काठमाडौं।
नेपाली पुरुष राष्ट्रिय टोलीका डिफेन्सिभ मिडफिल्डर रोहित चन्द सम्मिलित पेर्सिक केडेरी एफसीले इन्डोनेसियाको लिग वानमा खराव प्रदर्शनलाई निरन्तरता दिएको छ।हिजो भएको खेलमा पेर्सिकले बोर्नियो समरिन्डासँग हारको सामना गरेको थियो।
हिजो भएको खेलमा पेर्सिकले घरेलु मैदानमा सुरुवाती अग्रता लिनका बावजुत बोर्नियो समरिन्डासँग २–१ को हार बेहोरेको हो ।शुक्रबार भएको प्रतिस्पर्धात्मक खेलको ६४औं मिनेटमा युसुफ मेलानाको गोलबाट पेर्सिकले सुरुवाती अग्रता लिएको थियो ।
तर, पेर्सिकको त्यो अग्रता दुई मिनेट पनि टिकेन ।६६औं मिनेटमा म्याथिअस पाटोले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । त्यसपछि म्याथिअस पाटोले ७७औं मिनेटमा व्यक्तिगत र टोलीका लागि दोस्रो गाल गर्दै घरेलु टोली पेर्सिकविरुद्ध २–१ को पूनरागमन जित हासिल गरेको थियो।
पेर्सिकको चौथो खेलमा यो तेस्रो हार हो । जितविहीन रहेको पेर्सिकले एक खेल बराबरी खेलेको छ ।यस खेलमा रोहितले पुरा समय खेलेका थिए ।यो नतिजापछि बोर्नियो समरिन्डाले चार खेलबाट ९ अंक जोड्दै दोस्रो स्थानमा उक्लिएको छ ।
समान ९ अंक रहेपनि बोर्नियो एक खेल कम खेलेको मधुरा युनाइटेडसँग गोल अन्तरमा पछि छ। पेर्सिक चार खेलबाट १ अंक जोडेर १६औं स्थानमा रहेको छ । पेर्सिकले पर्सिता र मुधरासँग हार बेहोर्दा भयानकारा एफसीसँग बराबरी १–१ गोलको बराबरी खेलेको थियो ।
यो पनि पढ्नुहोस्;यू-१७ को बन्द प्रशिक्षणबाट १५ खेलाडी बाहिरिए
यू-१७ राष्ट्रिय पुरुष फुटबल टिमको बन्द प्रशिक्षणमा रहेका १५ खेलाडी बाहिरिएका छन् ।अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार यू-१७ को बन्द प्रशिक्षणमा रहेका ४५ खेलाडीबाट १५ खेलाडी बाहिरिएको जनाएको छ ।
यू-१७ टोलीको मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले १५ खेलाडी बाहिर राख्दै ३० खेलाडी छनोट गरेको एन्फाले जनाएको छ ।एन्फाले साफ यू-१७ च्याम्पियनसिप र एएफसी यू-१७ एसियन कप छनोटका लागि खेलाडीलाई बन्द प्रशिक्षणमा राखेको छ ।
श्रीलंकामा आयोजना हुने साफ यू-१७ च्याम्पियनसिपमा नेपाल समूह ‘बी’ मा परेको छ ।नेपालको समूहमा भारत र भुटान रहेको छ । यस्तै समूह ‘ए’ मा आयोजक श्रीलंका, माल्दिभ्स र बंगलादेश रहेको छ ।
श्रीलंकामा आयोजना हुने साफ यू-१७ आगामी सेप्टेम्बर ५ बाट हुनेछ ।यस्तै भियतनाममा हुने यू-१७ एसियन कप छनोट अक्टोबर १ देखि ९ सम्म हुनेछ ।