नेपाल विरुद्ध भारतलाई अग्रता

काठमाडौं।

साफ यू-२० च्याम्पियनसिप फुटबल अन्तर्गत‌ अत्यन्तै महत्वपूर्ण खेलमा दुई चिरपरिचित प्रतिद्वन्द्वी नेपाल र भारतबीच आज प्रतिस्पर्धा भइरहेको छ।कालिंगा रंगशालामा हुने नेपाल र भारतबीचको खेल बेलुका ७:१५ बजे सुरु भएको खेलमा भारतले सुरुवाती अग्रता लिएको छ।

भारतले खेलको ३१ औं मिनेटमा गोल गरेको छ। आजको खेलमा नेपाल विजयी भए एक खेल अघिनै फाइनलकाे यात्रा तय गर्नेछ ।यदि नेपालले भारतलाई हराएर फाइनल प्रवेश गरे नेपालले साफमा इतिहाँस रच्ने छ।

नेपालले आज भारतलाई पराजित गरे इतिहाँसमा नै यू–२० साफ च्याम्पियनसिपको फाइनल प्रवेश गर्ने नेपाल दोस्रो टोली बन्ने छ।नेपाल र भारतबीचको खेल इलाभेन स्पोर्ट्सबाट खेल प्रत्यक्ष प्रशारण हुनेछ ।

यस अघि बंगलादेश फाइनल प्रवेश गर्नको छ ।बंगलादेशले लगातार तीन खेलमा जित हासिल गर्दै ९ अंकका साथ तालिकाको शीर्ष स्थानमा रहेको छ।नेपाल पराजित भए नेपालले आफ्नो अन्तिम खेलमा जित हासिल गर्ने पर्ने हुन्छ।

यता भारतलाई भने नेपाल विरूद्ध विशाल जितको आवश्यकता पर्ने छ।यदि नेपाल भारतविरूद्ध जित हासिल गरे भारत एक खेल अघि नै अंक विहिन श्रीलंकासँगै फाइनल प्रवेशबाट बाहिरीने छ।

आज भारतविरूद्ध नेपाल पराजित भए मात्र भारतको फाइनल प्रवेशको सम्भावना जीवितै रहने छ।तर नेपालले भने बराबरी भए पनि फाइनल प्रवेशको ढोका खुल्ला रहने छ। अन्तिम खेलमा बङ्गलादेशसँग बराबरी गर्ने पर्ने हुन्छ।यदि नेपाल भारत र बंगलादेशसँग बराबरी भए वा एक खलमा जित हासिल गर्ने फाइनल प्रवेश गर्ने छ।

साफ यू–२० च्याम्पियनसिपमा ‘हेड टु हेड’को नतिजा हेर्दा नेपाल भारतमाथि १००% जित हासिल गरेको छ। नेपाल र भारतबीच दुईपटक खेल भएको छ । जसमा भारतविरुद्धको खेलमा नेपाल विजय भएको छ ।

भारतविरुद्ध नेपालको सुरुवाती–११ : ईश्वर गुरुङ (गोलरक्षक), आयुष घलान (कप्तान), अजय चौधरी, अमर श्रेष्ठ, कृतिशरत्न छन्जु, दीपेश गुरुङ, सुमित श्रेष्ठ, आशिष राई, अभिषेक वाइबा, सुगम सुवाल र  मनग्य नकर्मी ।

भारतमा जारी साफ यू–२० च्याम्पियनसिपमा बंगलादेशले लगातार तेस्रो जित हासिल गर्दै बंगलादेशले एक खेल अघि नै प्रवेश गरिसकेको छ।बंगलादेशले आफ्नो पहिलो खेलमा श्रीलंकालाई १–० पराजित गरेको थियो।

भने दोस्रो खेलमा भारतलाई २–१ ले हराएको थियो ।बंगलादेशले आफ्नो तेस्रो खेलमा हिजो माल्दिभ्समाथि ४–१ को जित निकालेको थियो । बंगलादेशले तीन खेलमा ९ अंक जोडेको छ ।

हाल सम्म नेपालले दुई खेल खेलेको छ जसमा विजय हासिल गरेको छ। नेपालले पहिलो खेलमा माल्दिभ्सलाई ४–०ले पराजित गरेको थियो।भने दोस्रो खेलमा श्रीलंकालाई ३–० ले हराएको थियो ।नेपालले दुई खेलमा ६ अंक जोडेको छ ।नेपाल अंक तालिकाको दोस्रो स्थानमा रहेको छ।

भारत भने पहिलो जित सहित तेस्रो स्थानमा रहेको छ ।भारतले दुई खेल खेलेको छ।जस्म एकमा जित र एक खेलमा हार बेहोरेको छ ।भारत ३ अंक सहित तेस्रो स्थानमा रहेको छ।माल्दिभ्स १ अंक सहित चौथो र श्रीलंका १ अंक सहित पाँचौं स्थानमा छन् ।

माल्दिभ्स भने पहिलो खेलमा नेपालसँग ४-० ले हार बेहोरेको थियो।भने दोस्रो खेलमा शुक्रबार बंलादेश विरुद्ध ४–१ ले पराजित भएको थियो।तेस्रो खेलमा आज श्रीलंका विरूद्ध १-१ को बराबरी खेलेको छ।श्रीलंका १  अंक सहित फाइनल प्रवेशबाट बाहिरिएको छ।

सम्बाददाता

Leave a Reply

Next Post

भारत विरुद्ध नेपाल पहिलो हाफमा पछाडि

Sun Jul 31 , 2022
काठमाडौं। साफ यू-२० च्याम्पियनसिप फुटबल अन्तर्गत‌ अत्यन्तै महत्वपूर्ण खेलमा दुई चिरपरिचित प्रतिद्वन्द्वी नेपाल र भारतबीच आज प्रतिस्पर्धा भइरहेको छ। कालिंगा रंगशालामा भईरहेको नेपाल र भारतबीचको खेलमा भारतले पहिलो हाफमा अग्रता लिएको छ। भारतले खेलको ३१ औं मिनेटमा गोल गरेको हो। भारतले नेपालविरुद्ध १-० गोलको अग्रता बनाएको छ । खेलको ३१ […]

You May Like

error: