भारतबिरुद्दको अविश्वसनीय हारबारे यस्तो भन्छन कप्तान आयुष घलान

काठमाडौँ ।

भारतमा आयोजना भएको २० वर्षमुनिकाे साफ च्याम्पियनशिपमा सहभागी भइ बिहीवार नेपाली युवा टोली स्वदेश फर्किएको छ । आयोजक भारतसँगै नेपाल, माल्दिभ्स, श्रीलङ्का र बङ्गलादेशले सहभागिता जनाएको प्रतियोगितामा सहभागी भएर नेपाल टोली स्वदेश फर्किएको हो ।

प्रतियोगितामा चार खेल खेलेको नेपालले दुई खेलमा जित, एक खेलमा हार र एक खेल बराबरी खेलेको थियो । उपाधिको लक्ष्यसहित भारत प्रस्थान गरेकाे टोलीले सुरुका दुई खेलमा राम्रो प्रदर्शन गरे पनि बाँकी दुई टोलीसँग अपेक्षाअनुसारको प्रदर्शन गर्न असफल भएको थियो ।

कोरोनाका कारण उमेर समूहका खेल प्रभावित हुँदा खेलाडी खुला प्रतिस्पर्धाबाट छनोट गरिएको थियो । सुरुवाती दुई खेलमा सुखद नतिजा निकाल्दा तारिफ पाएका प्रशिक्षक मेघराज केसी भारतसँगको हारपछि भने आलोचित भएका थिए ।

बिहीवार स्वेदश फर्किएका प्रशिक्षक केसीले तेस्रो खेलमा भारतसँगकाे पराजयले दक्षिण एसियामा नेपाली टोलीको मेहनत नपुगेको स्वीकार गरे । उनले मेहनतका बाबजुत पनि नतिजा अपेक्षाअनुसारको हात नलाग्दा आफू निकै दुःखी भएको बताए ।

यस्तै कप्तान आयुष घलानले भारतसँगको हारले टोलीलाई धेरै पाठ सिकाएको बताए । फराकिलो पराजय भए पनि भारतसँगको खेलबाट नेपाली टोलीमा शारीरिक खेल र टेक्किकल विषयमा अझै मेहनत गर्न आवश्यक रहेको घलानको बुझाइ रह्यो ।

भारतसँग फराकिलो हार हुनुमा खेलाडीमा अनुभव कम भएको उनले बताए । राउन्ड रोबिन लिगको प्राणालीमा आयोजना भएको प्रतियोगितामा नेपाल तेस्रो बन्दा फाइनलको ढोका बन्द भएको थियो ।

प्रतियोगिता अन्तर्गत पहिलो खेलमा नेपालले माल्दिभ्सलाई ४–० ले पराजित गर्दा दोस्रो खेलमा श्रीलङ्कामाथि ३–० को जित निकालेको थियो । तेस्रो खेलमा भारतसँग ८–० को लज्जास्पद हार भोगेको नेपालले अन्तिम खेलमा बङ्गलादेशसँग १–१ को बराबरी खेलेको थियो ।

प्रतियोगितामा भारत र बङ्गलादेश शीर्ष दुई टोली फाइनल प्रवेश गरेका छन् । फाइनल भाेलि शुक्रवार हुँदैछ ।

सम्बाददाता

Leave a Reply

Next Post

भारतसँगको विशाल हार बारे यस्तो भन्छन प्रशिक्षक मेघराज र एन्फा अध्यक्ष पंकज

Thu Aug 4 , 2022
काठमाडौँ । यू–२० साफ च्याम्पियनसिपको फाइनलमा पुग्न असफल नेपाली टोलीका प्रशिक्षक मेघराज केसीले भारतको रणनीति बुझ्न नसक्दा प्रतियोगितामा असफल भएको प्रतिक्रिया दिएका छन् । माल्दिभ्स र श्रीलंकाविरुद्धको सुरुवाती दुई खेल जितेको नेपाल तेस्रो खेलमा भारतसँग ८–० को लज्जास्पद हार ब्यहोर्न बाध्य भएको थियो । चौथो खेलमा बंगलादेशसँग बराबरी गरे पनि […]

You May Like

error: