काठमाडौं।
साफ यू-२० च्याम्पियनसिप फुटबल अन्तर्गत अत्यन्तै महत्वपूर्ण खेलमा भारतविरुद्ध नेपाल ८–० गोल अन्तरले पराजित भएको छ । कालिंगा रंगशालामा भएको नेपाल र भारतबीचको खेलमा भारतले पहिलो हाफमा १ गोलले अग्रता लिएको थियो ।
भारतले खेलको ३१ औं मिनेटमा गोल गर्दै पहिलो अग्रता हासिल गरेको हो । भने भारतले दोस्रो हाफमा ७ गोल गर्यो । खेलको ३१ औं मिनेटमा टाइसन सिंहले गोल गर्दै भारतलाई अग्रता दिलाएका हुन् ।
भुवनेश्वरस्थित कालिंगा स्टेडियममा आइतबार भएको खेलमा नेपाल भारतसँग ८-० गोल अन्तरले पराजित भएको हो । अघिल्लो दुई खेलमा राम्रो प्रदर्शन देखाएको नेपाली टोलीले भारत बिरुद्द भने सोचेको जस्तो प्रदर्शन गर्न सकेन ।
भारतलाई जित दिलाउन ताइसन सिंह (३२ र ६६ औं), पार्थिव गोगोई (५० र ५२औं)ले २–२ गोल गरे भने हिमांशु जांग्रा (७०औं) र टंकधर बाग (७८औं), गुरकिरत सिंह (८९) र शुभो पल (९०औं) +३) एक एक गोल गरे । अब नेपालले आफ्नो अन्तिम खेलमा बंगलादेशसँग मंगलबार प्रतिस्पर्धा गर्नेछ ।
यस हारसँगै नेपाल अंक तालिकाको तेस्रो स्थानमा झरेको छ । बंगलादेश ३ खेलमा ९ अंकका साथ शीर्ष स्थानमा छ । नेपाल र भारतको समान ३ खेलमा ६ अंक भएपनि हेड टु हेडमा भारत अघि छ । १-१ अंक जोडेका माल्दिभ्स र श्रीलंका प्रतियोगिताबाट बाहिरिएका छन् ।
अब फाइनलमा पुग्न नेपाल र भारतलाई एक अर्काको नतिजामा भर पर्नुपर्ने भएको छ । मंगलबार नेपालले बंगलादेश तथा भारतले माल्दिभ्सको सामना गर्दैछ।
मंगलबार नेपालले बंगलादेशलाई हरायो र उता भारत माल्दिभ्सबिरुद्द पराजित भयो भने नेपालको फाइनलको स्थान पक्का हुनेछ । भारत माल्दिभ्स संग बराबरी गरेको खण्डमा नेपालले बंगलादेशलाई एक गोलले हराए मात्र पनि पुग्नेछ। अन्तिम दुई टोलीबीच साफ च्याम्पीयनसिप को ट्रफी को लागि फाइनल खेल शुक्रबार हुनेछ ।
साफ यू–२० च्याम्पियनसिपमा बंगलादेशले लगातार तेस्रो जित हासिल गर्दै बंगलादेशले एक खेल अघि नै प्रवेश गरिसकेको छ।बंगलादेशले आफ्नो पहिलो खेलमा श्रीलंकालाई १–० पराजित गरेको थियो।
भने दोस्रो खेलमा भारतलाई २–१ ले हराएको थियो ।बंगलादेशले आफ्नो तेस्रो खेलमा हिजो माल्दिभ्समाथि ४–१ को जित निकालेको थियो । बंगलादेशले तीन खेलमा ९ अंक जोडेको छ ।