काठमाण्डौ।
साफ यू–२० च्याम्पियनसिपमा नेपालले भोलि घरेलु टोली भारतसँग खेल्ने छ।नेपाल र भारतका बीचको खेल भुवनेश्वरस्थित कालिंगा स्टेडियमा हुने छ।खेल नेपाली समयअनुसार साझा ७.१५ बाट सुरु हुने छ।
नेपाल भोलि लगातार तेस्रो जितको खोजीमा हुने छ।नेपालले भोलि भारतलाई पराजित गरेर एक खेल अघि नै फाइनल प्रवेश गर्ने दाउमा रहने छ।भने भारत नेपालमाथि विशाल जित हासिल गर्ने दाउमा हुने छ।भोलि भारत दोस्रो जितको खोजीमा हुने छ।
भोलि खेलमा आफ्नो र भारतको भाग्य नेपालको हातमा रहेको छ।यदि भोलि नेपाल पराजित भए फाइनल प्रवेशको लागि बङ्गलादेश विरूद्ध जित हासिल गर्नु पर्ने हुन्छ।बंगलादेशले एक खेल अघि नै फाइनल प्रवेश गरिसकेको छ।
भोलि नेपाल पराजित भए नेपाल आफ्नो अन्तिम खेल जित हासिल गर्ने पर्ने हुन्छ।यता भारतलाई भने नेपाल विरूद्ध विशाल जितको आवश्यकता पर्ने छ।यदि नेपाल भारत विरूद्ध जित हासिल गरे भारत एक खेल अघि नै अंक विहिन श्रीलंकासँगै फाइनल प्रवेशबाट बाहिरीने छ।
यदि भारतविरूद्ध नेपाल पराजित भए मात्र भारतको फाइनल प्रवेशको सम्भावना जीवितै रहने छ।तर नेपालले भने बराबरी भए पनि फाइनल प्रवेशको ढोका खुल्ला रहने छ। अन्तिम खेलमा बङ्गलादेशसँग बराबरी गर्ने पर्ने हुन्छ।यदि नेपाल भारत र बंगलादेशसँग बराबरी भए वा एक खलमा जित हासिल गर्ने फाइनल प्रवेश गर्ने छ।
भारतमा जारी साफ यू–२० च्याम्पियनसिपमा बंगलादेशले लगातार तेस्रो जित हासिल गरेको छ ।बंगलादेशले एक खेल अघि नै प्रवेश गरिसकेको छ।बंगलादेशले आफ्नो पहिलो खेलमा श्रीलंकालाई १–० पराजित गरेको थियो।
भने दोस्रो खेलमा भारतलाई २–१ ले हराएको थियो ।बंगलादेशले आफ्नो तेस्रो खेलमा हिजो माल्दिभ्समाथि ४–१ को जित निकालेको थियो । बंगलादेशले तीन खेलमा ९ अंक जोडेको छ ।
हाल सम्म नेपालले दुई खेल खेलेको छ जसमा विजय हासिल गरेको छ। नेपालले पहिलो खेलमा माल्दिभ्सलाई ४–०ले पराजित गरेको थियो।भने दोस्रो खेलमा श्रीलंकालाई ३–० ले हराएको थियो ।नेपालले दुई खेलमा ६ अंक जोडेको छ ।नेपाल अंक तालिकाको दोस्रो स्थानमा रहेको छ।
भारत भने पहिलो जित सहित तेस्रो स्थानमा रहेको छ ।भारतले दुई खेल खेलेको छ।जस्म एकमा जित र एक खेलमा हार बेहोरेको छ ।भारत ३ अंक सहित तेस्रो स्थानमा रहेको छ।माल्दिभ्स चौथो र श्रीलंका पाँचौं स्थानमा छन् ।
माल्दिभ्स भने पहिलो खेलमा नेपालसँग ४-० ले हार बेहोरेको थियो।भने दोस्रो खेलमा शुक्रबार बंलादेश विरुद्ध ४–१ ले पराजित भएको थियो।श्रीलंका भने अंक विहिन बन्दै फाइनल प्रवेशबाट बाहिरिएको छ।