नेपालको भारतविरुद्ध यस्तो छ ‘हेड टु हेड’ ,नेपालको सम्भावित प्लेइङ–११

काठमाडौं।

साफ यू-२० च्याम्पियनसिप फुटबल अन्तर्गत‌ अत्यन्तै महत्वपूर्ण खेलमा दुई चिरपरिचित प्रतिद्वन्द्वी नेपाल र भारतबीच आज प्रतिस्पर्धा हुँदैछ । कालिंगा रंगशालामा हुने नेपाल र भारतबीचको खेल बेलुका ७:१५ बजे सुरु हुनेछ ।

भारत प्रतियोगिताको साविक विजेता हो भने नेपाल प्रतियोगिताको सबैभन्दा सफल टोली हो । त्यसैले यी दुई टोली एकआपसमा भिड्दा ठुलो प्रतिस्पर्धा हुने निश्चित छ ।‌‌

अहिलेसम्मको सबै खेलको आकलन गर्दा साविक विजेता तथा आयोजक भारत फाइनल खेल्ने पाउने वा नपाउने भन्ने कुरा नेपालको हातमा रहेको देखिन्छ।आजको खेलमा नेपाल विजयी भए एक खेल अघिनै फाइनलकाे यात्रा तय गर्नेछ ।

यदि नेपालले भारतलाई हराएर फाइनल प्रवेश गरे नेपालले साफमा इतिहाँस रच्ने छ।नेपालले आज भारतलाई पराजित गरे इतिहाँसमा नै यू–२० साफ च्याम्पियनसिपको फाइनल प्रवेश गर्ने नेपाल दोस्रो टोली बन्ने छ।यस अघि बंगलादेश फाइनल प्रवेश गर्नको छ ।बंगलादेशले लगातार तीन खेलमा जित हासिल गर्दै ९ अंकका साथ तालिकाको शीर्ष स्थानमा रहेको छ।

आजको खेलमा आफ्नो र भारतको भाग्य नेपालको हातमा रहेको छ।यदि नेपाल पराजित भए फाइनल प्रवेशको लागि बङ्गलादेश विरूद्ध जित हासिल गर्नु पर्ने हुन्छ।बंगलादेशले एक खेल अघि नै फाइनल प्रवेश गरिसकेको छ।

नेपाल पराजित भए नेपालले आफ्नो अन्तिम खेल जित हासिल गर्ने पर्ने हुन्छ।यता भारतलाई भने नेपाल विरूद्ध विशाल जितको आवश्यकता पर्ने छ।यदि नेपाल भारतविरूद्ध जित हासिल गरे भारत एक खेल अघि नै अंक विहिन श्रीलंकासँगै फाइनल प्रवेशबाट बाहिरीने छ।

आज भारतविरूद्ध नेपाल पराजित भए मात्र भारतको फाइनल प्रवेशको सम्भावना जीवितै रहने छ।तर नेपालले भने बराबरी भए पनि फाइनल प्रवेशको ढोका खुल्ला रहने छ। अन्तिम खेलमा बङ्गलादेशसँग बराबरी गर्ने पर्ने हुन्छ।यदि नेपाल भारत र बंगलादेशसँग बराबरी भए वा एक खलमा जित हासिल गर्ने फाइनल प्रवेश गर्ने छ।

साफ यू–२० च्याम्पियनसिपमा ‘हेड टु हेड’को नतिजा हेर्दा नेपाल भारतमाथि १००% जित हासिल गरेको छ। नेपाल र भारतबीच दुईपटक खेल भएको छ । जसमा भारतविरुद्धको खेलमा नेपाल विजय भएको छ ।

नेपालले आज आफ्नो सुरुवाती–११मा श्रीलंकाविरुद्धको टिमलाई नै निरन्तरता दिने सम्भावना रहेको छ। नेपालको कप्तान आयुष घलाले गर्ने छन्।

भारतविरुद्ध नेपालको सम्भावित सुरुवाती–११ : ईश्वर गुरुङ (गोलरक्षक), आयुष घलान (कप्तान), अजय चौधरी, अमर श्रेष्ठ, कृतिशरत्न छन्जु, दीपेश गुरुङ, सुमित श्रेष्ठ, आशिष राई, अभिषेक वाइबा, सुगम सुवाल र सन्दीप कार्की ।

भारतमा जारी साफ यू–२० च्याम्पियनसिपमा बंगलादेशले लगातार तेस्रो जित हासिल गर्दै बंगलादेशले एक खेल अघि नै प्रवेश गरिसकेको छ।बंगलादेशले आफ्नो पहिलो खेलमा श्रीलंकालाई १–० पराजित गरेको थियो।

भने दोस्रो खेलमा भारतलाई २–१ ले हराएको थियो ।बंगलादेशले आफ्नो तेस्रो खेलमा हिजो माल्दिभ्समाथि ४–१ को जित निकालेको थियो । बंगलादेशले तीन खेलमा ९ अंक जोडेको छ ।

हाल सम्म नेपालले दुई खेल खेलेको छ जसमा विजय हासिल गरेको छ। नेपालले पहिलो खेलमा माल्दिभ्सलाई ४–०ले पराजित गरेको थियो।भने दोस्रो खेलमा श्रीलंकालाई ३–० ले हराएको थियो ।नेपालले दुई खेलमा ६ अंक जोडेको छ ।नेपाल अंक तालिकाको दोस्रो स्थानमा रहेको छ।

भारत भने पहिलो जित सहित तेस्रो स्थानमा रहेको छ ।भारतले दुई खेल खेलेको छ।जस्म एकमा जित र एक खेलमा हार बेहोरेको छ ।भारत ३ अंक सहित तेस्रो स्थानमा रहेको छ।माल्दिभ्स चौथो र श्रीलंका पाँचौं स्थानमा छन् ।

माल्दिभ्स भने पहिलो खेलमा नेपालसँग ४-० ले हार बेहोरेको थियो।भने दोस्रो खेलमा शुक्रबार बंलादेश  विरुद्ध ४–१ ले पराजित भएको थियो।श्रीलंका भने अंक विहिन बन्दै फाइनल प्रवेशबाट बाहिरिएको छ।

सम्बाददाता

Leave a Reply

Next Post

के अब मोन्टि देशाई नै होत नेपालको मुख्य प्रशिक्षक ?

Sun Jul 31 , 2022
काठमाडौं। मुख्य प्रशिक्षक पुबुदु दासानायकेले राजीनामा दिएपछि नेपाली राष्ट्रिय क्रिकेट टोली प्रशिक्षकविहीन छ।२०७८ मंसिरमा दोस्रोपटक नेपालको मुख्य प्रशिक्षक नियुक्त भएका पुबुदुले विश्वकप विजेता डेभ वाट्मोरको ठाउँ लिएका थिए। तर, एकदिवसीय विश्वकपको रोडम्यापको रुपमा रहेको क्रिकेट विश्वकप लिग टू मा नेपालको प्रदर्शन राम्रो हुन नसकेपछि स्कटल्यान्डमा भएको नेपाल, नामिबिया र स्कटल्याण्ड […]

You May Like

error: