काठमाडौं।
साफ यू-२० च्याम्पियनसिप फुटबल अन्तर्गत अत्यन्तै महत्वपूर्ण खेलमा दुई चिरपरिचित प्रतिद्वन्द्वी नेपाल र भारतबीच आज प्रतिस्पर्धा हुँदैछ । कालिंगा रंगशालामा हुने नेपाल र भारतबीचको खेल बेलुका ७:१५ बजे सुरु हुनेछ ।
भारत प्रतियोगिताको साविक विजेता हो भने नेपाल प्रतियोगिताको सबैभन्दा सफल टोली हो । त्यसैले यी दुई टोली एकआपसमा भिड्दा ठुलो प्रतिस्पर्धा हुने निश्चित छ ।
अहिलेसम्मको सबै खेलको आकलन गर्दा साविक विजेता तथा आयोजक भारत फाइनल खेल्ने पाउने वा नपाउने भन्ने कुरा नेपालको हातमा रहेको देखिन्छ।आजको खेलमा नेपाल विजयी भए एक खेल अघिनै फाइनलकाे यात्रा तय गर्नेछ ।
यदि नेपालले भारतलाई हराएर फाइनल प्रवेश गरे नेपालले साफमा इतिहाँस रच्ने छ।नेपालले आज भारतलाई पराजित गरे इतिहाँसमा नै यू–२० साफ च्याम्पियनसिपको फाइनल प्रवेश गर्ने नेपाल दोस्रो टोली बन्ने छ।यस अघि बंगलादेश फाइनल प्रवेश गर्नको छ ।बंगलादेशले लगातार तीन खेलमा जित हासिल गर्दै ९ अंकका साथ तालिकाको शीर्ष स्थानमा रहेको छ।
आजको खेलमा आफ्नो र भारतको भाग्य नेपालको हातमा रहेको छ।यदि नेपाल पराजित भए फाइनल प्रवेशको लागि बङ्गलादेश विरूद्ध जित हासिल गर्नु पर्ने हुन्छ।बंगलादेशले एक खेल अघि नै फाइनल प्रवेश गरिसकेको छ।
नेपाल पराजित भए नेपालले आफ्नो अन्तिम खेल जित हासिल गर्ने पर्ने हुन्छ।यता भारतलाई भने नेपाल विरूद्ध विशाल जितको आवश्यकता पर्ने छ।यदि नेपाल भारतविरूद्ध जित हासिल गरे भारत एक खेल अघि नै अंक विहिन श्रीलंकासँगै फाइनल प्रवेशबाट बाहिरीने छ।
आज भारतविरूद्ध नेपाल पराजित भए मात्र भारतको फाइनल प्रवेशको सम्भावना जीवितै रहने छ।तर नेपालले भने बराबरी भए पनि फाइनल प्रवेशको ढोका खुल्ला रहने छ। अन्तिम खेलमा बङ्गलादेशसँग बराबरी गर्ने पर्ने हुन्छ।यदि नेपाल भारत र बंगलादेशसँग बराबरी भए वा एक खलमा जित हासिल गर्ने फाइनल प्रवेश गर्ने छ।
भारतमा जारी साफ यू–२० च्याम्पियनसिपमा बंगलादेशले लगातार तेस्रो जित हासिल गरेको छ ।बंगलादेशले एक खेल अघि नै प्रवेश गरिसकेको छ।बंगलादेशले आफ्नो पहिलो खेलमा श्रीलंकालाई १–० पराजित गरेको थियो।
भने दोस्रो खेलमा भारतलाई २–१ ले हराएको थियो ।बंगलादेशले आफ्नो तेस्रो खेलमा हिजो माल्दिभ्समाथि ४–१ को जित निकालेको थियो । बंगलादेशले तीन खेलमा ९ अंक जोडेको छ ।
हाल सम्म नेपालले दुई खेल खेलेको छ जसमा विजय हासिल गरेको छ। नेपालले पहिलो खेलमा माल्दिभ्सलाई ४–०ले पराजित गरेको थियो।भने दोस्रो खेलमा श्रीलंकालाई ३–० ले हराएको थियो ।नेपालले दुई खेलमा ६ अंक जोडेको छ ।नेपाल अंक तालिकाको दोस्रो स्थानमा रहेको छ।
भारत भने पहिलो जित सहित तेस्रो स्थानमा रहेको छ ।भारतले दुई खेल खेलेको छ।जस्म एकमा जित र एक खेलमा हार बेहोरेको छ ।भारत ३ अंक सहित तेस्रो स्थानमा रहेको छ।माल्दिभ्स चौथो र श्रीलंका पाँचौं स्थानमा छन् ।
माल्दिभ्स भने पहिलो खेलमा नेपालसँग ४-० ले हार बेहोरेको थियो।भने दोस्रो खेलमा शुक्रबार बंलादेश विरुद्ध ४–१ ले पराजित भएको थियो।श्रीलंका भने अंक विहिन बन्दै फाइनल प्रवेशबाट बाहिरिएको छ।