बंगलादेशविरुद्ध नेपालको सुरुवाती–११ सार्वजनिक, खेलको प्रत्यक्ष प्रशारण हुने

काठमाडौ।

साफ यू-२० च्याम्पियनसिप फुटबल अन्तर्गत नेपालले आज मंगलबार लिग चरणको अन्तिम खेल खेल्दैछ।भुवनेश्वरस्थित कालिंगा स्टेडियममा नेपालले अन्तिम लिग खेलमा बंगलादेशको सामना गर्नेछ ।

नेपाल र बंगलादेशबीचको खेल नेपाली समय अनुसार दिउँसो ४:१५ बजे सुरु हुनेछ ।बंगलादेशविरुद्धको खेल नेपालका लागि निकै महत्वपूर्ण रहेको छ ।नेपाल र बंगलादेशको खेल इलाभेन स्पोर्ट्सबाट खेल प्रत्यक्ष प्रशारण हुनेछ ।

नेपाललाई फाइनलमा पुग्न बंगलादेशविरुद्ध फराकिलो जित आवश्यक रहेको छ । नेपालले भारत र माल्दिभ्सबीचको खेलको नतिजा समेत कुर्नु पर्नेछ ।तर, अंक तालिकाको शीर्ष स्थानमा रहेको बंगलादेशविरुद्ध जित निकाल्न नेपाललाई सहज हुने छैन ।

किनकि बंगलादेश जारी प्रतियोगितामा अपराजित रहने एक्लो टोली हो ।बंगलादेश ३ खेलमा अपराजित रहदै ९ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । नेपाल ३ खेलमा ६ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । हेड टु हेडमा अघि रहेको भारत ३ खेलमै ६ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । माल्दिभ्स र श्रीलंका १-१ अंक जोडेर प्रतियोगिताबाट बाहिरिसकेका छन् ‌‌।

आज बंगलादेशलाई ९ गोलको अन्तरले पराजित गरेको खण्डमा नेपालले फाइनलमा स्थान पक्का गर्नेछ । भारतसँग ८-० को हार व्यहोरेपछि नेपाललाई बंगलादेशविरुद्ध फराकिलो जितको आश्यकता परेको हो ।बंगलादेशसँग बराबरी भएको खण्डमा भने नेपालले भारत माल्दिभ्सबीचको खेल कुर्नु पर्नेछ ।

यदि भारतले माल्दिभ्ससँग हार ब्यहोरेमा नेपाल फाइनल पुग्नेछ ।नेपालले साफ च्याम्पियनसिप अन्तर्गत भारत विरुद्धको खेलमा ८–० गोलको हार व्यहोरेको थियो ।उक्त हारपछि उनले खेलाडीहरु र एन्फालाई दोष नदिन पनि आग्रह गरेका छन् । उनले बंगलादेश विरुद्धको खेलमा जित निकाल्न नसके आफै राजीनामा दिने बताए ।

‘सबै जनालाई धन्यवाद, टोलीलाई सपोर्ट गर्नु भएकोमा । खेलाडीहरुमा अनुभवको कमी छ तर क्षमता पनि त्यत्तिकै छ । आज सबै हजुरहरुलाई खुशी दिन नसकेकोमा धेरै दुःखी छौ । खेलाडी र एन्फालाई दोष नदिउँ । यो मेरो गल्ती हो । ‘

‘मसँग टोलीलाई हारबाट माथि उठाउन दुई दिनको समय छ । अन्यथा म पद छोड्ने छु । म फुटबल जीवनबाट अलग हुनेछु । म मेरो फाइदाको लागि फुटबल डुबाउन सक्दिन । धन्यवाद,’ केसीले लेखेका छन् ।

यस्तै माल्दिभ्स र भारतबीच बराबरी भएकामा नेपालले बंगलादेशमाथि १ गोलको जितले पुग्नेछ ।५ राष्ट्र सहभागी च्याम्पियनसिपको शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ।

बंगलादेशविरुद्ध नेपालको सुरुवाती  प्लेइङ–११:

नेपाली टोली :

गोलकिपर : ईश्वर गुरुङ, उनेश चौधरी, जियारथ सेख, डिफेन्डर : अमर श्रेष्ठ, सोनित दाहाल, आयुष श्रेष्ठ, अजय चौधरी, सुमित श्रेष्ठ, सृजन धानी, रोशन थापा, अभिषेक वाइबा, मिडफिल्डर : दिपेश गुरुङ, आशिष राई, सन्दीप कार्की, जन्मजय धामी, मोहित गुरुङ, कृतिश रत्न छिन्जु, सुगम सुवाल, मनग्य नकर्मी, आयुष घलान. फरवार्डः रोहित सुब्बा, निरञ्जन मल्ल, रोहन खड्गी

सम्बाददाता

Leave a Reply

Next Post

पहिलो हाफमा नेपालको उत्कृष्ट प्रदर्शन

Tue Aug 2 , 2022
काठमाडौ। साफ यू-२० च्याम्पियनसिप फुटबल अन्तर्गत नेपालले आज मंगलबार लिग चरणको अन्तिम खेल खेल्दैछ।भुवनेश्वरस्थित कालिंगा स्टेडियममा नेपालले अन्तिम लिग खेलमा बंगलादेशको सामना गर्नेछ । बङ्गलादेश विरूद्ध पहिलो हाफ मा गोल रहित बराबरी भएको छ। नेपालले गोल गर्ने धेरै मौका पाउँदा पनि गोल गर्न भने असफल भयो।भने बंगलादेशले पनि गोल गर्न […]

You May Like

error: