नेपालको प्रशिक्षकका लागि मोन्टी देसाईले गरे यति धेरै तलबको माग

काठमाडौ।

पुबुदु दासानायकेले कार्यकाल बाँकी छदै नेपाली राष्ट्रिय क्रिकेट टिमको प्र मममुख प्रशिक्षक पदबाट राजीनामा दिएपछि नेपाल क्रिकेट संघ (क्यान) ले नयाँ प्रशिक्षक नियुक्तिको प्रक्रिया अघि बढाउने भएको छ।

क्यानले पुबुदुले राजीनामा दिएपछि नयाँ प्रक्रियाको विषयमा अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) सँग सल्लाह गरेको थियो। आइसिसीले गत वर्ष गरिएको प्रशिक्षक नियुक्त प्रक्रियाको ‘सर्ट लिस्ट’ मा परेका प्रशिक्षकलाई नियुक्त गर्न सकिने सुझाव दिएको थियो।

‘पुबुदुले कार्यकाल नसकिदै राजीनामा दिएपछि नयाँ प्रशिक्षक नियुक्तिको विषयमा हामीले आइसिसीसँग राय मागेका थियौं, आइसिसीले गत वर्षको प्रक्रियामा रहेका प्रशिक्षकमध्येबाट नयाँ प्रशिक्षक नियुक्त गर्न सकिने सुझाव दिएको छ’ क्यानका महाप्रवन्धक बृतान्त खनालले भने,

‘कतिपय प्रशिक्षकको माग पुबुदुको भन्दा पनि बढी छ, अध्यक्ष, कार्यवाहक सचिव र कोषाध्यक्षसँगको छलफलपछि प्रशिक्षक नियुक्तको प्रक्रियाबारे निर्णय गर्छौं।’

गत वर्ष क्यानले प्रशिक्षक नियुक्तिका लागि दरखास्त आह्वान गर्दा सुरूमा ६० जनाले निवेदन दिएका थिए। त्यसमा क्यानले पहिलो चरणमा १५ जनालाई छानेको थियो।

१५ जना मध्ये मोन्टी देसाई, पुबुदु दसानायके, असान्था गुरुसिङ्घे, ग्रान्ट ब्राडवर्न र रुवान काल्पेज गरी पाँच जनासँग क्यानले अन्तर्वार्ता लिएको थियो।

क्यानले पाँचै जनाको रिपोर्ट आइसिसीलाई समेत पठाएको थियो। पछि क्यानले पुबुदुलाई प्रशिक्षक नियुक्त गरेको थियो। पुबुदुसँगै क्यानको रोजाइमा भारतका देसाई पनि थिए। देसाईका शर्तमा भने क्यान पूर्णरूपमा सहमत भएको थिएन।

देसाईले मासिक १५ लाख रुपैयाँ तलब माग गरेका थिए भने इन्डियन प्रिमियर लिग (आइपिएल) को बेला बिदा दिनु पर्ने शर्त राखेका थिए। पछि क्यानले पुबुदुलाई १० लाख तलब दिएर नियुक्त गरेको थियो।

देसाई त्यतिबेला वेस्ट इन्डिजको ब्याटिङ प्रशिक्षक थिए। १३ वर्षको प्रशिक्षण करिअरमा देसाईले अफगानिस्तान, युएई र क्यानडाको प्रशिक्षक भएर काम गरिसकेका छन्। यस्तै उनी आइपिएल टिम राजस्थान रोयल्स र गुजरात लायन्सको प्रशिक्षण टिममा थिए।

देसाई सन् २०१७ मा नेपाल आएका थिए। उनले एसिसी यू-१९ पूर्व क्षेत्रीय प्रतियोगितामा नेपालको यू-१९ टिमको कन्सल्ट्यान्ट प्रशिक्षक भएर काम गरेका थिए।

सम्बाददाता

Leave a Reply

Next Post

नेपालको हार पछि अनन्त र बिमलले लेखे निकै भावुक स्टाटस 

Mon Aug 1 , 2022
काठमाडौं। साफ यू-२० च्याम्पियनसिप फुटबल अन्तर्गत‌ अत्यन्तै महत्वपूर्ण खेलमा हिजो भारतविरुद्ध नेपाल ८–० गोल अन्तरले पराजित भएको थियो । कालिंगा रंगशालामा भएको नेपाल र भारतबीचको खेलमा नेपालले विशाल हार बेहोरेको हो। नेपालको यो विशाल हार पछि नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक र खेलाडीले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा आफ्नो धारणा […]

You May Like

error: