माल्दिभ्स बिरुद्द बंगलादेशको सानदार जित, भारतलाई ठुलो घाटा

काठमाडौं।

भारतमा जारी साफ यू–२० च्याम्पियनसिप फुटबल प्रतियोगिताको आजको दोस्रो खेलमा माल्दिभ्स र बंगलादेशबीच भएको खेलमा बंगलादेशले  ४-१ ले अग्रता लिदै जित हासिल गरेको छ । बंगलादेशले माल्दिभ्सविरूद्ध पहिलो हाफमा नै ४ गोल गरेको थियो ।

नेपाली समयअनुसार राति ७.१५ बजे सुरु भएको खेलमा पहिलो हाफमै ४ गोल गरेर बंगलादेशले माल्दिभ्समाथि दबाब बढाएको थियो । बंगलादेशलाई जित दिलाउन मिराजुल इस्लामले ह्याट्रिक पूरा गरे ।

मोहमद राफिकुल इस्लामको नाममा एक गोल रह्यो । माल्दिभ्सका जेइन जाफरले एक गोल फर्काए । यस जितसँगै बंगलादेशले ३ खेलमा ९ अंक ओडेको छ । बंगलादेश शीर्ष स्थानमा उक्लिएको छ ।

पहिलो खेलमा बंगलादेशले श्रीलंकालाई १-० ले हराएको थियो ।यस्तै दोस्रो खेलमा भारतलाई २-१ गोल अन्तरले हराएको थियो । माल्दिभ्सको यो दोस्रो हार हो ।

बङ्गलादेशको जितले भारतलाई अब फाइनल प्रवेश गर्न झन् कठिन भएको छ। अब भारतलाई फाइनल प्रवेश गर्नको लागि बाँकी रहेका दुवै खेलमा विशाल जित हासिल गर्न पर्ने भएको छ।

अहिले बंगलादेश ९ अंक सहित अंकतालिकाको शिर्ष स्थानमा छ ।त्यसपछी नेपाल ६ अंक सहित दोस्रो र भारत ३ अंक सहित तेश्रो स्थानमा रहेको छ ।

साफ यू–२० च्याम्पियनसिप फुटबल प्रतियोगितामा आज भएको अर्को खेलमा भारतले पहिलो जित हात पारेको छ । शुक्रबार भएको खेलमा श्रीलंकालाई ४–० गोल अन्तरले हराउँदै घरेलु टोली भारतले पहिलो जित हात पारेको हो । पहिलो खेलमा ऊ बंगलादेशसँग २–१ ले पराजित भएको थियो ।

भुवनेश्वरस्थित कालिंगा स्टेडियममा भएको दोस्रो खेलमा भारतको जितमा पार्थिव सुन्दर गोगाईले दुई, हिमांशु जङ्ग्रा र गुरकित सिंहले एक/एक गाेल गरे । भारतलाई सुरुआती अग्रता हिमांशुले दिलाए । उनले ५० औं मिनेटमा हेडरमार्फत गोल गरे ।

त्यसपछि ६९ औं मिनेटमा पार्थिवले गोल गर्दै टिमको अग्रता दोब्बर बनाए ।७४ औं मिनेटमा गुरकित सिंहले पेनाल्टीमार्फत गोल गरे । त्यस्तै, इन्जुरी समयमा पार्थिव सिंहले व्यक्तिगत दोस्रो गोल गर्दै टिमलाई ४–० को फराकिलो जित दिलाए ।

यो जितसँगै भारतले फाइनलको सम्भावना राखेको छ । भारतले तेस्रो खेलमा आइतबार नेपालसँग खेल्ने छ ।आजको हारसंगै श्रीलंका अंक विहिन बन्दै बाहिरिएको छ ।

श्रीलङ्काले तीन खेलमा नै हारको सामना गर्यो ।श्रीलंका पहिलो खेलमा बंगलादेशसँग १–० र दोस्रो खेलमा नेपालविरुद्ध ३–० गोल अन्तरले पराजित भएको थियो ।

नेपालले आफ्नो पहिलो खेलमा माल्दिभ्सलाई ४–० ले हराएको थियो ।भने दोस्रो खेलमा श्रीलंकालाई ३–० गोलले पराजित गरेको थियो।

सम्बाददाता

Leave a Reply

Next Post

दिनेश कार्तिकको तुफानी फिनिसिंगमा भारतको सानदार जित

Fri Jul 29 , 2022
काठमाडौँ । वेस्ट इन्डिजविरुद्धको टी–२० सिरिजमा भारतले शानदार सुरुवात गरेको छ । भारतले पहिलो खेल ६८ रनले जितेर पाँच खेलको शृङ्खलामा १–० को अग्रता लिएको छ । पहिले खेल्दै भारतले ६ विकेट गुमाएर १९० रन बनाएको थियो । जवाफमा वेष्ट इन्डिजको टोलीले ८ विकेट गुमाएर १२२ रन बनाउन सक्यो । […]

You May Like

error: