काठमाडौ।
नेपाल राष्ट्रिय फुटबल टोलीका सदस्य रोहित चन्द सम्मिलित पर्सिक केडिरीले बराबरी खेल्दै अंक बाँडेको छ ।इन्डोनेसियनको घरेलु लिग वान अन्तर्गत आईतबार दिउँसो भएको खेलमा पर्सिकले भयङ्करा एफसीसँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको हो ।
खेलको ३३ औं मिनटमा पँहेरो कार्ड पाएका नेपाली डिफेन्डर रोहितले पुरा समय मैदानमा विताएका थिए ।खेलमा लिएको शुरुवाती अग्रता जोगाउन नसक्दा पर्सिक अंक बाँड्न बाध्य भयो ।
१५ औं मिनटमा पाएको पेनाल्टीको सदुपयोग गर्दै रिनान सिल्भाले पर्सिकलाई खेलमा शुरुवाती अग्रता दिलाएका थिए ।तर खेलको ३६ औं मिनटमा भयङ्कराका युसुफ इजेजारीले गोल गरेपछि खेल १-१ को बराबरीमा सकिएको थियो ।
यस बराबरीसँगदै दुई खेलबाट एक अंक जोडेको पर्सिक अंक तालिकाको १६ औं स्थानमा रहेको छ ।समान खेलबाट दुई अंक जोडेको भयङ्करा १२ औं स्थानमा छ ।
यो पनि पढ्नुहोस्; भारतसँग खेल्ने अघि मुख्य प्रशिक्षक केसीले गरे ठूलो घोषणा
साफ यू-२० च्याम्पियनसिप फुटबल अन्तर्गत नेपालले आज आइतबार तेस्रो खेलमा साविक विजेता भारतको सामना गर्दैछ ।भुवनेश्वरस्थित कालिंगा स्टेडियममा नेपालले बलियो घरेलु टोली भारतको सामना गर्नेछ । नेपाल र भारतबीचको खेल बेलुका ७:१५ बजे सुरु हुनेछ ।
भारतविरुद्ध मैदान उत्रदा नेपाल लगातार तेस्रो जितको खोजीमा हुनेछ । तर, बलियो भारतविरुद्ध नेपाललाई जित निकाल्न सहज छैन ।साफ यू-२० च्याम्पियनसिप अन्तर्गत भारतसँगको खेल अघि संचारकर्मीसँग कुरा गर्दै मुख्य प्रशिक्षक केसीले साविक विजेताविरुद्ध जितको लागि खेल्ने घोषणा गरेका छन्।
‘सबै टिमलाई हामीले समान मानेका थियौ त्यही अनुसार नै हामी भारतविरुद्ध खेल्ने छौ भारतका लागि हाम्रो विशेष तयारी भनेर केही छैन सबै टिमविरुद्ध उही नै हो,’ मुख्य प्रशिक्षक केसीले भने, ‘ उमेर समूहको लागि दक्षिण एसियाका सबै टिम बराबर नै छौ। केही तल माथी मात्र नै छ जस्तो लाग्छ। खास फरक छैन।’
मुख्य प्रशिक्षक केसीले भारतविरुद्ध जितकै लागि खेल्ने बताए ।’भारतसॅंगको खेल हाम्रो लागि साख र प्रतिष्ठाको खेलको रुपमा समर्थकहरुले लिनु हुन्छ। तर हामी भने सकेको राम्रो खेल देखाउने हो र लक्ष्य जित नै रहनेछ। हाम्रो प्रदर्शन राम्रो हुनुपर्यो राम्रो नतिजा आउनु पर्यो,’ उनले थपे ।
भारत प्रतियोगिताको साविक विजेता हो भने नेपाल प्रतियोगिताको सबैभन्दा सफल टोली हो । त्यसैले यी दुई टोली एकआपसमा भिड्दा ठुलो प्रतिस्पर्धा हुने निश्चित छ ।
अहिलेसम्मको सबै खेलको आकलन गर्दा साविक विजेता तथा आयोजक भारत फाइनल खेल्ने पाउने वा नपाउने भन्ने कुरा नेपालको हातमा रहेको देखिन्छ।आजको खेलमा नेपाल विजयी भए एक खेल अघिनै फाइनलकाे यात्रा तय गर्नेछ ।
भारतमा जारी साफ यू–२० च्याम्पियनसिपमा बंगलादेशले लगातार तेस्रो जित हासिल गर्दै बंगलादेशले एक खेल अघि नै प्रवेश गरिसकेको छ।बंगलादेशले आफ्नो पहिलो खेलमा श्रीलंकालाई १–० पराजित गरेको थियो।
भने दोस्रो खेलमा भारतलाई २–१ ले हराएको थियो ।बंगलादेशले आफ्नो तेस्रो खेलमा हिजो माल्दिभ्समाथि ४–१ को जित निकालेको थियो । बंगलादेशले तीन खेलमा ९ अंक जोडेको छ ।
हाल सम्म नेपालले दुई खेल खेलेको छ जसमा विजय हासिल गरेको छ। नेपालले पहिलो खेलमा माल्दिभ्सलाई ४–०ले पराजित गरेको थियो।भने दोस्रो खेलमा श्रीलंकालाई ३–० ले हराएको थियो ।नेपालले दुई खेलमा ६ अंक जोडेको छ ।नेपाल अंक तालिकाको दोस्रो स्थानमा रहेको छ।
भारत भने पहिलो जित सहित तेस्रो स्थानमा रहेको छ ।भारतले दुई खेल खेलेको छ।जस्म एकमा जित र एक खेलमा हार बेहोरेको छ ।भारत ३ अंक सहित तेस्रो स्थानमा रहेको छ।माल्दिभ्स चौथो र श्रीलंका पाँचौं स्थानमा छन् ।
माल्दिभ्स भने पहिलो खेलमा नेपालसँग ४-० ले हार बेहोरेको थियो।भने दोस्रो खेलमा शुक्रबार बंलादेश विरुद्ध ४–१ ले पराजित भएको थियो।श्रीलंका भने अंक विहिन बन्दै फाइनल प्रवेशबाट बाहिरिएको छ।