काठमाडौ।
साफ यू-२० च्याम्पियनसिप फुटबल अन्तर्गत नेपालले आज मंगलबार लिग चरणको अन्तिम खेल खेल्दैछ।भुवनेश्वरस्थित कालिंगा स्टेडियममा नेपालले अन्तिम लिग खेलमा बंगलादेशको सामना गर्नेछ । बङ्गलादेश विरूद्ध पहिलो हाफ मा गोल रहित बराबरी भएको छ।
नेपालले गोल गर्ने धेरै मौका पाउँदा पनि गोल गर्न भने असफल भयो।भने बंगलादेशले पनि गोल गर्न धेरै मौका गुमाएको थियो।बंगलादेशविरुद्धको खेल नेपालका लागि निकै महत्वपूर्ण रहेको छ ।नेपाल र बंगलादेशको खेल इलाभेन स्पोर्ट्सबाट खेल प्रत्यक्ष प्रशारण हुनेछ ।
नेपाललाई फाइनलमा पुग्न बंगलादेशविरुद्ध फराकिलो जित आवश्यक रहेको छ । नेपालले भारत र माल्दिभ्सबीचको खेलको नतिजा समेत कुर्नु पर्नेछ ।तर, अंक तालिकाको शीर्ष स्थानमा रहेको बंगलादेशविरुद्ध जित निकाल्न नेपाललाई सहज हुने छैन ।
किनकि बंगलादेश जारी प्रतियोगितामा अपराजित रहने एक्लो टोली हो ।बंगलादेश ३ खेलमा अपराजित रहदै ९ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । नेपाल ३ खेलमा ६ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । हेड टु हेडमा अघि रहेको भारत ३ खेलमै ६ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । माल्दिभ्स र श्रीलंका १-१ अंक जोडेर प्रतियोगिताबाट बाहिरिसकेका छन् ।
आज बंगलादेशलाई ९ गोलको अन्तरले पराजित गरेको खण्डमा नेपालले फाइनलमा स्थान पक्का गर्नेछ । भारतसँग ८-० को हार व्यहोरेपछि नेपाललाई बंगलादेशविरुद्ध फराकिलो जितको आश्यकता परेको हो ।बंगलादेशसँग बराबरी भएको खण्डमा भने नेपालले भारत माल्दिभ्सबीचको खेल कुर्नु पर्नेछ ।
यदि भारतले माल्दिभ्ससँग हार ब्यहोरेमा नेपाल फाइनल पुग्नेछ ।नेपालले साफ च्याम्पियनसिप अन्तर्गत भारत विरुद्धको खेलमा ८–० गोलको हार व्यहोरेको थियो ।उक्त हारपछि उनले खेलाडीहरु र एन्फालाई दोष नदिन पनि आग्रह गरेका छन् । उनले बंगलादेश विरुद्धको खेलमा जित निकाल्न नसके आफै राजीनामा दिने बताए ।
‘सबै जनालाई धन्यवाद, टोलीलाई सपोर्ट गर्नु भएकोमा । खेलाडीहरुमा अनुभवको कमी छ तर क्षमता पनि त्यत्तिकै छ । आज सबै हजुरहरुलाई खुशी दिन नसकेकोमा धेरै दुःखी छौ । खेलाडी र एन्फालाई दोष नदिउँ । यो मेरो गल्ती हो । ‘
‘मसँग टोलीलाई हारबाट माथि उठाउन दुई दिनको समय छ । अन्यथा म पद छोड्ने छु । म फुटबल जीवनबाट अलग हुनेछु । म मेरो फाइदाको लागि फुटबल डुबाउन सक्दिन । धन्यवाद,’ केसीले लेखेका छन् ।
यस्तै माल्दिभ्स र भारतबीच बराबरी भएकामा नेपालले बंगलादेशमाथि १ गोलको जितले पुग्नेछ ।५ राष्ट्र सहभागी च्याम्पियनसिपको शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ।
नेपाली टोली :
गोलकिपर : ईश्वर गुरुङ, उनेश चौधरी, जियारथ सेख, डिफेन्डर : अमर श्रेष्ठ, सोनित दाहाल, आयुष श्रेष्ठ, अजय चौधरी, सुमित श्रेष्ठ, सृजन धानी, रोशन थापा, अभिषेक वाइबा, मिडफिल्डर : दिपेश गुरुङ, आशिष राई, सन्दीप कार्की, जन्मजय धामी, मोहित गुरुङ, कृतिश रत्न छिन्जु, सुगम सुवाल, मनग्य नकर्मी, आयुष घलान. फरवार्डः रोहित सुब्बा, निरञ्जन मल्ल, रोहन खड्गी