्बाददाता

Leave a Reply

Next Post

आफ्नै मिल्ने साथीका लागि ठूलो खलनायक बने रोहित, समाप्त गर्दिए टेस्ट करियर !

Sun Aug 7 , 2022
काठमाडौँ । रोहित शर्माका कारण टीम इन्डियाका बलियो खेलाडीको टेस्ट करियर पूरै ध्वस्त भएको छ । यो खेलाडी अरु कोहि होइन रोहित शर्माका सबैभन्दा मिल्ने साथी हुन् जसका लागि हिटम्यान आफैं खलनायक साबित भएका छन् । रोहित शर्माले आफ्नो सबैभन्दा मिल्ने साथीको टेस्ट करियरको अन्त्य गरेका छन् । अब यो […]

You May Like

error: