काठमाडौँ ।
ए डिभिजन क्लब जावलाखेल युथका कप्तान तथा डिफेन्डेर कुल्दिप कार्की भारतीय क्लबमा अनुबन्धित भएका छन् । कुल्दीप भारतीय क्लब रेल्वे एफसीमा आबद्ध भएका हुन्।
रेल्वेले सामाजिक सञ्जालमा कुल्दिपको फोटो पोस्ट गर्दै उनलाई अनुबन्ध गरिएको जनाएको छ। रेल्वे एफसीले सामाजिक संजाल फेसबुकमा लेख्छ “नेपालबाट पर्खाल जस्तै बलियो खेलाडी हस्ताक्षर भएको घोषणा गर्न पाउँदा हामी खुसी र उत्साहित छौं ।
कुलदीप कार्कीलाई स्वागत गरौं। उनी जावलाखेल क्लबका युवा उत्पादन हुन् र टोलीको कप्तानी समेत गरेका छन् । भारतमा स्वागत छ। कुल्दिपलाई रेल्वेले एक सिजनका लागि अनुबन्ध गरेको हो । रेल्वे कोलकाता फुटबल लिग खेल्ने क्लब हो।
कुलदिपले गत सिजन ए डिभिजन लिगमा जावलाखेलको कप्तानी गरेका थिए । कुलदिपले एफसी चितवनबाट पहिलो सिजनको नेपाल सुपर लिग खेलेका थिए । यसअघि ए डिभिजन क्लब थ्रीस्टारका मिडफिल्डर मनग्य नकर्मी काेलकता लिग क्लब खिदिरपुर स्पोर्टिङ क्लबले अनुबन्ध गरेकाे थियाे ।
यो पनि पढ्नुहोस:महिला साफ च्याम्पियनसिप : नेपाल सहज समूहमा
नेपालमा आयोजना हुने महिला साफ च्याम्पियनसिप फुटबलको समूह विभाजन सार्वजनिक भएको छ ।दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले शनिबार महिला साफको समूह विभाजन सार्वजनिक गरेको हो ।
साफले सहभागी ७ टोलीलाई दुई समूहमा विभाजन गरेको छ ।नेपाल सहज मानिएको समूह ‘बी’ मा रहेको छ ।नेपालको समूहमा श्रीलंका र भुटान रहेको छ ।
यस्तै समूह ‘ए’ मा साविक विजेता भारत, माल्दिभ्स, बंगलादेश र पाकिस्तान रहेको छ ।त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुने महिला साफ च्याम्पियनसिप भदौ २१ देखि असोज ३ गतेसम्म हुनेछ ।
नेपालले यस अघि पाँचौं संस्करणको महिला साफ आयोजना गरेको थियो ।विराटनगरमा आयोजना भएको साफको उपाधि भारतले जितेको थियो । नेपाल फाइनलमा भारतसँग पराजित भएको थियो ।
साफको लागि नेपालले बन्द प्रशिक्षण सुरु गरिसकेको छ ।मुख्य प्रशिक्षक कुमार थापाले बन्द प्रशिक्षणका लागि ५८ खेलाडी बोलाएका छन् ।
बन्द प्रशिक्षणका लागि डाकिएको खेलाडी –
गोलकिपर : एन्जिला सुब्बा, अञ्जना राना मगर, उषा नाथ, कविता विक, सम्झना चौधरी, सावित्री किशन
डिफेन्डर : अमृता जैशी, गीता राणा, पुनम जर्घा मगर, हिरा कुमारी भुजेल, पूजा राना, विमला विक, सिर्जना सिंह, निशा ठोकर, सलोनी राना मगर, सिर्जना चेम्जोङ, समीक्षा घिमिरे, खुस्मा राई, गंगा गुरुङ, मोनिका कुश्वार, सबिना चौधरी, रोजिना श्रेष्ठ, रेणुका हमाल, कुमारी तामाङ, रेविका पाण्डे, मोनिका पुलामी मगर
मिडफिल्डर ; सुनकला राई, रेणुका नगरकोटे, दिलकुमारी राना मगर, पूर्णिमा हमाल, सरु लिम्बु, विमला चौधरी, अनिता बस्नेत, प्रीति राई, दीपा राई, इन्दिरा राई, मञ्जली कुमारी योञ्जन, निर्मला उपाध्याय, दीपा शाही, हिमा चौधरी, वीरेन्द्र चौधरी ऐयर, सुमित्रा सिंह पाख्रिन, दीपा न्यौपाने, सिर्जना खड्का, सञ्जु कुमाल
फरवार्ड : सावित्रा भण्डारी, अनिता केसी, सरस्वती रोकाया, निर्मला विक, सविता राना मगर, रश्मीकुमारी घिसिङ, रजनी थोकर, चन्द्र भण्डारी, अमिषा कार्की, रेखा पौडेल, कुसुम खतिवडा, सदिपा भोलन