नेपालमाथि विशाल जित हासिल गर्ने भारतका प्रशिक्षकले दिए कडा प्रतिक्रिया

काठमाडौ ।

साफ यू-२० च्याम्पियनसिप फुटबल अन्तर्गत नेपालले आज आइतबार तेस्रो खेलमा साविक विजेता भारतको सामना गर्दैछ ।भुवनेश्वरस्थित कालिंगा स्टेडियममा नेपालले बलियो घरेलु टोली भारतको सामना गर्नेछ । नेपाल र भारतबीचको खेल बेलुका ७:१५ बजे सुरु हुनेछ ।

भारतविरुद्ध मैदान उत्रदा नेपाल लगातार तेस्रो जितको खोजीमा हुनेछ । तर, बलियो भारतविरुद्ध नेपाललाई जित निकाल्न सहज छैन ।साफ यू-२० च्याम्पियनसिप अन्तर्गत नेपाललेसँगको खेल अघि संचारकर्मीसँग कुरा गर्दै भारतका मुख्य प्रशिक्षक सणमुगम वेनकटेशले नेपाल विरूद्ध विशाल जित हासिल गर्ने बताएका छन्।

‘अब हामी पछाडि फर्केर निराश हुनुहुन्न, बंगलादेशसँगको खराब नतिजा हामीले बिर्सिनुपर्छ । हामीले श्रीलंकासँगको खेलमा उत्कृष्ट प्रदर्शन गरेका छौं ।अब उत्कृष्ट जितलाई निरन्तरता दिने बताएका छन् ।,’

हामी नेपालको सामना गर्न पूरा तयार छौं ।नेपाल बलियो टोली हो यसमा हामीलाई कुनै गल्ती दोहोर्याउन हुदैन।यो खेल हाम्रो लागि धेरै महत्वपूर्ण छ। जसरी भए पनि विशाल जितको लागि खेल्ने बताए।

भारत  प्रतियोगिताको साविक विजेता हो भने नेपाल प्रतियोगिताको सबैभन्दा सफल टोली हो । त्यसैले यी दुई टोली एकआपसमा भिड्दा ठुलो प्रतिस्पर्धा हुने निश्चित छ ।‌‌

अहिलेसम्मको सबै खेलको आकलन गर्दा साविक विजेता तथा आयोजक भारत फाइनल खेल्ने पाउने वा नपाउने भन्ने कुरा नेपालको हातमा रहेको देखिन्छ।आजको खेलमा नेपाल विजयी भए एक खेल अघिनै फाइनलकाे यात्रा तय गर्नेछ ।

भारतमा जारी साफ यू–२० च्याम्पियनसिपमा बंगलादेशले लगातार तेस्रो जित हासिल गर्दै बंगलादेशले एक खेल अघि नै प्रवेश गरिसकेको छ।बंगलादेशले आफ्नो पहिलो खेलमा श्रीलंकालाई १–० पराजित गरेको थियो।

भने दोस्रो खेलमा भारतलाई २–१ ले हराएको थियो ।बंगलादेशले आफ्नो तेस्रो खेलमा हिजो माल्दिभ्समाथि ४–१ को जित निकालेको थियो । बंगलादेशले तीन खेलमा ९ अंक जोडेको छ ।

हाल सम्म नेपालले दुई खेल खेलेको छ जसमा विजय हासिल गरेको छ। नेपालले पहिलो खेलमा माल्दिभ्सलाई ४–०ले पराजित गरेको थियो।भने दोस्रो खेलमा श्रीलंकालाई ३–० ले हराएको थियो ।नेपालले दुई खेलमा ६ अंक जोडेको छ ।नेपाल अंक तालिकाको दोस्रो स्थानमा रहेको छ।

भारत भने पहिलो जित सहित तेस्रो स्थानमा रहेको छ ।भारतले दुई खेल खेलेको छ।जस्म एकमा जित र एक खेलमा हार बेहोरेको छ ।भारत ३ अंक सहित तेस्रो स्थानमा रहेको छ।माल्दिभ्स चौथो र श्रीलंका पाँचौं स्थानमा छन् ।

माल्दिभ्स भने पहिलो खेलमा नेपालसँग ४-० ले हार बेहोरेको थियो।भने दोस्रो खेलमा शुक्रबार बंलादेश  विरुद्ध ४–१ ले पराजित भएको थियो।श्रीलंका भने अंक विहिन बन्दै फाइनल प्रवेशबाट बाहिरिएको छ।

सम्बाददाता

Leave a Reply

Next Post

अन्तराष्ट्रिय गोल गरिसकेका दर्शनले अस्ट्रेलियामा गरे अर्को उत्कृष्ट गोल,टिमको रोमाञ्चक जित

Sun Jul 31 , 2022
काठमाडौं। केही साता अघि मात्र अस्ट्रेलिया पुगेका राष्ट्रिय फुटबल टिमका तीन खेलाडी मेलवर्नको युनाइटेड एफसीमा आबद्ध भएका थिए।फरवार्ड दर्शन गुरुङसहित मिडफिल्डर सन्तोष तामाङ र डिफेन्डर नवीन गुरुङ अस्ट्रेलियाको मेलवर्न पुगेका थिए। युनाइटेड एफसी मेलवर्नले आइतबार एमसीएसए प्रिमियर लिग २०२२ को आफ्नो १४औं खेल खेल्दा नेपालका फरवार्ड दर्शन गुरुङले आफ्नो उत्कृष्ट […]

You May Like

error: