काठमाडौं।
साफ यू-२० च्याम्पियनसिप फुटबल अन्तर्गत आफ्नो अन्तिम खेलमा यस च्याम्पियनसिपको बलियो टोली बंगलादेशविरुद्ध खेल्ने छ ।यो खेलमा युवा टोलीलाई आफ्नी यात्राको टुंगो लाग्ने छ।कालिंगा रंगशालामा भोलि हुने पहिलो खेलमा नेपाल र बंगादेशबीच हुने छ ।खेल्न भोलि ४.१५ बाट सुरु हुने छ।
यस अघि बंगलादेश विरुद्ध खेल्नु अघि नेपाललाई ठूलो झड्का लागेको छ।हिजो भएको खेलमा नेपाल भारतविरुद्ध नेपाल ८–० गोलको विशाल हार बेहोरेको छ।यस हारले नेपाललाई ठूलो घाटा लागेको छ।
नेपालविरुद्ध भारतको गोल पनि यति गर्योकी जुन नेपालले च्याम्पियनसिप यति धेरै गोलको हार बेहोरेको थिएन। अब फाइनलमा पुग्न नेपाल र भारतलाई एक अर्काको नतिजामा भर पर्नुपर्ने भएको छ ।
यस हारले नेपाल अंक तालिकाको तेस्रो स्थानमा झरेको छ।अब नेपालले भोलि फाइनल प्रवेश गर्न बंगलादेशलाई १२ गोलको अन्तरले पराजित गर्नुपर्ने छ।बंगलादेशसँग बराबरी भएको खण्डमा भने भारत माल्दिभ्ससँग पराजित भए नेपाललाई पुग्छ।
माल्दिभ्स र भारत बराबर भए नेपालले बंगलादेशलाई १ गोलले हराए पनि पुग्नेछ। हिजो महत्वपूर्ण खेलमा नेपाल भारतविरुद्ध नेपाल ८–० गोल अन्तरले पराजित भएको छ ।भुवनेश्वरस्थित कालिंगा स्टेडियममा आइतबार भएको खेलमा नेपाल भारतसँग ८-० गोल अन्तरले पराजित भएको हो ।
अघिल्लो दुई खेलमा राम्रो प्रदर्शन देखाएको नेपाली टोलीले भारत बिरुद्द भने सोचेको जस्तो प्रदर्शन गर्न सकेन ।भारतलाई जित दिलाउन ताइसन सिंह (३२ र ६६ औं), पार्थिव गोगोई (५० र ५२औं)ले २–२ गोल गरेका थिए।
हिमांशु जांग्रा (७०औं) र टंकधर बाग (७८औं), गुरकिरत सिंह (८९) र शुभो पल (९०औं) +३) एक एक गोल गरे ।अब नेपालले आफ्नो अन्तिम खेलमा बंगलादेशसँग मंगलबार प्रतिस्पर्धा गर्नेछ ।
यस हारसँगै नेपाल अंक तालिकाको तेस्रो स्थानमा झरेको छ । बंगलादेश ३ खेलमा ९ अंकका साथ शीर्ष स्थानमा छ । नेपाल र भारतको समान ३ खेलमा ६ अंक भएपनि हेड टु हेडमा भारत अघि छ । १-१ अंक जोडेका माल्दिभ्स र श्रीलंका प्रतियोगिताबाट बाहिरिएका छन् ।
मंगलबार नेपालले बंगलादेशलाई हरायो र उता भारत माल्दिभ्सबिरुद्द पराजित भयो भने नेपालको फाइनलको स्थान पक्का हुनेछ । भारत माल्दिभ्स संग बराबरी गरेको खण्डमा नेपालले बंगलादेशलाई एक गोलले हराए मात्र पनि पुग्नेछ। अन्तिम दुई टोलीबीच साफ च्याम्पीयनसिप को ट्रफी को लागि फाइनल खेल शुक्रबार हुनेछ ।
साफ यू–२० च्याम्पियनसिपमा बंगलादेशले लगातार तेस्रो जित हासिल गर्दै बंगलादेशले एक खेल अघि नै प्रवेश गरिसकेको छ।बंगलादेशले आफ्नो पहिलो खेलमा श्रीलंकालाई १–० पराजित गरेको थियो।
भने दोस्रो खेलमा भारतलाई २–१ ले हराएको थियो ।बंगलादेशले आफ्नो तेस्रो खेलमा हिजो माल्दिभ्समाथि ४–१ को जित निकालेको थियो । बंगलादेशले तीन खेलमा ९ अंक जोडेको छ ।