काठमाडौं ।
भारतीय क्रिकेटर सूर्यकुमार यादव छोटो फर्म्याटको क्रिकेट ब्याटिङ वरीयतामा शीर्षस्थानमा रहेका पाकिस्तानी कप्तान बाबर आजम नजिक पुगेका छन् ।
वेष्ट इण्डिजमा भइरहेको टी–२० शृंखलामा उत्कृष्ट प्रदर्शन गरेपछि टी–२० आई वरीयतामा भारतका ब्याटर सूर्यकुमार बाबरको निकै नजिक पुगेका छन् । बाबर ११८ अंकसहित शीर्षमा छन् भने उनलाई पछ्याएका सूर्यकुमारले ८१६ अंक छ ।
भारतीय ब्याटरमा सर्वाधिक अंक बनाउनेमा सूर्यकुमार तेस्रो खेलाडी हुन् । यसअघि विराट कोहली र केएल राहुलले पनि ८१६ अंकसम्म बनाएका थिए ।
इन्डियन प्रिमियर लिग (आईपीएल)मा राम्रो खेलेका उनले गतवर्ष मात्र टी–२० अन्तर्राट्रियमा डेब्यु गरेका हुन् । उनले अहिलेसम्म २२ वटा टी–२० आई खेलेका छन् । जसमा उनले १ शतक र ५ अर्धशतकको मद्दतमा ६४८ रन बनाएका छन् ।
यो पनि पढ्नुहोस : एसिया कपको खेल तालिका सार्वजनिक,भारत र पाकिस्तान एकै समूहमा
युएईमा आयोजना हुने एसीसी एसिया कप क्रिकेट २०२२ को खेल तालिका सार्वजनिक भएको छ ।एसियन क्रिकेट काउन्सिल (एसीसी) ले मंगलबार एसिया कपको खेल तालिका सार्वजनिक गरेको हो ।
एसीसीले सहभागी ६ टोलीलाई दुई समूहमा विभाजन गर्दै खेल तालिका सार्वजनिक गरेको हो ।समूह ‘ए’ मा साविक विजेता भारत, पाकिस्तान र छनोटबाट आउने एक टोली रहेका छन् ।
कुवेत, हङकङ, सिंगापुर र कुवेत मध्ये एक टोली यस समूहमा रहने छन् ।यसै समूह ‘बी’ श्रीलंका, बंगलादेश र अफगानिस्तान रहेको छ ।टी-ट्वान्टी फर्म्याटको प्रतियोगितामा समूहको शीर्ष दुई टोलीले सुपर चारमा स्थान बनाउने छन् ।
सुपर चारमा एकअर्काविरुद्ध खेल्ने छन् । त्यसपछि शीर्ष दुई टोलीले फाइनल खेल्नेछ ।प्रतियोगिताको उद्घाटनमा श्रीलंका र अफगानिस्तानबीच अगस्ट २७ मा प्रतिस्पर्धा हुनेछ ।
यस अघि एसिया कप श्रीलंकामा तय भएको थियो । तर, श्रीलंकामा पछिल्लो समय देखिएको आर्थिक संकट र नागरिकको आन्दोलनको कारण एसियन कप श्रीलंकाबाट युएईमा सारिएको हो।