काठमाडौँ।
भारतीय कप्तान रोहित शर्माले आफ्नो कप्तानीमा वेस्ट इन्डिजलाई आफ्नै घरमा भएको पहिलो एकदिवसीय सिरिजमा क्लिन स्वीप गरेका थिए । भारतीय टोलीले पाँच खेलको टी–२० सिरिजमा २–१ को अग्रता लिएको छ
तेस्रो खेलमा भारतीय टोली ७ विकेटले विजयी भएको थियो। यो खेलबाट रोहित शर्माका फ्यानका लागि एउटा नराम्रो र एउटा राम्रो खबर आएको छ ।
नराम्रो खबर यो थियो कि ओपनर रोहित ५ बलमा ११ रन बनाएर खेलिरहेका थिए, तब उनको ढाडको चोटका कारण खेलबाट बाहिरीनु परेको थियो । यो चोट कति गम्भीर हुन सक्छ भन्ने बारे कुनै अपडेट छैन।
तर एउटा राम्रो कुरा के छ भने चोट लाग्नुअघिनै रोहितले आफ्नो नाममा ठूलो कीर्तिमान बनाएका छन् । रोहितले ५ बलको इनिङ्समा एक छक्का र एक चौका प्रहार गरेका थिए ।
योसँगै उनी टी–२० अन्तर्राष्ट्रिय फर्म्याटमा ६० छक्का प्रहार गर्ने भारतीय कप्तान पनि बनेका छन् । यस मामिलामा उनले पूर्व कप्तान विराट कोहलीको कीर्तिमान तोडेका छन् । कोहलीले आफ्नो कप्तानीमा टी–२० अन्तर्राष्ट्रियमा ५९ छक्का प्रहार गरेका थिए ।
कोहलीपछि तेस्रो नम्बरमा पूर्व कप्तान महेन्द्र सिंह धोनी छन्, जसले कप्तानको करियरमा ३४ छक्का प्रहार गरेका छन् । यसपछि अहिलेसम्म कुनै पनि भारतीय कप्तानले टी–२० अन्तर्राष्ट्रियमा १० वा सोभन्दा बढी छक्का प्रहार गर्न सकेको छैन ।
टि-२०अन्तर्राष्ट्रियमा सबैभन्दा बढी छक्का प्रहार गर्ने भारतीय कप्तान: रोहित शर्मा – ६० छक्का,विराट कोहली – ५९ छक्का,महेन्द्र सिंह धोनी – ३४ छक्का । खेलमा टस हारेर पहिले ब्याटिङ गर्दै वेस्ट इन्डिजले १६४ रन बनाएको थियो ।
काइल मेयर्सले ७३ रन बनाए । जवाफमा टिम इन्डियाले १९ ओभरमा तीन विकेट गुमाएर १६५ रन बनाएर खेल ७ विकेटले जितेको हो । ओपनिङमा सूर्यकुमार यादवले ४४ बलमा ७६ रनको इनिङ खेले । यसका लागि उनी खेलको प्लेयर अफ द म्याच चुनिए ।